© २०२३
नेपालगञ्ज नगरपालिकाको वडा नं. १३ चौलिका चोकमा मानिसहरू जुट्नुको उद्देश्य फरक छ । जहाँ मानिसहरू भेटघाटका लागि मात्रै जुट्दैनन् । जुट्नुको मुख्य उद्देश्य हुन्छ हलुवा पराठा (परौठा/रोटी) खाई भोक मेटाउने । खाजाका लागि रिक्सा चालक, टाँगा चालक मात्र होइन मोटरसाइकल र कार चढ्ने पनि आउँछन् । नेपालगञ्ज पुग्नेहरू समेत उनको खाजा पसलमा पराठा र हलुवाको स्वाद लिन पुग्ने गर्दछन् ।
चोकको पश्चिमतर्फ रहेको खरको छानोमुनि पाकिरहेको हुन्छ सुपो जत्तिकै ठूलो देखिने पराठा । जुन पराठा रोटी खानुको स्वाद त छँदैछ बनाएको हेर्न झनै मज्जा आउँछ ।
सुपो भन्दा ठूलो तावामा पकाउनु अघि पराठा पकाउने कारिगढले पिठोलाई केही पराठाको आकारमा बनाएपछि त्यो आकारबाट बढाएर सुपो जत्तिकै ठूलो आकारमा पु¥याउँछन् । जुन पराठाको आकारले आधा शरीर छोपिन्छ । छेउतिरबाट हेर्दा पकाउनु अघिको काचो पराठा पछ्यौरा ओढे जस्तै देखिन्छ ।
यसरी पराठा र हलुवाको खाजा घर चलाएको ३२ बर्ष पुगिसकेको पराठा पकाउँदै गरेका मोहर अली बताउँछन् । एउटै पराठाबाट कम्तीमा १० जनासम्मलाई पुग्ने उनको भनाइ छ । पिठोमा नून र घिउ राखी बनाइएको उक्त पराठा चक्कुले काटेर हलुवा बीचमा राखि खाने गरिन्छ । दिनमा ३० देखि ४० वटासम्मको पराठा बिक्री हुने जलील अहमद शेष बताउँछन् । हलुवा र पराठा खाँदै गर्दा भेटिएका नेपालगञ्ज नगरपालिका वडा नं. २१ मा बसोवास गर्ने नीजाम बेहेनाले भोक लाग्दा २५ रुपियाँको खाजा खान यहाँ आउने गरेको बताए । मजदूरीको काम गर्छु भोक लागे यहि हलुवा र पराठा खान्छु बेहेनाले बुटवल टुडेसँग भने ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी