© २०२३
पाल्पाको तिनाउ गाउँपालिका–३ भुलखोला स्थित सरकारी वनमा धमाधम रुख कटान भएको खुलासा भएको छ । मुख्य राजमार्ग किनारमा भैरहेको अबैध वन फँडानीमा स्थानीयको संलग्नता रहेको वन कार्यालय पाल्पाले जनाएको छ ।
वनमा रहेका रुख कटान गर्न नपाईने र काट्नु परे जिल्ला वन कार्यालयबाट लिनुपर्ने स्वीकृतिलाई लत्याउँदै भुतखोला फेमेली रेस्टुरेन्टका सन्चालक यमप्रसाद पान्डेले सालका रुख काटेका हुन् । केही समयदेखि होटल सन्चालन गर्दै आएका पान्डेले आफ्नो जग्गा भएको लामो समय देखि प्रयोग गर्दै आएकाले रुख काटेको स्वीकार गरे । रुखहरूले घर च्याप्ने जस्तो देखीएपछी रुख कटान गरीएको उनको भनाई छ । तर जिल्ला वन कार्यालय पाल्पाले उक्त ठाउँ सरकारी जंगल भएको र पान्डेले बिना सुचना अबैध रूपमा ३ वटा रुख कटान गरेको फेला पारेको बताएको छ ।
यसरी मुख्य सडक किनारमा धमाधम रुख कटान हँुदा समेत सेक्टर वन कार्यलय दोभान बेखबर हुनुले वनको कर्मचारीको समेत मिलेमतोमा रुख कटान गरीएको स्थानियले आरोप लगाएका छन् । स्थानीय भन्छन्–धेरै काठहरू चिरान भैसकेको भन्दै लाज पचाउन समाएजस्तो गरेको हो रुख काटेर सेउला हाँगाहरू लुकाउन भिरमा फालीएको छ । यता जिल्ला बन कार्यालय पाल्पाका सहायक बन अधिकृत अर्जुन चापागाइले सरकारी बनमा ३ बटा सालका रुख कटान गरेको फेला पारेको बताए । करीब ३३ क्यूफिट काठ समेत फेला पारेको भन्दै रुख काटेको स्वीकार गरेकाले कानुन बमोजिम कार्बाही हुने चापागाईले बताए । बन ऐन अन्तरगत अनुसन्धान भैरहेको र अदालतको आदेशमा संलग्न ब्यक्तिलाई समेत नियन्त्रणमा लिएर कार्बाही अगाडी बढाइने चापागाईले बताए ।
कटानमा संलग्न कसैलाई पनी कार्बाहीको दायरामा लिएको छैन स्रोतका अनुसार काटेका सालका रुख लुकाउन हाँगा तथा घाँस पैरोमा फालेर माथिबाट माटोले पुर्नेसम्मको प्रयास भएको छ । यसरी दिउँसै अबैध रुख कटान हँुदा समेत थाहा नपाएजस्तो गर्ने वन कर्मचारीलाई कार्बाहीको दायरामा ल्याउनु जरुरी देखिन्छ । Photo:file source Google
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी