ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

मासु ब्यवसायीलाई ठेगान लगाउँदै स्थानीय सरकार

२५ भाद्र २०७५, सोमबार
२५ भाद्र २०७५, सोमबार

अव्यवस्थित रूपमा पशुको बध गरी फोहर पानीले धोएर मासु बिक्री गर्ने ब्यवसायीहरूलाई स्थानीय सरकारले तह लगाउने भएको छ । पटक पटकको अनुगमन पश्चात दिइएको निर्देशन नमानेका मासु व्यवसायीहरूलाई उप–महानगरपालिकाले बधशाला नै बन्द गराउने चेतावनी दिएको छ । स्थानीय तहको निर्वाचन पश्चात आएका जनप्रतिनिधिहरूले पहिलो काम बजार व्यवस्थापनबाट सुरु गरेका थिए । घोराही उप महानगरपालिका १४ का अध्यक्ष शक्तिराम डाँगीले वडालाई व्यवस्थित बनाउने भन्दै २०७४ असोज २४ गते बजार अनुगमन गरे । अधिकांश पसलमा मासु खुल्ला रूपमा झुण्डाएर बिक्री गरेको पाइएपछि असोज २९ गते मासु व्यवसायीहरूलाई वडा कार्यालयले छलफलका लागि बोलाएको थियो । वडा कार्यालयमा भएको व्यवसायी तथा सरोकारवालाहरू बीचको छलफलमा झुण्डाएर मासु बिक्री नगर्ने, फ्रिजिङ गर्ने, फलामको हुक प्रयोग नगर्ने, बधशालाको नियमित सरसफाई गर्ने, लगायतका सहमति भयो । तर त्यसको एक सातापछि भएको अनुगमनमा कुनै फरक नभेटिएपछि बजारका विभिन्न पसलहरूबाट २४ केजी दुई सय ग्राम मासु जफत गरी डम्पीङ साईडमा लगेर फ्याकिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । “मासु व्यवसायीहरूले आफैले गरेको निर्णय कार्यान्वयन नगरेकोले चेतावनी स्वरूप मासु जफत गरिएको हो” डाँगीले भने । मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने मासु सफा तथा व्यवस्थित रूपमा बिक्री गर्ने वडा कार्यालयको आग्रहलाई मासु व्यवसायीहरूले वास्ता गरेनन् । व्यवसायीहरूले वडा कार्यालयमा आफैले गरेको निर्णयलाई लत्याउँदै उच्च अदालत तुलसीपुरमा वडा अध्यक्ष शक्तिराम डाँगी विरुद्ध मुद्दा समेत दायर गराए ।
जनताको सेवा गर्दागर्दै आफू विरुद्ध मुद्दा दायर भएपछि उनले मासु तथा बधशाला ब्यवस्थापनको काम थाती राखेका थिए । “जनताको सेवा गर्दा गर्दै पनि मैले मुद्दा खेपें तर मैले गरेको निर्णयमा म अडिग नै छु” डाँगीले भने । अहिले व्यवसायीहरूले मुद्दा फिर्ता लिएको भन्ने सुनेको तर आफूलाई जानकारी नआएको डाँगीले बताए । करिब करिब एक वर्ष सम्म बधशाला तथा मासु पसलहरूको अनुगमन नभएपछि आजीत भएका टोलबासीहरू गुनासो पोख्न वडा कार्यालय पुगे । स्थानीय टोलवासीहरूको पटक पटकको आग्रहलाई टार्न नसकेपछि पुनः अध्यक्ष डाँगी २०७५ भदौ १९ गते मासु बधशालामा अनुगमनका लागि पुगे । अनुगमन टोलीमा उपमहानगरपालिकाकी उप प्रमुख सिता न्यौपाने, नगर पशु शाखाका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, नागरिक समाज, पत्रकारहरू रहेका थिए । अनुगमन टोली वधशाला भित्रको दुर्गन्धले प्रवेश गर्नै सकेन । त्यहाँ बध गरीएको मासु खान लायक नभएको र फोहर जताततै फाल्ने गरेको, खोलाको पानीले धुने गरेको जस्ता कुराहरू भेटिएपछि उपमहानगरपालिकाले बधशाला बन्द समेत गरायो । खुल्ला रूपमा झुण्डाएर मासु बिक्री गर्ने व्यवसायीहरूलाई सचेत गराउँदा गराउँदै पनि अटेरी गरेपछि घोराही उप महानगरपालिकाले बधशाला बन्द गराएको हो ।
बधशाला बन्द भएपछि मासु व्यवसायीहरू सुचारु गरीदिन भन्दै र त्यहि अवस्थामा सुचारु गर्न नहुने भन्दै स्थानीय टोलवासीहरू भदौ २० गते वडा कार्यालय पुगेका थिए । तिन घण्टा लामो छलफपछि मासु व्यवसायीहरूसंग ६ बुँदे सहमति गरी सञ्चालन गर्न घोराही उप महानगरपालीकाले अनुमति दिएको छ । पशुवाट निस्कने फोहर निश्चित ठाँउमा खाल्डो खनेर फाल्नुपर्ने, खोलाको पानीले मासु सफा गरीरहेकोमा ईनार तथा धाराको पानी प्रयोग गर्नुपर्ने, अहिलेको बधशालालाई पहिला पुर्णरूपमा सरसफाई गर्नुपर्ने लगाएतका ६ बुँदामा व्यवसायीहरू सहमत भएका छन् । अहिलेको निर्णय कार्यान्वयनमा नआए बधशाला नै बन्द गराउने सोचमा उप महानगरपालीका पुगेको छ ।

फोहर गर्नेलाई कारबाही गर्दै कपिलवस्तु
कपिलवस्तु, २४ भदौ– कपिलवस्तु नगरपालिका क्षेत्रमा फोहरमैला व्यवस्थापन तथा छाडा चौपायाको व्यवस्थापनको समस्या देखिएसँगै सरोकारवालाको बैठकले फोहर व्यवस्थापन नगर्नेलाई कारबाही गर्ने निर्णय गरिएको छ ।
कपिवलवस्तु नगरपालिकाको आयोजनामा उपप्रमुख लक्ष्मी गुप्ताको अध्यक्षतामा सम्पन्न सर्वपक्षिय बैठकले फोहोर र छाडा चौपाया व्यवस्थापनका लागि भन्दै सो निर्णय गरेको हो ।
सो अवसरमा बोल्दै होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका जिल्ला उपाध्यक्ष गोपाल केसीले छाडा चौपायाका कारण नगरमा फोहरमैला बढ्नुका साथै दुर्घटनाको सम्भाव्यता बृद्धि भएको गुनासो गरे । “सडकमा यत्रतत्र छाडा चौपाया छोड्ने चौपायाका मालिकलाई कारवाही र जरिवाना नगरे समस्या समाधान हुँदैन,’ उनले भने । छाडा चौपायाका कारण सडक सुरक्षामा समस्या आउनुका साथै नगरको सौन्दर्यतामा समेत समस्या आएको उनको तर्क थियो ।
बुुद्धस्थल तौलिहवामा स्वदेशी र बिदेशी पर्यटक आउने भएकाले फोहर व्यवस्थापनको कार्य तथा सरसफाई र स्वच्छतालाई प्राथमिकतामा राख्नु पर्ने नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले बताए । छाडा चौपाया व्यवस्थापन आफूहरूका लागि मुख्य समस्या बनेको वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले बताए । सरसफाई सचेतना बारे नगर भरीनै अभियान चलाउन आवश्यक रहेको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले सुझाव दिए । नगरलाई सफा बनाउन फोहर व्यवस्थापनको पद्धती निर्माण गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले बताए ।
सरसफाईका लागि अनुगमन गर्ने दिगो संरचना आवश्यक रहेकोमा उनले जोड दिँदै बिद्यालयका बालबालिकालाई फोहर व्यवस्थापन र सरसफाई सचेतना तथा टोलस्तरीय सफाई समिति गठन गर्न नगरपालिकाले पहल गर्नुपर्ने सुझाव दिए ।
फोहर व्यवस्थापन गर्न नागरिकस्तरमा सचेतना पश्चात अनुगमन संयन्त्र निर्माण गरि कारबाहीका लागी प्रक्रिया अगाडि बढाउन आवश्यक रहेकोमा उनले जोड दिए । सचेतनाका बावजुद पनि जानाजान फोहर व्यवस्थापन नगर्नेलाई स्थानीय प्रशासनले मुलुकी संहिताको हलचक्राई महल अनुसार कारवाही अगाडी बढाउने उनले बताए । छाडा चौपाया व्यवस्थापन गर्न गाई गोरुलाई धार्मिक तिर्थस्थलमा पुर्याउने तथा अन्य चौपायाका हकमा सम्बन्धित धनीलाई जरिवाना गर्ने कार्यमा प्रशासनले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । नगर क्षेत्रलाई सुन्दर र सफा बनाउनका लागी सर्वपक्षिय सरोकारवाला बिचको छलफलका सुझाव कार्यान्वयनमा ल्याईने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले प्रतिबद्धता जनाए । सफा र स्वच्छ नगरको परिकल्पनालाई पुरा गर्न कपिलवस्तु नगरपालिकाले ठोस योजना बनाएर अघि बढने उपप्रमुख लक्ष्मी गुप्ताको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?