ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

गणेशको लोभिलो ‘कृषि उद्यम’

कृषिमा भविष्य देखेका गाहाले विदेश जान खुट्टा उचालेका यूवाहरूलाई गतिलो उदाहरण देखाएका छन् ।
९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

बुटवल, ०९ चैत ।
कृषि गर्न त मन छ, तर जग्गा छैन ? भन्नेहरूको लागि बुटवल उप–महानगरपालिका वडा नम्बर –१८ का गणेश बहादुर गाहाले गतिलो झापड दिएका छन् । गाहाले अहिले साढे २२ विघा जग्गा भाडामा लिएर एकल रूपमा तरकारी खेती, प्याज खेती सहित तोरी उत्पादन र गहुँ उत्पादनको काम गर्दै आएका हुन । उनको लागि यो जग्गा अझै कमी हो । उनी भन्छन्–‘४० विघा जती जग्गा भए बल्ल मलाई काम पुग्छ, भनेजस्तो जग्गा पाए म अझै लिन्छु । ’बुटवल उपमहानरपालिकाका व्यवसायीक किसानको रूपमा अगुवा किसानकै पहिचान बनाएका गाहाले अहिले साढे २२ विघा जग्गा भाडामा लिएर व्यवसायिक कृषि खेती अगाडि बढाउँदै जग्गा भएर पनि बाँझो छाड्नेहरू, जग्गा छैन भनेर खेती नगर्ने र जग्गा भाडामा लिएर तरकारी र खेती गर्न हिम्मत नभएकाहरूको लागि उदाहरण पेश गरेका छन् ।
बुटवल उपमहानगरपालिका भित्र नै उनले वडा नम्बर १८ को पोखराबारीमा साढे ३२ कठ्ठा क्षेत्रफलमा प्याज मात्रै लगाएका छन् । गत बर्ष साढे ४ विघा क्षेत्रफलमा प्याज खेती गरेका थिए ।

गाहा भन्छन्,–‘यो जग्गा मलाई कमी भयो, पाए भने ४० विघा जती म जग्गा लिएर खेती गर्छु ।’ अहिले उनले लगाएको प्याजले लहल फैलिएको छ भने गाना समेत लगाउन थालेको छ । कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती गर्दै आएका गाहलो गतबर्ष साढे ४ विघा क्षेत्रफलमा लगाएको प्याजबाट ११ लाख बढि आम्दानी गरेका थिए । यो बर्ष प्याजको क्षेत्र केही घटाएपनि उनले बेर्ना मात्रै ९० हजार भन्दा बढिको त विक्री गरिसकेको अनुभव सुनाउछन् । –‘खेत अलीखाला परेर समस्या भएको छ, अली उकास जग्गा भयो भने मैले ४० विघा सम्म जग्गा भाडामा लिएर काम गर्ने योजना बनाएको छु, प्याजको लागि कुनै पनि समस्या छैन, बजार पाईन्छ, बुटवलमा नै यसको बजार छ ।’

प्रतिकिलो ५० देखि ५५ रूपैयाँमा विक्रि गर्न सकिने बताउँदै उनले बाहिरबाट आयात गरिएको प्याज भन्दा नेपालमा नै उत्पादन भएको प्याजको स्वाद नै राम्रो हुने गरेको उनको भनाइ छ । १ कठ्ठा क्षेत्रफलमा मात्रै प्याज खेती गर्न सकेमा कम्तीमा पनि ६ क्वीन्टल भन्दा बढि फल्ने उनको अनुभव छ । बाँजो जग्गालाई एक सीजनमा गहुँ खेती भन्दा पनि प्याज खेती गर्दा एक कठ्ठामा ६ क्वीन्टल फल्दा न्यूनतम पनि ५० देखि ६० रूपैयाँ प्रतिकिलोमा बिक्री गर्दा पनि राम्रो आम्दानी गर्न सकिने उनको तर्क छ । बाँझो रहेको जग्गालाई प्रयोग गरी खेती विस्तार गरेर व्यवसायीकरण गर्न सकेमा राम्रो आम्दानी गर्न सकिने धारणा उनको छ । गाहा लामे समय देखि बुटवल १८ मोतिपुरमा रहेको सिम्रीक कृषि सहकारी संस्थाको संस्थापक उपाध्यक्ष सहित २ कार्यकाल अध्यक्ष समेत भएर काम गरिसकेको अनुभव समेत छ ।

अहिले आफ्नै न्यु स्टार एकिकृत कृषि फार्म स्थापना गरेका उनले प्याज १ विघा १२ कठ्ठामा लगाएका हुन भने अन्य २० विघा जग्गामा व्यवसायीक गहुँ खेती गरिरहेका छन् । यो भन्दा पहिला तोरी समेत लागएका थिए । बर्षमा सबै जग्गाको भाडाको रकम कुल साढे ८ लाख रूपैयाँ आउनको उनको भनाई छ । कृषि फार्म को लागि आवश्यक ट्रयाक्टर लगायतका सामग्रीहरू उनले खरिद गरेका छन् । बाली कटानको लागि चाहिने कम्बाईन हार्भेष्टर सहकारीले खरिद गरेर राखेको छ । सोहीबाट उनले काम चलाउँदै आएका छन् ।

वि.स. २०४०/४२ सालबाट नै व्यवसायीक विज बृद्धिको काम गर्दै आएका उनले पहिला पनि आफ्नो पुर्खौलीले जग्गा अँधिया गर्दै आएको भएपनि आफुले सहकारीसँगै जाडीएर अधिया भन्दा पनि जग्गा लिजमा लिएर काम गर्न सुरुवात गरेको उनको भनाइ छ । त्यतिबेला देखि नै उनले जग्गा भाडामा लिएर व्यवसायिक रूपमा गहुँ खेती, बृजवृद्धि सहित तोरी लगायतका खाद्यान्न बालीको खेती गर्दै आएका थिए ।

बर्षमा सबै खर्च कटाएर ८ देखि ९ लाख रूपैयाँ आम्दानी हुने गरेको बताउँदै उनले अहिलेको व्यवसायीक प्याज खेतीको लागि ६२ हजार रूपैयाँ जति बुटवल उपमहानगरपालिकाबाट अनुदान प्राप्त गरेको बताउँछन् । कुल १ लाख २४ जार रूपैयाँ लागतमा नगरपालिकाबाट ५० प्रतिशत लागत साझेदारीमा सहयोग भएको उनको भनाइ छ ।गाहाले गत बर्ष ७५ क्वीन्टल तोरी मात्रै उत्पादन गरेका थिए । यो पटक भने तोरी संगै गहुँ खेती पनि विस्तार गरेका हुन । तिलोत्तमा नगरपालिकामा रहेको १३ विघा क्षेत्रफलमा यो बर्ष देखि चैते धान खेती विस्तार गर्ने योजना समेत बनाएका छन् । बीजबृद्धिका काम समेत अगाडी बढाउने योजना समेत रहेको उनको भनाई छ । उनि भन्छन्–‘थोेरै जग्गा भएर व्यवसायीकरण गर्न अफ्ठारो हुन्छ, यदि जग्गा पायो भने अझै पनि म ४० विघा जति खेती गर्न सक्छु, सबै साधन स्रोत म संग छ, जग्गा सस्तो दरमा पाउनु पर्दछ । ’सरकारी निकायबाट जग्गा भाडामा लिने किसानहरूको लागि अनुदान उपलब्ध गराउने नीति भएपनि उनले भाडाबापतको कुनै पनि अनुदान प्राप्त गरेका छैनन ।बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीका अनुसार यो बर्ष गणेश गाहा सहित महिला समूहले समेत प्याज खेती विस्तारको लागि काम गरेको बताए । बुटवल उपमहानगरपालिकाले यसमा सहयोग समेत गर्दै आएको उनको भनाइ छ । जस अनुसार ८ विघा क्षेफलमा अहिले प्याज खेती बुटवलमा नै उत्पादन भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?