ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

बुटवल, १२ चैत ।
बुटवलमा अव्यवस्थित बसोबासी जग्गाको नापजाँच सुरु भएको छ । नापजाँच कार्यको बुटवल उपमहानगरपालिका वडा नं ११ माथिल्लो मजुवामा सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् । सो अवसरमा नगर प्रमुख पाण्डेयले बुटवलमा १६ हजार बढी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू रहेको भन्दै उनीहरूको हातमा लालपूर्जा नदिएसम्म आफू मेयर भएको अनुभूति नहुने बताए ।
बुटवलमा २००९ सालदेखि बसोवास गरेकाहरूले पनि अझैसम्म लालपुर्जा पाउन नसकेको भन्दै नगर प्रमुख पाण्डेयले हिजो मात्रै भूमि आयोगबाट अब्यवस्थित बसोवासीहरूलाई जग्गा धनी प्रमाण पुर्जा बितरण गर्नेगरी जग्गाको नापजाँच गर्ने अख्तियारी दिएसँगै भूमि आयोग र उपमहानगरपालिकाको प्राबिधिक टोलीले सोमबारैदेखि काम सुरु गरेको जानकारी गराए । वडा नं. ११ को विकासका लागि उपमहानगरपालिकाले सबैभन्दा धेरै २५ करोड रूपयाँ बजेट छुट्टायाइएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी बर्ष पनि आवश्यकताको आधारमा थप बजेट छुट्याउने प्रतिवद्वता ब्यक्त गरे ।
तिनाउ दानव करिडोरका कारण बिस्थापित हुनेहरूमध्ये कम्तीमा पाँच सय घर बिस्थापित हुन नपर्ने गरी नयाँ मापदण्ड बनाउन सकिने बताउँदै उनले स्थानीयको सहमति भए त्यस्तो मापदण्ड बनाएर कार्यान्वयन गरिने उल्लेख गरे । भूमि आयोग रूपन्देहीका अध्यक्ष कुमार थापाले देशकै सबैभन्दा धेरै भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोवासी रहेको जिल्ला मध्ये रूपन्देही दोस्रो नम्बरमा रहेको भन्दै बर्तमान भूमि आयोगले भूमि सम्बन्धि समस्या सदाका लागि अन्त्य गर्नेगरी काम सुरु गरेको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले सो वडा बुटवलकै सबैभन्दा धेरै भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोबास रहेको भन्दै अब लालपुर्जा बितरण हुने विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरपालिका नापी शाखा अमिन त्रिदेव बुढाथोकीले पहिलो चरणमा तीन कित्ता जग्गाको लालपुर्जा बितरण गर्न अनुमति पाएकोले सो क्षेत्रमा बसोबास गरेकाहरूको जग्गा नापजाँच गरी लालपुर्जा तयार गर्नेगरी काम सुरु गरिएको बताए । पटकपटक आयोग गठन भई जग्गा नापजाँच भए पनि जग्गा धनी प्रमाण पुर्जा पाउन नसकेका स्थानीय जग्गा नापजाँच सुरु भएसँगै खुसी भएका छन् । बिगत २६ बर्षदेखि टोल बिकास संस्थाको टोल विकास संस्थाको नेतृत्व गर्दै आएका आत्म बहादुर रानाले पटकपटक आयोग गठन भई फाराम भर्ने र जग्गा नापजाँच गर्ने गरे पनि लालपुर्जा नपाएको भन्दै यसपटक लालपुर्जा पाइने आशा गरेको बताए । स्थानीय इन्द्रा बिष्ट र लक्ष्मी कंडेलले पनि अब्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पुर्जा बितरण गर्न जग्गाको नापजाँच सुरु भएकोमा खुसी ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?