ट्रेंडिंग:

>> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो

चार महिनामै बन्यो पक्की पुल

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

गुल्मी, ४ वैशाख ।
गुल्मीमा एक निर्माण व्यावसायीले चार महिनामै पक्की पुन निर्माणको काम सम्पन्न गरेका छन । गुल्मीको रेसुङ्गा नगरपालिका निवासी निर्माण व्यावसायी बिजय खनालले गुल्मीको मदाने गाउँपालिका अन्तरगत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन ।

जिल्लामा सञ्चालित कैयौं विकास योजनाहरू केही निर्माण व्यावसायीले समयमा काम नगर्दा अलपत्र परिहेको अबस्थामा खनालले डेढ वर्षको अबधिमा निर्माण सम्पन्न गर्नुपर्ने काम चार महिनामै सम्पन्न गरेका हुन । गुल्मीको अग्लुङ्हुँदै प्युठान जोड्ने सडकमा पक्की पुल निर्माण गरिएको हो ।

छोटो अवधिमै पुल निर्माणको काम नगरेर खनालले काम गर्ने इच्छाशक्ति भएमा तोकिएको समयनै पर्खनुपर्छ भन्ने मान्यतालाई चिर्दै नयाँ उदाहरण प्रस्तुत गरेका छन । उक्त पुल निर्माणको लागि गत बर्ष जेठ महिनामा सम्झौता भए पनि बर्षात सुरु भएसँगै दशंैतिहार जस्ता चाडपर्वहरू आएका कारण मंसिर महिनादेखि मात्र पुल निर्माणको काम शुरु गरिएको हो । मंसिरदेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माणको काम समय अघिनै सम्पन्न गरिएको निर्माण व्यावसायी बिजय खनालले बताए ।

तर समयमै काम सम्पन्न गरेपनि आफुले ६० लाख रूपैंया अझै भुक्तानी पाउन बाँकी रहेको खनालले गुनासो गरेका छन । खनालले आफुले निर्माणको जिम्मा लिएका ९९ प्रतिशत योजनामा म्याद थप नगरि सम्पन्न गरेको बताए । यति छोटो समयमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरू पनि दंग परेको मदाने गाउँपालिका –१ का वडाध्यक्ष सुशिल चन्दले बताए । निर्माण व्यावसायीमा इच्छाशक्ति भएमा समय अघिनै काम सम्पन्न हुँदो रहेछ भन्ने नयाँ उदाहरण खनालले प्रस्तुत गरेको उनको बताए ।

सडक पुर्वाधार कार्यालय गुल्मी मार्फत पुल निर्माणको लागि कमल–अर्जुन–सि.टी जे.भीले गत बर्षको जेठ ८ गते सम्झौता गरेको थियो । उक्त पुल भ्याटसहित चार करोड १४ लाख २९ हजार ९७९ रुपियाँको लागतमा सम्झौता भएको सडक पुर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनीयर सचितानन्द चौधरीले जानकारी दिए । गत मङ्सिर पहिलो साता लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दिनेश पन्थीले पुल निर्माणको लागि शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?