ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीलाई खोप

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

सन्धिखर्क, १० चैत ।
अर्घाखाँची जिल्लामा एचपिभि खोप अभियान अन्तर्गत लक्ष्यको ९५ प्रतिशत किशोरीहरूले खोप लगाएका छन् । महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालित ह्युमन प्यापीलोमा भाइरस (एचपिभि) खोप अभियान अन्तर्गत लक्ष्य नजिक प्रगति गर्दै सम्पन्न भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । गत माघ २३ देखि फागुन ६ गतेसम्म सञ्चालित अभियानबाट ७ हजार ५सय २६ किशोरीहरू लाभान्वित भएको स्वास्थ कार्यालयका प्रमुख शिव नेपालीले बताए ।प्रमुख नेपालीका अनुसार जिल्लाका ६ वटै स्थानीयतहमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्रा तथा विद्यालयबाहिरका १० बर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको हो । किशोरी लक्षित अभियान अन्तर्गत ७ हजार ५सय २६ किशोरीहरूले खोप पाएका छन् । खोप अभियान जिल्लाका ६ स्थानीय तहहरू मध्येमा ३ नगर र ३ गाउँपालिकाका गरी १ सय ४० विद्यालय, ६१ स्वास्थ्य केन्द्र र बाह्य खोप केन्द्र गरी २ सय १केन्द्रमार्फत चलाइएको थियो ।

कार्यक्रम सुपरभाइजर कृष्ण प्रसाद पोख्रेलका अनुसार जिल्लाभरमा ७ हजार ९ सय २५ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएकोमा ९५ प्रतिशत अर्थात ७ हजार ५सय २६ किशोरीहरूलाई खोप लगाउन सफल भएको हो । लक्ष्यको ५ प्रतिशत किशोरीहरूलाई अभियानमा समेट्न नसकिएको उनको भनाई छ । जस अनुसार ६ वटै स्थानीयतका ७ हजार ५सय २६ किशोरीहरू खोपबाट लाभान्वित भएका छन्। बाँकी रहेकाहरूलाई पनि कुनै न कुनै माध्यमबाट खोप दिलाउने योजना स्वास्थ्य कार्यालले लिएको छ । तहगत हिसावमा सबैभन्दा बढी सन्धिखर्क नगरपालिकामा १ हजार ८ सय ५, शितगंगा नगरपालिकामा १ हजार ४ सय ७५, मालारानी गाउँपालिकामा १ हजार २ सय ४२, भुमिकास्थान नगरपालिकामा १ हजार २ सय २४,पाण्निी गाउँपालिकामा ९ सय ७० र छत्रदेव गाउँपालिकामा ८ सय २१ किशोरीहरूले खोप लगाएका छन् । अभियानमा लक्ष्यको सबैभन्दा धेरै मालारानी गाउँपालिकाले९९ प्रतिशत र सवैभन्दा कम सन्धिखर्क नगरपालिकाले ८९ प्रतिशत किशोरीहरूलाई खोप लगाउन सफल बनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एचपिभी खोपले महिलाको बच्चादानीको मुखमा हुने क्यान्सरको जोखिम उल्लेख्य रूपमा रोक्न सक्ने पुष्टि भइसकेको छ। प्रजनन उमेर पुग्नु भन्दा अगावै यो खोप लगाउँदा बढी प्रभावकारी हुने भएकाले नेपाल सरकारले १० बर्षदेखि १४ बर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप अभियान संचालन गरेको हो ।
स्वास्थ कार्यालय अर्घाखाँचीमा कार्यलय प्रमुख शिव नेपाली आएसंगै चालु आर्थिक वर्ष २०८१/०८२ मा औषधीहरूको व्यवस्थापन गर्न अनलाईन ईएलएमआईएस कार्यक्रम, अनलाईन ईएचएमआईएस एबउभचभिकक कार्यक्रम,एक वडा एक स्वास्थ संस्था एक तालिम प्राप्त स्वास्थकर्मी, कुपोषीत बालवालिकाहरूको खोज कार्यक्रम,नसर्ने रोगहरूको पहिचान अभियान,स्थानिय तहमा स्वास्थ शाखाहरूको पारस्परिक भिजिट कार्यक्रम,स्वास्थ शिक्षा प्रर्वद्धन कार्यक्र,ट्राफिकसंग सडक दुर्घटना सम्बन्धी अन्तरक्रिया कार्यक्रम,खाद्य सुरक्षा कार्यक्रम, फेमिलि हेल्थ हिस्टोरी रेर्कड लिने,विद्यालयका किशोरकिशोरीहरूमा रक्तअल्पता परीक्षण कार्यक्रम,घरमा हुने सुत्केरी शुन्य बनाई पूर्ण संस्थागत सुत्केरी वडा तथा संस्था घोषणा अभियान, पूर्ण किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा अभियान लगायतका कार्यक्रमहरू संचालन गरिएको छ । आगामी दिनमा मोवाईल स्वास्थ कार्यक्रम संचालन गर्ने प्रमुख नेपालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?