ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन

हाडजोर्नी, न्यूरोसर्जरी, बाथरोग, गाईनोक्लोजिस्टजस्ता विशिष्टिकृत उपचारमा सहयोग मिल्ने दाबी
८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

बुटवल, ८ चैत । स्वस्थ्य हबका रुपमा पहिचान बनाउदै गएको रुपन्देहीमा विशिष्टिकृत सेवा भित्राउने होड नै छ । यसै क्रममा हाडजोर्नी विषयमा विशेषज्ञ सेवा दिने गरि रुपन्देही डेक्सा स्क्यान सेन्टरले एक विशेष प्रकारको एक्स–रे उपकरण डेक्सा स्क्यान मेशिन भित्राएको हो । शुक्रबार सेन्टरले सिएमई कार्यक्रम गरि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका विशेषज्ञ चिकित्सकहरुलाई मेशिनबारे जानकारी दिएको छ ।

कार्यक्रममा हाडजोर्नी रोग विशेषज्ञ डा सन्जिव आचार्य डेक्सा स्क्यान मेसिनबारे जानकारी दिदै रुपन्देहीमा नै धेरै विरामीहरुलाई यसबाट उपचारमा सहजता मिल्ने बताए । ‘डेक्सा स्क्यान एक प्रकारको इमेजिङ परीक्षण हो ।’– उनले भने । यसबाट शरीरको हड्डीको घनत्व र शरीर संरचना मापन तथा हड्डीको खनिज घनत्व र शरीरको बोसो तथा मांसपेशीको प्रतिशत निर्धारण गर्न मद्दत मिल्ने उनले बताए । ढाड, नितम्ब वा सम्पूर्ण शरीरको हड्डीको अवस्था जाँच गर्न तथा ओस्टियोपोरोसिसको जोखिम पत्ता लगाएर उपचार गर्न मद्दत मिल्ने उनले बताए ।

एचएमटी ग्रुपले विश्वका विभिन्न नाम चलेका विभिन्न कम्पनीहरुबाट उत्पादित स्वास्थ्य उपकरणहरु उपलब्ध गराउदै आएको छ । एचएमटी ग्रुपले रेडियोलोजी सेग्मेन्टमा निदान मेडि सोलुसनमार्फत उपकरण उपलब्ध गराउने र बिक्रीपछिको सेवा दिने गरेको सोलुसनका मिना बुढाथोकीले बताईन । सात वटै प्रदेशमा विक्रिपछिको सेवालाई मध्येनजर गरि दक्ष जनशक्ति र प्रविधि राखिएको उनले बताए । होलोजिक कम्पनीका सिवा नायरले अनलाईन मार्फत मेशिनको बारेमा जानकारी दिदै नया युगको नया प्रविधि भएको बताए । मेशिनको उपयोगिता र यसबाट बिरामीहरुले लिने फाईदाहरुबारे प्रकाश पारे ।

कार्यक्रममा महिला तथा प्रसुति रोग विशेषज्ञ डा बिबि रावतले मेसिन बहुउपयोगी भएको बताए । हड्डी खिइँदै गएको, हड्डी टुक्रिने जोखिम र अस्थिओपोरोसिस भएको वा नभएको जस्ता समस्याहरू पत्ता लगाएर समयमा नै उपचार अघि बढाउन सकिने उनले बताए ।

कार्यक्रममा सेन्टरका संचालक दिपु केसीले बुटवललाई स्वास्थ्यको हबका रुपमा चिनाउने गरि विशिष्टिकृत सेवामा आफुहरु लागेको बताए । युवाहरुको अगुवाईमा करीब १ करोड रुपैया लागतको मेशिन भित्राएर न्यून शुल्कमा सेवा दिन लागेको बताए ।

कार्यक्रममा संचालक महेश शर्माले समयसापेक्ष प्रविधिमैत्री मेशिन भित्राएर बुटवलबासीलाई सेवा दिन लागेको बताए । स्क्यान प्रक्रिया छिटो (सामान्यतया १० देखि ३० मिनेट) र पीडारहित हुने उनले बताए ।

कार्यक्रममा बुटवल रुपन्देही, कपिलवस्तु, नवलपरासी सहितका विभिन्न जिल्लाका गाईनोक्लोजिस्ट, अर्थोपेडिक, फिजिसियन, बाथरोग विशेषज्ञ, न्युरोसर्जन, सर्जरी चिकित्सकहरुको सहभागिता रहेको संचालक रमेश लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?