ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

नेपालगन्ज, ८ चैत ।

६८ औं सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बाँकेले सप्ताह ब्यापी कार्यक्रम गर्ने भएको छ ।

संघले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै दिवसको अवसरमा गरिने सप्तह ब्यापी कार्यक्रम सार्वजनिक गरेको हो । यहि चैत २० गते मनाईने ६८ औं सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघको निर्देशन अनुसार चैत ९ गतेदेखि नै विविध कार्यक्रम गर्न लागिएको जिल्ला सहकारी संघ लिमिटेड बाँकेका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए । कार्यक्रम अन्तर्गत चैत ९ गते जिल्लाभरीका सहकारी अध्यक्ष र ब्यवस्थापकहरुको उपस्थितीमा जागरण भेला गर्न लागिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

त्यसैगरी चैत ११ देखि १४ गते सम्म बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, राप्ती सोनारी र खजुरा गाउँपालिकामा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

अध्यक्ष सुवेदीका अनुसार रक्तदान कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बाँके, जिल्ला बहुउद्देश्यि सहकारी संघ लिमिटेड बाँके र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाँकेले संयोजन तथा समन्वय गर्नेछन् । यो भन्दा अगाडीका बर्षहरुमा सहकारीको रक्तदान कार्यक्रमबाट ६ सय ४४ पीन्ट सम्म रगत संकलन गरेको उदाहरण रहेको अध्यक्ष सुवेदीले स्मरण गराए । यस्तै दिवसको अवसरमा चैत १७ र १८ गते बदलिँदो समयमा सहकारीको भूमिका के हुन सक्छ भन्ने विषयमा दुई दिने कार्यशाला गोष्ठी आयोजना गरिँदै छ । यसैगरी चैत २० गते बाँकेका आठवटै पालिकामा रहेका सबै सहकारीहरुले कम्तमिा आफ्ना १० प्रतिशत सदस्यहरुको सहभागितामा विहान ८ बजे प्रभातफेरी ¥याली निकालेर सहकारी दिवस मनाउने र सोही दिन दिउँसो १ बजे नेपालगञ्जमा कार्यक्रम समापन गरिने अध्यक्ष सुवेलीले जानकारी दिए । यसैबीच दिवसकै अवसरमा चैत ९ देखि १९ गते सम्म सहकारीबाट कर्जा लिएर उदाहरणिय काम गरेका सहकारीका सदस्यहरुका सफलताको कथाहरु भिडियो र फोटो ग्राफी पदर्शनी गरिने उनले बताए ।

दिवसको अवसरमा भेटौं सदस्य भन्ने अर्को नयाँ कर्यक्रम पनि सुरुवात गर्नलागेको उनले बताए । चैत ९ देखि १९ गते सम्म सहकारीको अवस्था बुझन् कम्तीमा १० प्रतिशत सेयर सदस्यलाई भेटघाट गरिने उनको भनाई छ । यसैगरीसुखमा सहकारी, दुःखमा सहकारी कार्यक्रम अन्तर्गत बर्षैभरीसहकारीका ४० प्रतिशत सदस्यहरुलाई सहकारी शिक्षा र बित्तिय साक्षरता तालिम दिईने अध्यक्ष सुवेदीले बताए । बाँकेमा ४ सय ८ वटा सहकारी स्थापना भएकोमा २० प्रतिशत सहकारी निष्कृय अवस्थामा रहेको र दुईवटा सहकारी समस्याग्रत अवस्थामा रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?