ट्रेंडिंग:

>> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे

पर्यटनको कार्यक्रम रोज्दै पालिका

२० भाद्र २०७५, बुधबार
२० भाद्र २०७५, बुधबार

स्थानीय तहको संरचना पश्चात करको दर बढाएको आलोचना भैरहेको समयमा कतिपय स्थानीय तहहरू पर्यटक तान्ने होडमा लागेका छन् । पालिकाहरूमा ओझेलमा रहेको पर्यटकिय स्थलको सम्बद्र्धन गरी ती क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउनको लागि स्थानीय तहहरू लागेका हुन् ।  कतिपय स्थानीय तहहरूले आफ्नो क्षेत्रमा रहेका पर्यटक लोभ्याउने स्थानको सम्बद्र्धनको योजना अगाडी बढाएका छन् भने कतिपयले नयाँ संरचना नै खडा गरेर आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्ने सोँचमा लागेका छन् ।
रूपन्देहीको देवदह नगरपालिकाले पर्यटनलाई नै मुख्य नारा बनाएको छ । नगर प्रमुख हिरा बहादुर खत्रीका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रमको लक्ष्य “पर्यटन कृषि र पूर्वाधार समृद्ध देवदहको मूल आधार” तय गरिएको छ । केही लगानीमा नै पर्यटकहरू लोभ्याउन सकेमा राम्रो आम्दानीको स्रोत बनाउन सकिने गरी नगरपालिकाले विभिन्न योजना अगाडि बढाएको छ । नगरपालिकालाई पर्यटकीय क्षेत्रको हवका रूपमा विकास गर्ने उद्देश्यका साथ गत आर्थिक बर्षदेखि नै नगरपालिकाको वडा नम्बर –७ सितलनगरमा बहुउद्देश्यीय भवन “कोशेली घर” निर्माण कार्य सुरु गरिएको छ । यस्तै देवदह नगरपालिकाले देवदह नगरपालिकाको वडा नं. ४ भवानीपुरमा ‘द गोल्डेन टेम्पल अफ लिभिङ्ग बुद्ध’ निर्माणधिन अवस्थामा रहेको छ । निर्माण सम्पन्न पश्चात नगरपालिकाले शान्तिका अग्रदूत महामानव गौतम बुद्धसँग सम्बन्धित र ऐतिहासिक, पर्यटकीय क्षेत्रको जानकारी प्रदान गर्न सूचना केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको छ ।
नगरप्रमुख हिराबहादुर खत्री भन्छन्–‘देवदहलाई प्राचिन कोलिय राजधानी तथा बुद्धको मावली स्थलको रूपमा रहेको यथार्थलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचय गराउन हामी लागिरहेका छौं ।’ यस्तै देवदहले घरबास (होमस्टे) को समेत अवधारणा अगाडि बढाएको छ ।
टाँडी, वडा नं.३ को शिशुपुर र वडा नं. १० को मुढावासमा होमस्टेको संभाव्यता अध्ययन र तालिम कार्य सम्पन्न गरी तीनै स्थानमा होमस्टे संचालन गर्न “स्थानीय होमस्टे संचालन समिति” गठन गरि होमस्टेको कार्य चालु आ.व.मा अगाडि बढाइएको छ ।
नगरपालिकाको पुरातत्व एवं धार्मिक महत्व रहेका भवानीपुर, खयरडाँडाँ, वैरीमाई र कन्यामाई मध्ये कन्यामाईमा लुम्बिनी विकास कोषको सहयोगमा पुरातात्विक वस्तुहरूको उत्खनन कार्य सम्पन्न गरेको छ भने वडा नं. ९ मा रहेको पुरातात्वीक महत्वको मंगल पुस्कारिणी दह नगरपालिका र लुम्बिनी विकास कोषको सहयोगमा संरक्षण एवम् स्तरोन्नति कार्य भैरहेको छ । धार्मिक महŒवको पाकरी वृक्षको संरक्षण र संवद्र्धन कार्य अन्तर्गत चालु आ.व.मा तारवार लगाउनुका साथै पाकरी वृक्ष जाने बाटो स्तरोन्नती गरी सोलार बत्ति समेत जडान गर्ने कार्यक्रम अगाडी बढाएको छ, जसबाट आन्तरिक र वाह्य पर्यटक लोभ्याउनको लागि बाटो खुलेको नगर प्रमुख खत्रीको भनाई छ ।
यस्तै रूपन्देहीकै अर्को पालिका सैनामैना नगरपालिकाले पनि पर्यटक लोभ्याउनको लागि विशेष योजना अगाडी बढाएको छ । नगर प्रमुख चित्र बहादुर कार्कीका अनुसार बुद्धकालिन विभिन्न अवशेषहरू सैनामैनामा पनि भेटिएकोले यसको प्रमाणीकरण गरी थप योजना अगाडी बढाउने तयारीमा नगरपालिका रहेको छ । “सुखी सैनामैनाबासी समृद्ध सैनामैना नगरपालिका” नारा लिएको नगरले शहरी विकास मन्त्रालय संगको सहकार्यमा ५० लाखको लागत मा नगरपालिकाको नगर गुरुयोजना तर्जुमा गरी नगरको अल्पकालिन, मध्यमकालिन तथा दिर्घकालिन लक्ष्यहरू निर्धारण गर्ने कार्य अगाडि बढाउँदै छ ।
सँस्कृति तथा पर्यटन क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्न ५३ लाख रूपैयाँ विनियोजना गरेको नगरपालिकाले ऐतिहासिक, सास्कृतिक, धार्मिक सम्पदाहरूको संरक्षण गरी पर्यटन प्रवद्र्धन गरिने लक्ष्य लिएको छ ।
नगरप्रमुख चित्र बहादुर कार्की भन्छन्–‘इतिहासविद, संस्कृतिविद तथा पर्यटनविद सहितको गठित कार्यदलको समन्वयमा सैनामैना क्षेत्र र सो संग सम्बन्धित सर्किटहरूको अध्ययन र अनुसन्धान गर्ने कार्य नगरपालिकाले अगाडी बढाएको छ ।’
यस्तै पर्यटक आकर्षण गर्नको लागि धार्मिक तथा पर्यटकिय हिसावले महŒवपूर्ण मलमला, रानीकुवा, ठुलोकुवा, बोलवमधाम, महेरवा जस्ता क्षेत्रहरूको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखि चालु आर्थिक बर्षमा बजेट समेत विनियोजना गरिएको छ ।
रमणीय चुरेका काखमा हरित सडक, उच्च गुणस्तरीय होटल तथा रिसोर्ट निर्माणको लागि नीजि लगानीकर्ताहरूलाई प्रोत्साहन, आदिवासीको रूपमा बसोबास गर्दै आएका थारु समुदायको संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न थारु संग्राहालय निर्माणको सम्भाव्यता अध्ययन, सैनामैना २ मा थारु होम स्टेको लगायतको कुराहरू बजेटमा परेका छन् । यस्तै सोही स्थानमा पाहुना घर निर्माण गर्न चाहने थारु समुदाय तथा अन्य समुदायका परिवारलाई अतिथि गृह बनाउन प्रोत्साहित गर्न अनुदानको व्यवस्था समेत बजेटमा नगरपालिकलो गरेको छ । बोलबल धाम र मलमला क्षेत्र विकासको लागि समेत नगरले बजेटमा केही व्यवस्था गरेको छ भने ऐतिहासिक भड्छा मेलाको आयोजना, संचालन र प्रवद्र्धन, आदिवासी जनजाती महोत्सव, माघी मेला लगायतलाई समेत नगरपालिकाले बजेट विनियोजन गरी अगाडी बढाएको छ ।
रूपन्देहीको गैडहवा गाँउपालिकाले आफ्नो बजेटमा ‘कृषि, शिक्षा स्वास्थ्य रोजगार र व्यापार पर्यटन सहितको पूर्वाधार गैडहवा विकासको आधार’ नारा तय गरेको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटका अनुसार गैडहवा ताल क्षेत्रको अलवा गाउँपालिकामा रहेका तुल्सीहवा ताल, शहिद पार्क, रामजानकी मन्दिर, सन्तेश्वर घाट, जोगेडेश्वर महादेव लगायत बाल उद्यानलाई पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिका अध्यक्ष केवट भन्छन्–‘विश्वमै नरहेको गौतम बुद्धकी पत्नी यशोधराको मन्दिर, पार्क निर्माणको लागि हामी कार्य अगाडी बढाएका छौं ।’ जसबाट लुम्बिनीमा आउने पर्यटकहरूलाई उक्त मन्दिर अवलोकनको लागि समेत ल्याउन सकिने गरी योजना अगाडी बढाइएको अध्यक्ष केवटको भनाई रहेको छ । जसको लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । जसको लागि ५ जनाले ५ विघा जग्गा समेत निःशुल्क रूपमा प्रदान गरेका छन् । महयज्ञ समेत लगाएर गाउँपालिकाले २० लाख रूपैयाँ आम्दानी गरेको छ । जुन मन्दिर निर्माणको लागि खर्च गरिने छ । यस्तै गाउँपालिकालाई नै पर्यटकिय गन्तव्य स्थलको रूपमा घोषणा गरी विभिन्न कार्य अगाडि बढाउने उनको भनाइ रहेको छ । photo:google 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%