ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
अन्तरवार्ता

खाँणलाई दोब्बर मतले जित्दैछौं : स्वाती थापा

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

रुपन्देही–३ को चुनावलाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले यो क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ ।

यसै सन्दर्भमा तीन दलीय तालमेलका उम्मेदवार पाँच दलीय गठबन्धन भन्दा कसरी बलियो छ ? निर्वाचन जित्ने आधार के छन् भनि एमाले, राप्रपा, जसपा तालमेलको संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही(३ का संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य स्वाती थापासँग गरिएको कुराकानी :

बहालवाला गृहमन्त्री खाणलाई तपाईहरूको उम्मेदवार दीपक बोहोराले जित्ने आधार के हुन् ?

– निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन । जित हार त जनताको हातमा हुन्छ । विगतमा बहालवाला गृहमन्त्री मात्रै होइन वहालवाला प्रधानमन्त्री समेतलाई नेपाली जनताले हराएका छन् ।

खाणजी पटक पटक मन्त्री हुनुभयो, यतिबेला राज्यको शक्तिसाली मन्त्री पनि हुनुहुन्छ । म उहाँले भैरहवा, सेमलार, अमुवा, फर्साटिकरको लागि के गर्नुभयो ? भैरहवा विमानस्थलको समस्या समाधान भएको छैन् । भारतसँग रुट स्वीकृतिको लागि उहाँले संसद र मन्त्री परिषद्मा कति पहल गर्नुभयो, सिमावारीका व्यापारी पसल नचलेर माखा धपाउँदै बसेका छन्, भाडा तिर्न सकेका छैनन् तर चोरी तस्करी खुलमखुला छ। चोरी तस्करी रोकेर सीमावारीका व्यापारीलाई सहयोग गर्न गृहमन्त्री खाणलाई कसलाई रोकेको छ ? उद्योगी व्यवसायी सडक आन्दोलनमा छन् ती व्यवसायीको राहतको लागि बैंकिंक ब्याजदर घटाउन उहाँले मन्त्रीपरिषद्मा वा गर्भनरसँग कति पटक छलफल गर्नुभयो ? अहिले नै उहाँले धेरै काम गर्नुहुन्थ्यो तर अहिले केही नगर्ने अनि निर्वाचन जिताउनुस् म यसो गर्छु, उसो गर्छु भनेर गाउँगाउँमा ललीपप बाड्दै हिड्ने गृहमन्त्रीलाई सबैले चिनिसकेका छन् ।

रह्यो हाम्रो उम्मेदवारको बारे । बोहोराजी पाँच दशकदेखि रुपन्देहीकै राजनीतिमा सक्रिय हुनुहुन्छ, उहाँले नचिनेको घर, उहाँलाई नचिन्ने मान्छे यस क्षेत्रमा सायदै होलान् । यसैले रैथाने नेताको रुपमा परिचित बोहोराको जीत सुनिश्चित छ ।

रैथाने नेता भनेर के भन्न खोज्नुभएको ?

– बोहोरा र भैरहवा पर्यायबाची भन्दा पनि हुन्छ । उनले ३० को दशकदेखि यहाँको बाटोघाटो, बिजुली, स्कुल, स्वास्थ्य चौकी, अस्पताल, धार्मिक तथा सामाजिक संघसंस्था निर्माण र संरक्षणमा काम गरिरहेका छन् । खाणजीको त मतदाता नामावली समेत रुपन्देही ३ मा छैन । उहाँ कहिले कता, कहिले कता निर्वाचनमा चुनाव लड्दै हिंड्नुहुनछ । अहिले पनि चुनावका लागि भनेर भैरहवाको प्रभातपथमा डेरा लिनु भएको छ रे । भैरहवाबासीले डेरावालाई बिदाई गर्ने छन् ।

रुपन्देही विकासमा बोहोराको के योगदान छ  ?

– यहाँका हरेक योजनामा बोहोराको पहलकद्मी छ । अहिले चलिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया बुटवल ६ लेन सडक, बेथरी–तामनगर निर्माणाधीन सडक, भैरहवा–परासी सडक, भैरहवा लुम्बिनी तिलौराकोट सडक जस्ता गौरवका आयोजना हेरे पुग्छ । ०४२ सालताका भैलुभुज आयोजना रुपन्देहीमा ल्याएर समग्र जिल्लाको खेतलाई सिँचित गर्ने, गाउँगाउँमा विद्युतीकरण, गाउँगाउँमा सडक सन्जाल विस्तारमा उहाँको योगदान छ ।

जितको आधार के छ ?
– जितको मुख्य आधार हाम्रो संयुक्त प्रतिबद्धता हो । हाम्रो क्षेत्र, जिल्ला, प्रदेश र सिंगो देशका जनताको जिवनस्तर कसरी उकास्ने भन्ने विषयमा दशकौंदेखि योजना, नीति र छलफल चलाएर अगाडी बढेका राष्ट्रवादी शक्तिहरूको तालमेल र जनविश्वास नै हाम्रो जितको आधार हो । अर्कोतर्फ गणीतिय हिसाबले पनि जितिसकेका छौं । तिन वटै मुख्य पार्टी एकै ठाउँ भएपछि परिणाम झन सशक्त भएको छ । दोब्बर मतले जित्दैछौं ।  – न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?