© २०२३
रुपन्देही तथा आसपासको क्षेत्रमा आइतवार देखि सोमवार साझसम्म नेपालमा सबैभन्दा बढी वर्षा भएको छ ।
जल तथा मौषम विज्ञान विभागले नेपालमा भएका मापन केन्द्रमा सबै भन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ । आइतवार रातिदेखि सोमवार साझ पौने ६ बजेसम्म भैरहवामा २२६ दशमलव ९ मिलिलिटर वर्षा भएको मौसमबीद समिर श्रेष्ठले जानकारी दिए । भैरहवा पछी नेपालगञ्जमा वर्षा भएको छ । नेपालगञ्जमा २०६ दशमलव ६ मिलिलिटर वर्षा भएको छ । यो वर्षा यस वर्षकै सबैभन्दा बढी हो । यस्तै कपिलवस्तुमा १ सय ७८ दशमवल २ मिलिलिटर वर्षा भएको छ । पहाडी पाल्पा, गुल्मि अर्धाखाची जिल्लामा पनि सोमवार बढी नै वर्षा भएको छ ।
आइतवार रातिदेखि सोमवार अपरान्हसम्म लगातार वर्षा भएपनि सोमवार साझ केहीबेर वर्षा रोकिएको छ । साझ केहीबेर वर्षा रोकिएपनि रातिदेखि मंगलवार बिहानसम्म पुन वर्षा हुने सम्भावना रहेको मौसमवीद श्रेष्ठले बताए । उनका अनुसार सोमवारको जत्तिको बढी वर्षा नभएपनि भारी वर्षाको सम्भावना भने कायमै छ । मंगलवार दिउसो केही कम भएपनि साझ पुन पानी परेर बुधवारदेखि पानी पर्न केही कम हुने श्रेष्ठलेबताए । यस क्षेत्रका पहाडी जिल्लामा पनि तराइमा जस्तै पानी पर्ने छ । लगातारको वर्षाले अवरुद्ध भएको भैरहवा स्थित गौतम बुद्ध बिमानस्थल सोमवार साझबाट खुलेको छ । सोमवार बिहानैदेखि जहाज अवतरणका लागि आवश्यक भिजिबिलिटी नभएर उडान हुन नसकेकोमा साझ पख वर्षा कम भएपछी भिजिबिलिटी बढेको बिमानस्थलका बरिष्ट अधिकृत प्रदीप अर्यालले जानकारी दिए । उडानका लागि आवश्यक भिजिविलिटी भएपछी बुद्ध र यति एयर लायन्सका एक एक वटा उडान साझ भएका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी