ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै

पाल्पाको रामपुर, कपुरकोट सल्यान जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग भनेर नामाकरण गरेको छ । तर यो सडक खण्ड रकम अभावका कारण अलपत्र परेको छ ।
४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

पाल्पा, ४ बैशाख । लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय गौरवको सडक आयोजनामा वर्गिकरण गरी प्राथमिकतामा राखेको सडक खण्डको पाल्पा खण्डमा वर्षाैंदेखि रकम अभावका कारण अलपत्र अवस्थामा रहेको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ मा पूर्वी पाल्पाको रामपुर, कपुरकोट सल्यान जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग भनेर नामाकरण गरेको यस खण्डको पाल्पामा पर्ने १ सय १२ किलोमिटर सडक रकम अभावका कारण तथा श्रोत सुनिश्चित हुन नसक्दा अलपत्र परेको छ । लुम्बिनी प्रदेशमा अहिलेसम्म छ वटा मुख्यमन्त्री फेरिँदा समेत यो सडकले पर्याप्त बजेट पाउन सकेको छैन ।

पाल्पा खण्डमा पर्ने आर्यभज्याङ देखि रामपुर, हार्थोक देखि छहरा खण्ड तत्कालिन जिल्ला बिकास समितिले २०६३ सालमा गरेको अटासिल उक्किएर हिलाम्य र धुलाम्य हुँदा सम्म मर्मत संभार हुन नसक्दा स्थानीयले सास्ती बेहोर्दै आएका छन् । प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनामा प्राथमिकतामा राखेको यस सडक खण्ड रामपुर तानसेन नगर, निस्दी, पूर्वखोला, रैनादेवी, रम्भा, माथागढी, रिब्दीकोट गाउँपालिकामा १ सय १२ किलोमिटर सबै भन्दा लामो पाल्पामा परे पनि प्रदेश सरकारले श्रोत सुनिश्चित नगरेको भन्दै यहाँका स्थानीयहरूले श्रोत सुनिश्चितताको माग गरेको रिब्दीकोट गाउँपािलका अध्यक्ष नारायण बहादुर कार्की बताउँछन् ।

स्थानीय जनताको प्रत्यक्ष सहभागितामा जिल्लाको सबैभन्दा पुरानो सडक मानिने भए पनि प्रदेश सरकारले गौरवको आयोजनामा समावेश गरेका कारण स्थानीय सरकारले यस सडकमा लगानी गर्न कानुनी जटिलताका स्थानीय जनप्रतिनिधिले अपजस मात्र बेहोर्न परेको रैनादेवी गाउँपालिकाका अध्यक्ष रुकमा·त भट्टराई बताउँछन् । यस सडकको कुल लम्वाई २ सय ९० किलोमिटर रहेको छ ।

सडक पूर्वाधार निर्देशनालयका निमित्त प्रमुख गोविन्द खनालका अनुसार यस आयोजना अन्तर्गत अर्घाखाँचीको सन्धीखर्क —चुजाठाँटी खण्डको साढे सोह्र किलोमिटर गत वर्ष १६ करोड ९ लाख ३३ हजारमा कालोपत्रे सम्पन्न भयो । यही खण्डको दोस्रो ठेक्का अन्तर्गत साढे ९ किलोमिटर ८ करोड २२लाख, ५५ हजार लागतमा सम्पन्न भयो । यसैगरी अर्घाखाँचीको घुम्ती देखि पाल्पाको सिमाना तिनगिरे खण्डको २० किलोमिटर १३ करोड १७ लाख ९२ हजार लागतमा कालोपत्रे भयो ।
पाल्पा खण्डमा १ सय १२ किलोमिटर सडक डवल लेनको निर्माणका लागि मन्त्रालय बाट पहल नहुँदा पाल्पा खण्ड कागजी योजनामा मात्र सीमित भएको निर्देशनालय प्राविधिकहरू बताउँछन् । मुख्यमन्त्रीको कार्यालय, प्रदेश सरकारका मुख्य सचिव रिब्दीकोट गाउँपालिका भित्रका हुन् । त्यसै माथि भौतिक पूर्वाधार कार्यालयका सचिव समेत पाल्पा कै स्थानीयबासी हुन् । वत्ती मुनि अँध्यारो भनेको यही नै हो । उनीहरूले इच्छाशक्ति राखे बजेट सुनिश्चीतता हुन्थ्यो तर भएन स्थानीय शंकर रायमाझी बताउँछन् ।

यस सडक अन्तर्गत प्युठानको वजि«वा· र भि·ी खण्डको ५ किलोमिटर १० करोड ७१ लाख ६३ हजार लागतमा कालोपत्रे गर्ने काम सुरु भएको छ । प्युठानको दाखा क्वाडी ,भि·ी खण्डको ढेड किलोमिटर ७३ लाख ७९ हजार, ८ सय ९० रूपैयामा ग्राभल गर्ने कार्य अगाडि बढेको छ । रोल्पाको निगालपानी दहवन खण्डमा १२ करोड रूपैयामा कालोपत्रे भइरहेको छ । सबै भन्दा लामो पाल्पा खण्डमा परे पनि सडकको रेखाकंन भयो । त्यसै माथि स्तर उन्नत िभयो सडक किनारामा घरहरू निर्माण भएका छन् । फेरी डवल लेनको सडक क्रममा एउटा पनि घर रहदैन । सडकका लागि रकम सुनिश्चित भएपनि सडक आसपास क्लियरका लागि समन्वय नगरेका कारण वजेट नआएको मन्त्रालयका एक प्राविधिकले बताए ।

सडक किनारामा वर्षैा देखि स्थायी संरचना निर्माण गरेका छन् । सरकराको मापदण्ड अनुसार निर्माण गर्दा बस्तीविहीन हुने सुकुम्वासी नै हुने भएका कारण यहाँका स्थानीय तहका जनप्रतिनिधि भौतिक पूर्वाधार मन्त्रालयमा दबाब दिने उद्देश्यले डेलिकेशन जाने तयारी भएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउँछन् ।
डबल लेनको सडक निर्माणको क्रममा हार्थोक तिनगिरे, आर्यभज्या· रामपुर सडक खण्डमा करिव ५ सय भन्दा बढि घर परिवार घरवास विहीन हुनेछन् । पुरानै मापदण्ड कायम गरिनु पर्दछ । पहिले पहिले जस्तै जस्तै यहाँका सडकमा सवारीको चाप छैन । वैकल्पिक सडकहरू निर्माण भइरहेको एक स्थानीयले बताए ।
सरकारले यस आयोजना २०८२ सालमा पुरा गर्ने लक्ष्य राखेको हो । तर न्यून बजेटका कारण समयमा पुरा गर्न कठिनै छ ।

२०७६—२०७७ मा थालनी गरिएको गरिएको यस सडक पाल्पामा १ सय १२ अर्घाखाँचीमा ७० प्युठानमा ६७ र रोल्पामा ३५ किलोमिटर पर्दछ । सरकारको यस आर्थिक वर्षमा पाल्पा अर्घाखाँची खण्डका लागि १० करोड रूपैयाँ विनियोजन गरिएको रकमले रम्भा गाउपालिकाको हुमिन देखि ताँहु सम्म साढे ५ किलोमिटर ५ करोड ५४ लाख २० हजार लागतमा कालोपत्रे गर्ने काम भइ रहेको निर्देशनालयका सुचना अधिकारी अरूण गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?