काठमाडौँ, १२ चैत ।
मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेर २५८२ अंकमा पुग्यो। गिरावटको बाबजुत बजारको कारोबार रकममा वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको कारोबार भएको छ। यो दिन २४० कम्पनीहरूको मूल्य घटेको भए पनि केवल ४ कम्पनीहरूको मूल्य बढेको थियो।
सेयर बजारमा सबै सेक्टरको मूल्यमा गिरावट आएको छ। प्रमुख सेक्टरहरूमा बैंकिङ १.४२ प्रतिशत, विकास बैंक २.९९ प्रतिशत, फाइनान्स ३.५० प्रतिशत, होटल र पर्यटन २.७२ प्रतिशत, हाइड्रोपावर ३.३१ प्रतिशत, लगानी २.०८ प्रतिशत, जीवन बीमा २.२० प्रतिशत, उत्पादन १.५० प्रतिशत, माइक्रोफाइनान्स २.४९ प्रतिशत, निर्जीवन बीमा २.४६ प्रतिशत, अन्य १.८२ प्रतिशत र व्यापार १.८५ प्रतिशत घटेका छन्।
आजको कारोबारमा डिवेन्चर क्षेत्रको मूल्य अधिक वृद्धि भएको छ। एनसीसीडी ८६ र केबीएलडी ८९ का मूल्य ४ प्रतिशतभन्दा बढी बढेका छन्। यद्यपि, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ७.३ प्रतिशत, इस्टर्न हाइड्रोको ७.१ प्रतिशत, सिन्धु विकास बैंकको ६.७ प्रतिशत र विन नेपाल लघुवित्तको ६.७ प्रतिशत मूल्य घटेको छ।