ट्रेंडिंग:

>> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो

सीमा तस्करको गोदामबाट नै सामान जफत

९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

भैरहवा, ०९ चैत ।
सीमा नाकाबाट बढी रहेको चोरी तस्करी नियन्त्रणमा राज्यका निकायहरूको सक्रियता बढ्दै गएपछि तस्करी गर्नेहरू फन्दामा पर्न थालेका छन् । सुरक्षा निकायको आँखा छल्दै त कतै नियमित व्यवस्थापन गर्दै चोरी तस्करी गर्ने ठूला–ठूला तस्करहरूका सामान पक्राउ पर्दा उनीहरूको पछिल्लो समयमा बिल्लीबाठ हुन थालेको छ ।पछिल्लो समय सीमानाकाबाट सामान छिरेपनी माथी आउँदा पक्राउ पर्ने डरका कारण उनीहरूको तस्करी कार्यमा समेत कमी आएको छ । सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको सक्रियताका बाबजुत राजस्व अनुसन्धानले चोरी तस्करीका सामान गोदामबाट नै पक्राउ गर्दागर्दै तस्करी कार्यमा कमि आएको छ । अनुसन्धान कार्यालयले तस्करले माल सामान थुपार्ने ठाउँ गोदाम नै जफत गर्ने गर्न थालेपछी तस्करहरू समस्यामा पर्दै गएको सुरक्षा अधिकारीहरू बताउँछन ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले गएको एक हप्तामा खाद्य वस्तुहरू तस्करी गरि ओसारपसार गर्ने विरुद्ध आक्रामक कारवाही अघि बढाएको छ ।

तस्करी हुने मुख्य खाद्य वस्तुहरूमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरी लगायत सामग्रीहरू रहेको उक्त कार्यालयले जनाएको छ । रूपन्देहीका सिमा नाकाबाट मटर तस्करी गरि देशका अन्य शहरहरूमा ओसारपसार गरिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालयले द्रुत गस्ती परिचालन गरि ५० लाख बढी जरिवाना तिराएको र बाकी अनुसन्धान जारी रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिवेक घिमिरेले बताए ।बुटवल बेलहिया राजमार्गको ठुटिपिपल स्थित एक जना चौधरीको घरमा अबैध चोरी तस्करीका सामाग्री खाद्यान्न गोदाम गरि राखेको सूचना प्राप्त भएपछि खटेको टोलिले दुइजना भारतीय बाइक प्रयोग गरि ओसारपसार गर्दै भण्डारण गरिरहेको अवस्थामा पक्राउ गरि सम्पुर्ण खाद्यवस्तुहरू जफत गरेको छ ।

निजहरूबाट २७ लाख ५० हजार जरिवाना असुल गरि २७ लाख बराबरको खाद्यान्न समेत जफत गरिएको छ । यसैगरी, कार्यालयले बिगत ६ महिनामा १७ सय ५० बोरा भारतबाट अबैध भित्रीएको चिनी बरामद गरि जरिवाना वापद ७० लाख तिराइएको छ भने केही फर्मका साहुहरू भागिरहेको र थप आक्रामक प्रयास गरि जरिवाना असुल उपर गर्नु पर्ने प्रमुख अनुसन्धान अधिकृत घिमिरेले बताए । यसै हप्ता मात्रै १ सय ४५ बोरा चिनी बरामद गरि साधन सहित नियन्त्रणमा राखिएको छ। हाल गहुँ तोरी लगायत बस्तुहरू भन्सार छली ल्याउने र महङ्गो मूल्यमा बिक्री बितरण गर्ने गरिएको सूचना पश्चात कार्यालयबाट नियमित र आकस्मिक गस्ती परिचालन, सुराकी परिचालन र सूचना संकलन गरि कार्वाही अघि बढाइएको र यसलाई निरन्तरता दिने समेत कार्यालय श्रोतले जनाएको छ ।

विभागमार्फत जरिवाना तिराएर वा अदालतमा मुद्दा दायर गरेर कारवाही गरिएको र हालसम्म ८ वटा मुद्दा दर्ता भइ निकट भविष्यमा १० वटा मुद्दा दर्ता हुने चरणमा रहेको कार्यालयले जनाएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलकै सक्रियतामा शुक्रबार भैरहवाको एक गोदामबाट सुचनाका आधारमा सुरक्षा टोली सहित विभिन्न सामान पक्राउ गरि राजस्व अनुसन्धान कार्यालयले जफत गरि अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?