© २०२३
नमूना एकीकृत बिकास परिषदले बिपद ब्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ जिल्ला बिपद ब्यवस्थापन समिति रूपन्देहीलाई रबर बोट सहित अन्य बिपद ब्यवस्थापन सामग्री प्रदान गरेको छ ।रूपन्देही जिल्ला बिपदको उच्च जोखिममा नरहे पनि यहाँ बाढी तथा डुबान समस्याको रूपमा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले रबर बोटको आवश्यकता औंल्याएका थिए । बिपदलाई मध्यनजर गरि तयारी अवस्थामा रहन मोटर बोट आवश्यक रहेको बताउँदै प्रजिअ मगरले सहयोगी निकाय गुहारेका थिए । सोही आधारमा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदार संस्था नमूना एकीकृत विकास परिषद्लाई र परिषदले जिल्ला बिपद ब्यवस्थापन समितिलाई बोट सहितको उद्दार सामग्री उपलब्ध गराएको हो ।
५ लाख ३६ हजार ७ सय ५० रूपैयाँ बराबरको १ सेट रबर बोट, ८ वटा हेल्मेट, १ सेट रबरबोट एयर पम्प, रबर बोट मर्मत किट, लाईफ ब्योई प्रदान गरिएको छ ।
यसैगरि ८ वटा प्याडल, ८ वटा लाईफ ज्याकेट, १ वटा थ्रो ब्याग, १ सेट मेगा फोन र १ रोल क्लाईम्बिङ्ग डोरी गरि ५ लाख ९३ हजार ७ सय १९ रूपैयाँ बराबरको सामग्री प्रदान गरिएको नमूना एकिकृत विकास परिषदको अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । यी सामग्रीहरूलाई नेपाल बिपद पूर्वतयारी परियोजना अन्र्तगत उपलब्ध गराईएको उनले जानकारी दिईन ।
सामग्री ग्रहण गर्दै रूपन्देही प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष उदय बहादुर राना मगरले बिपद आई पर्दा उद्दारको लागि मोटर बोट अभाव भएको अवस्थामा नमूनाले प्रदान गरेको रबर बोट बाट धेरै जनाको ज्यान जोगाउन सकिने बताए ।
रूपन्देहीमा बिशेषगरि आगलागी, बाढी र डुबानले समस्या दिने गरेको छ । बिपद ब्यवस्थापन समितिले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३/०७४ मा आगलागीमा परि २ जनाको र हुरि बतास चटयाङ्गबाट २ जनाको गरि बिपदमा परि ४ जना मानिसको मृत्यु भएको थियो भने अन्दाजी ६ करोड ३५ लाख ७० रूपैया बराबरको क्षति भएको थियो । यसै गरि सोही बर्ष बिपदमा परि १५ जना मानिस घाईते भएको थिए । बिपदमा परि २० वटा चौपाया मरेका थिए भने ५५ वटा घर र २० वटा गोठमा समेत क्षति पुगेको थियो । आर्थिक बर्ष २०७३÷०७४ मा भने बिपदमा परि ३ जना मानिसको मृत्यु भएको थियो भने ६ जना घाईते भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । उक्त आर्थिक बर्षमा ३१ वटा चौपाया मरेको र अन्य ५ वटा घाईते भएका थिए । यसै गरि बिपदकै कारण २ सय ६६ वटा घर तथा ११ वटा गोठमा क्षति पुगेको थियो भने अन्दाजी १४ करोड १३ लाख ५१ हजार ६ सय ८५ रूपैयाँ बराबरको क्षति भएको थियो । रबर बोट आए पनि आगलागीको पनि उत्तिकै जोखिम रहेको हँुदा जोखिम न्युनिकरणको लागी जिल्ला ब्यावस्थापन समितिका अध्यक्ष एवं प्रजिअ मगरले ५० वटा फायरबल उपलब्ध गराई दिन दातृ संस्थालाई अनुरोध गरेका छन् ।