ट्रेंडिंग:

>> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड  >> अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक >> लुम्बिनीको सामाजिक विकास मन्त्रालय बार्षिक नीति तर्जुमा गर्दै >> जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित >> चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने >> भर्चुअल भावनाले गिजोलिएको समाज >> सरकारः शिक्षकका माग सम्बोधन गर >> चार महिनामै बन्यो पक्की पुल >> प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै >> दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस् >> कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा, अरु ठाउँमा पनि पानी पर्ने सम्भावना >> गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने >> चिल्ड्रन्ज प्याराडाइस र देवदह मेडिकल कलेजबीच हस्ताक्षर >> कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता >> एनसेलले ल्यायो नयाँ प्याकहरू >> गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो >> चार हजार इसेवा ह्याक गरि एक करोड चोरी

दाङका ३५ स्थान वाढिको उच्च जोखिममा

१९ असार २०७५, मंगलवार
१९ असार २०७५, मंगलवार

दाङ लागातार रुपमा दुई दिन देखी अविरल वर्षा भएपछि जिल्लाका विभिन्न स्थानलाई जोखिमयुक्त मान्दै उच्च सतकर्ता अपनाउन आग्रह गरीएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखेको हो ।
जोखिमयुक्त स्थानमा करिब १ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान सहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए । दाङको राप्ती तटीय क्षेत्र अर्थात देउखुरी क्षेत्रको राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, तुलसीपुर क्षेत्रको दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकामा बाढीको उच्च जोखिम रहेको दाहालले बताए । लमही नगरपालिका र तुलसीपुर उप महानगरपालिकाको तीन दर्जन वडाहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा राखेर सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको उनले बताए । जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्री सहित एक÷एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएकाछन् । जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्वर १ र ३ लाई पहिरोको उच्च जोखिम क्षेत्रका रुपमा तोकिएको श्रेष्ठले बताए । “आईतवार देखी परेको वर्षापछि आउन सक्ने विपद्लाई क मगर्न उच्च र मध्यम जोखिम युक्त ठाँउ छनौट गरीएको हो” श्रेष्ठले भने ।
यता घोराही उप महानगरपालीकाको वार्ड नं १९ पनि पहिरोको जोखिमयुक्त वडामा रहेपनि त्यसलाई भने उच्च जोखीमको सुचिमा राखीएको छैन । त्यस्तै घोराहीकै वार्ड नं ४, ५, ६, ७, ८ र ९ नं वडाहरु पनि वाढिको जोखीमयुक्त मानिन्छन् । तर अत्याधिक वर्षाका समयमा सानातिना खोलाहरुमा आउने वाढिले पनि मानविय क्षति हुने गरेको छ । गतवर्ष घोराही १२मा खहरे खोलाले वगाउदा एकजनाको ज्यान गएको थियो । पहिरोको मध्यम जोखिम क्षेत्रका रूपमा बबई गाउँपालिका वडा नम्वर २ र ३, बंगलाचुली गाउँपालिका वडा नम्वर १, २ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्वर ९ रहेका छन् । दाङमा राप्ती नदीले चार वटा स्थानीय तहहरू राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरूलाई प्रभावित बनाउने जिल्ला दैविप्रकोप उद्धार समितिले उल्लेख गरेको छ । त्यसबाट एक हजार घरधुरी प्रभावित हुने तथा झन्डै १० हजार मानिस प्रभावित हुने जिल््ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।
दुई दिनदेखि अविरल रूपमा पानी परेको हुँदा सचेत रहन दाङका दशवटै स्थानीय तहहरुले सर्वसाधारणहरुसंग अनुरोध गरेकाछन् । घोराही उप महानगरपालीका भएर वग्ने बबई तथा राप्ति गाँउपालीका भएर वग्ने राप्ती नदि आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन मोवाइल मार्फत सन्देश समेत पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission