ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

बुटवल, ४ बैशाख ।

बुटवलको देवीनगरस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष फरार भएका छन् । बचतकर्ताको ठूलो रकम संकलन गरेको सहकारीका अध्यक्ष वसन्त भट्टराई र कोषाध्यक्ष आकाश भट्टराई एकाएक सम्पर्कबिहीन भएका हुन् । उनीहरु सम्पर्कबिहीन भएसँगै बचतकर्ता बिचल्लीमा परेका छन् ।

बहुउद्देश्यीय सहकारीले बजार प्रतिनिधि राखेर दैनिक लाखौँ रकम संकलन गरे पनि त्यो रकम कहाँ लगानी गरेर समस्यामा आयो भन्ने केही खुलेको छैन । अहिले सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहीन भएसँगै यसका बचतकर्ताको बिचल्ली भएको हो ।

०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएर बुटवल उपमहानगर वडा न ११ देवीनगरमा यसको कार्यालय सञ्चालन गरिएको थियो । यो सहकारी ०८१ चैत ३१ गतेदेखि कार्यालयमा सूचना टाँस गरेर एकाएक बन्द गरिएको बचतकर्ताले जनाएका छन् । सूचना टाँसिएको मितिसम्म पनि कर्मचारीले बजारमा नियमित दैनिकी उठाइरहेको भेटिएको छ ।

सहकारी दर्ता भएपछि ०७९ सालमा साधारणसभा गरिए पनि त्यसयता सम्बन्धित निकायमा सम्पर्कमा नआएर बजारबाट चार वर्षदेखि निरन्तर पैसा उठाउँदै आएकाले बचतकर्ताको कति रकम उठ्यो भन्ने कुनै विवरण नखुलेको हो ।

चैत ३१ गतेसम्म बजारबाट रकम उठाएर सोही दिन नै सूचना टाँस गरी बन्द भएपछि बचतकर्ताहरू आश्चर्यमा परेका हुन् । कार्यालयको भित्तामा टाँसिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको, अध्यक्षको खोजी जारी रहेको र पछिल्लो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान बनाउनका लागि बचतकर्ताबाट असहज परिस्थिति सृजना भएको भन्दै गत चैत ३१ गतेको मितिमा सूचना टाँसिएको छ ।

उल्टै सूचनामा बचतकर्तालाई अध्यक्षको खोजी गर्न आवश्यक पहल गर्न अपिल गरिएको छ । यो सहकारीमा तीन किसिमको बचत गर्दै आएका व्यवसायी दिलबिन्दु थापाका अनुसार ३१ गतेसम्म यसका कर्मचारीले रकम उठाइरहेपनि सोही दिन नै सूचना राखेर बन्द गरिएको हो ।

‘मेरो दैनिक ३ प्रकारको बचत थियो यो सहकारीमा, ३१ गतेसम्म त पैसा उठाउँदै हिँड्नु भएको थियो कर्मचारीहरू । नयाँ वर्षकै दिनदेखि फरार भएछ । सरकार छिटोभन्दा छिटो फरार व्यक्तिलाई कानुनको कठघरा उभ्याइ पीडितलाई न्याय दिलाइदेऊ’ उनले भनेका छन् ।

मेडिकल व्यवसाय गर्ने थापा बुटवलमा लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि जोडिएका छन् तर उनले यसरी सहकारीबाट ठगिने कल्पना पनि नगरेको बताएका छन् ।

उनीजस्तै अर्का व्यवसायी लक्ष्मण क्षेत्रीले पनि आफू सनराइज सहकारीबाट ठगिएको बताएका छन् । बुटवलका स्थापित व्यवसायी क्षेत्रीले समेत सहकारीबाट ठगिनुपरेपछि अरू सामान्य नागरिकले यसको संकेत पाउने कुरै भएन ।

सहकारीले कार्यालयमा सूचना टाँसी गरी सहकारी बन्द गरेको आन्तरिक रूपमा हल्ला भएपछि आफ्नो बचत रकम लिनका लागि कार्यालयमा आएकी बुटवल उपमहानगरपालिका वडा न ७ दीपनगरकी स्मृति पाण्डे पौडेलले छोराछोरीको स्कुलको नास्तालाई कटौती गरी दैनिक एक दुई सयका दरले जम्मा गरेको रकम लिन आउँदा सहकारी नै बन्द भएको देख्दा निकै पीडा भएको दुखेसो सुनाइन् ।

देवी नगरकी तारा विश्वकर्माले पेटभरि खाई नखाई बचत गरेको रकम आवश्यक परेकोले लिन आउँदा कार्यालय नै बन्द गरिएको र पैसा उठाउने बहिनीहरूले समेत फोन उठाउने छाडेको दुःखेसो पोखिन् ।

माथिका पीडित प्रतिनिधि उदाहरण मात्रै हुन् । सहकारीले दैनिक रूपमा बजार प्रतिनिधि खटाएर बजारबाट रकम संकलन गरे पनि अहिलेसम्म कति सदस्य बनाएको र कति रकम संकलन गरेको तथ्यांक नियामक निकाय कसैलाई जानकारी छैन ।

सहकारीको कार्यालय रहेको बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले यो सहकारीले प्रदेशमा दर्ता भएर कानुन विपरीत बचत संकलन गरेको र अहिले आफूहरू पीडित भएको वडावासीले भनेका आधारमा कार्यालयमा जाँदा कोही नभेटिएको बताए ।

‘हामीले बाहिर दर्ता भए पनि व्यवसाय दर्ताका लागि सूचित गरेका थियौँ तर उनीहरू कोही सम्पर्कमा आएनन्, नियामक निकायको पनि कमजोरी धेरै देखियो, यति लामो समयसम्म उसले कुनै रिपोर्ट पेश नगरेको कुरा रहेछ, तर केही फलो अप देखिएन, कति सदस्य बनेको, कति रकम संकलन भएको भन्ने कुरा बिहीबार प्रहरी, नगरको सहकारीका कर्मचारी गएर कार्यालयमा हेर्ने कुरा छ, त्यसपछि मात्रै अपडेट होला, अहिले त सबै अनुमानको कुरा हो तर सदस्यहरू धेरै बनाइएको कुरा छ’ उनले भने ।

उनले कुनै पनि सहकारीका सञ्चालक समितिका मान्छेहरूलाई नचिन्दै सदस्य बन्न नहुने विषय धेरै पटक भनिए पनि जथाभाबी ब्याज र ऋण पाइने लोभमा केही चिनेका करारका कर्मचारीको आधारमा गरिने बचत संकलनले समस्या पारेको बताए ।

‘जनता नै दोषी छन्, म कुन सहकारीको सदस्य बन्ने हो, त्यसको सञ्चालक को छन् भन्ने त सदस्य बन्नेहरूले सुरुमै बुझ्नुप¥यो नि, हामीले हरेक टोलमा यसबारे सूचना गरेका छौँ, अहिले सञ्चालक नै नचिनेपछि समस्या परेको छ’ उनले सुनाए । तर पीडित सदस्यहरूले सनराइज सहकारी बुटवल उपमहानगर वडा नं ११ मा दर्ता भएर शुल्क लिएको छ, दर्ता गर्ने तर कुनै अभिलेख नराख्ने स्थानीय तहका कारण पनि सहकारीको ठगी धन्दा मौलाउँदै गएको बताएका छन् ।

बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख गुनाखर खनालले नगरमा दर्ता रहेका सहकारीमा अहिलेसम्म समस्या नआएको तर अन्त दर्ता भएर यहाँ बसेका सहकारीले समस्या पारेको बताए । ‘सनराइज पनि प्रदेशमा दर्ता भएर अहिले समस्यामा परेको विषय आएको छ, हामीकहाँ दर्ता नभएपछि केही गर्न मिल्दैन, नगरले सूचना निकालेर सूचीकरणका लागि पत्राचार गरे पनि अरू केही आएका छन् तर यो नआएको अवस्था छ’ खनालले भने ।

लुम्बिनी प्रदेश सरकारका सहकारी रजिष्ट्रार मधुकृष्ण पौडेलले प्रदेश स्थापना भएपछि प्रदेशमा दर्ता भएका केही सहकारीहरूले नियत नै गलत राखेर सहकारी संस्था प्रदेशमा दर्ता हुने गरेको बताए ।

प्रदेशमा १ सय ३० वटा सहकारी प्रदेशमा दर्ता भएको र प्रदेशका १२ वटा जिल्लामा गरी प्रदेश सरकार अन्तर्गत सहकारी रजिष्ट्रारको कार्यालयले नियमन गर्ने ८ सय ४८ सहकारी रहेको तर कर्मचारी न्यून भएकाले अनुगमन र नियमन कार्य प्रभावकारी हुन नसकेको रजिष्ट्रार पौडेलले बताए ।

सनराइज सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई मोबाइल अफ गरेर सम्पर्कविहीन रहेका छन् भने सहकारीका उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले आफूहरूलाई सहकारीको बारेमा केही जानकारी नभएको केवल नातेदारले नागरिकताको फोटोकपी मागेकाले दिएकोबाहेक अन्य कुरा थाहा नभएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर बसेका छन् ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले जिल्लाभन्दा बाहिर दर्ता भएर आएका बहुउद्देश्यीय सहकारीमा रकम जम्मा नगर्न अपिल गर्दै प्रदेशमा २३ वटा सहकारीमा समस्यामा रहेको जसमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण सहकारी रहेकोमा सनराईज बहुउद्देश्यीय पनि थपिन पुगेको बताए । उनले दर्ता गर्ने कार्यालयले अनुगमनमा कडाइ गर्न आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशमा उजुरी परेर कारबाही प्रक्रिया रहेका आयाम बहुउद्देश्यीय, सुनौलो, मञ्जुश्री बहुउद्देश्यीय, सप्तदीप, स्टार, सार्थक बहुउद्देश्यीय, मार्ग दर्शन, साइन, विश्व विराट, उपकार, उपदेश, शिव शिखर र सनराइज र बचत ऋण सहकारीमा सुप्रिम र आगन्तुक सहकारी रहेका छन् । संघीय र प्रदेशमा दर्ता भएका सहकारीलाई स्थानीय निकायले नियमन गर्न नसक्ने भन्दै उम्कने गरेको छ भने संघीय र प्रदेशका सहकारीका अधिकारीहरूले कर्मचारी अभावमा नियमन गर्न नसकेको तयारी जवाफ दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?