© २०२३
काठमाडौं ।
तीन दलको शिर्ष नेताको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् ।
संक्रमणकालिन न्यायका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आब्हान गरेको तीन दलको शिर्ष नेताको बैठकमा सहभागी हुनु अघि राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका हुन ।
भेटमा समसमायिक राजनीतक र राजावादीहरूको पछिल्लो गतिविधिका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सोलुखम्बुको एक कार्यक्रममा सहभागी भएर राष्ट्रपति पौडेल फर्के लगत्तै प्रचण्ड शितल निवास पुगेका हुन् ।
अहिले प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भइहेकाे छ ।
यस पछि मन्त्रिपरिषद बैठक बस्ने बुझिएको छ ।