ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

विश्व मौसम दिवसः बढ्दै छ चुनौति

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

आज विश्व मौसम दिवस । विश्वमा जस्तै नेपालमा पनि यो दिवस बर्षौदेखि मौसममा आएको परिवर्तनले पारेको असर र प्रभावका बिषयमा गहन चिन्तन गर्दै मनाईदै आईएको छ । निश्चितरूपमा पृथ्वी अहिले सहज र स्वाभाविक अवस्थामा छैन् । मौसममा आएको परिवर्तनको असर नेपालले पनि भोग्नु परिरहेको छ । विकासले विनास निम्त्याउने विज्ञानको सिद्धान्त नै हो । यसर्थ विश्वमा जति पनि बैज्ञानिक परिवर्तन भएका छन, त्यसको सिधा असर नेपालमा परिरहेको छ । पछिल्लोसमय नेपालले राम्रैसंग मौसम अर्थात प्राकृतिक चुनौतिको सामना गर्दै आएको छ । मौसममा आएको परिवर्तन जस्तै अति बृष्टि, अनाबृष्टि, बेमौसमी बर्षा, कहिले झरी, भारी बर्षा, हिउँ, सुनामी, हिमनदी बिष्फोट आदि पछिल्लो समयका मौसम परिवर्तनले ल्याएको असर हो । नेपालमा बर्षौदेखि मनाईने यो दिवसमा मौसम परिवर्तनको बिषयमा सामान्य सचेतनामूलक कार्यक्रम गरिएपनि मौसमलाई पुरानै अवस्थामा फर्काउने अर्थात मौसम परिवर्तनको असर र क्षति कसरी कम गर्ने भन्ने बिषयमा गहन बैज्ञानिक अध्ययन र अनुसन्धान भैरहेको छैन । विश्वका ठूला मुलुकका बैज्ञानिकले आफ्नो देशको पारिस्थितिक प्रणाली अनुसारको खोज र अनुसन्धानलाई नेपालले मानिदिनुपर्ने र पत्याउनु पर्ने अवस्था छ । नेपालले अव आफै आफ्नो देशको वातावरणीय प्रभावका कारण मौसममा आएको परिवर्तनका बिषयमा खोज अनुसन्धान गर्नु जरुरी छ । सोही अनुसारको रणनीति तय गर्नु अवको आवश्यकता बन्नुपर्दछ । हरेक बर्ष मौसममा आएको परिवर्तनले कतै अतिबृष्टि, अनाबृष्टि, खण्डबृष्टि आदि प्रकोप बढिरहेको छ । उदाहरणकै रूपमा केही बर्ष अघिसम्म नेपालमा हरेक बर्ष हिउँदमा झरी पथ्र्यो । पछिल्लोसमय धेरै बर्ष भयो हिउँदमा झरीको त टाढाको कुरा, सामान्य पानी समेत पर्न छोडेको छ । हावाहुरी चल्ने, चट्याङ पर्ने लगायतका मौसमजन्य परिवर्तन प्रि मनसुनको कारण हो । यी सवै उदाहरणले के संकेत गर्दछ भने अव जलवायु परिवर्तन र यसवाट पर्ने असरका विषयमा ढिलो नगरि सचेत हुने बेला भएको छ । खासगरी जलवायु परिवर्तनको मुख्य कारण बढ्दो कार्बनको उत्सर्जन हो । कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूलाई वायु प्रदुषण कम गर्न अव विश्व समुदायले नै आह्वान गर्नु र त्यही किसिमको योजना तयार गर्नु जरुरी छ । खासगरी हिमाली देशहरू जलवायु परिवर्तनविरुद्ध एकजुट नहुने हो भने यसको असर रोक्न सकिन्न ।

नेपालमा साना ठूला गरेर छ हजार नदी छन् । जलस्रोतको धनी देशको रूपमा नेपालको नाम विश्वमै अगाडि आउँछ तर अव पानीको अभावले मानव जीवनलाई प्रभावित गर्दैछ । पानीको अभावमा बसाई सराई समेत बढ्दै गएको छ । हाम्रा पहाडको दैनिक जनजीवन पानीकै अभावका कारण तराईतर्फ सर्ने क्रममा छ । बसाईसराईको एक प्रमुख कारण पनि पानी हो भन्ने मानिएको छ । अव पानी जोगाउने, संरक्षण गर्ने र पानीका मुहानलाई बचाउनेतर्फ लागिएन भने अर्को पुस्ताले पानीको चुनौति सामना गर्नुपर्नेछ । तर, मौसममा आएको परिवर्तनका कारण पानी पर्नेक्रम धेरै कम भएको छ । यसले ठूलो असर पु¥याउने निश्चित छ । जलवायु परिवर्तनको असर यो वर्ष प्रत्यक्ष अनुभव गरिएको वातावरणवीदहरूले उल्लेख गरेका छन । तराईको भू– सतहबाट पानी सुक्दै गएको छ । जेठको एक महिनामात्रै तराईमा पानीको समस्या देखिएपनि पछिल्लोसमय फागुनदेखि नै पानीको अभाव हुन थालेको छ । यो पनि मौसममा आएको ठूलो परिवर्तनको असर हो । अतः जलवायु परिवर्तनले जनताको जीवनमा पारेका प्रभाववारे राज्यले छुट्टै अनुसन्धान थाल्नु जरुरी छ । जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न विकासशील मुलुकहरू गंभीर वन्नु जरुरी छ । त्यसका लागि फेरीपनि मौसममा आएको परिवर्तन पुरानै अवस्थामा फर्काउन जरुरी छ । विश्व मौसम दिवसको अवसरमा नेपालले आफ्नो वातावरणीय चुनौति सामना गर्ने संयन्त्र निर्माण गर्नेतर्फ ध्यान दिनु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?