© २०२३
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन् ।
मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रतिपक्षीको भूमिक रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।
प्रधानमन्त्री ओलीले देशी–विदेशी तत्व सरकारलाई बद्नाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागिपरेको टिप्पणी गरेका छन् । उनले देशको बिकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रीत भएको उल्लेख गरे । ४६ सालको परिवर्तन पछि तीव्र बिकासको बाटोमा अघि बढ्को भन्दै प्रधानमन्त्री ओलीले आफु सरकारमा रहदा उल्लेखीय रुपमा बिकासका काम भएको दावी समेत गरे ।
प्रधानमन्त्री ओलीले देशको बिकासमा इन्जिनियरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।