© २०२३
बाँके, १० चैत्र ।
प्रहरी चौकी साइगाउँले अबैध कुखुरासहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ३४ हजार ५ सय मूल्य बराबरको कुखुरा आज बिहान साढे ७ बजे बरामद गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । जानकी गाउँपालिका २ बिहानी टोल स्थित प्रहरी चौकी साइगाउँका प्रहरी वरिष्ठ नायब निरीक्षक हरि बहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा तस्करी गरी ल्याउदै गरेक बैजनाथ गाउँ पालिका ५ बनकटुवाका ४० वर्षीय ढोडेप्रसाद थारुलाई पक्राउ गरेको एसपी कार्कीले बताए । थारुले भे.३ प १४७४ नम्बर मोटर साइकलमा ल्याउँदै गरेको एक सय ५० किलोग्राम अवैध बोइलर कुखुरा सहित पक्राउ गरेको एसपी कार्कीले बताए । बरामद भएको कुखुरा र थारुलाई आवश्यक कारवाहीका लागि निज मोटर साईकल चालक सहित बोइलर जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको एसपी कार्कीले बताए ।