ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
१३ औँ वार्षिकोत्सव विशेष

पर्यटक प्रहरीः सहयोगी बन्नै सकस

१३ माघ २०८१, आइतबार
१३ माघ २०८१, आइतबार

विश्वमा बौद्ध धर्माबलम्बीहरूको लागि परिचित स्थान हो लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध मात्रै नभएर हिन्दुसहित अन्य धर्माबलम्बीहरूको पनि साझा थलोको रूपमा विकास भएको पाईन्छ । रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ मा रहेको लुम्बिनीमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षाका लागि ‘पर्यटक प्रहरी’ राखिएको छ । देशमा मात्रै होईन विदेशमा समेत छुट्टै पहिचान स्थापना गरेको यो धार्मिक स्थलमा भने हाल ८ जना प्रहरीले बर्षौं देखि काम गर्दै आएका छन् ।

बर्षमा लाखौंको संख्यामा लुम्बिनी आउने पर्यटकहरूको लागि जम्मा ८ जना पर्यटक प्रहरीले धान्दै आएका छन् । यो प्राप्त संख्या होईन् । बुद्ध जन्मस्थल लुम्बिनी मात्रै होईन, बौद्ध स्थलहरू कपिलवस्तुको तिलौराकोट, रूपन्देहीको देवदह, नवलपरासीको रामग्राम क्षेत्रमा समेत प्रत्येक बर्ष ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यसको अलावा लुम्बिनी प्रदेशका अन्य पर्यटकीय गन्तव्य बाँके, बर्दियामा समेत पर्यटन प्रहरी आवश्यक देखिन्छ ।
“पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी” नारा सहित स्थापना भएको पर्यटक प्रहरीबाट नेपालमा पर्यटकहरूलाई सुरक्षित र रमाइलो बसाइँ सुनिश्चित गर्नेरहेको छ । यी प्रहरीबाट पर्यटकहरू विरुद्ध हुने उत्पीडन, दुव्र्यवहार र आपराधिक गतिविधिहरू रोकिने उद्देश्य राखिएको छ । पर्यटक प्रहरी नेपालले पर्यटकहरूलाई पर्यटन मुद्दाहरूमा सुरक्षा सल्लाह र सहयोग गर्ने सहित नेपालमा रमाइलो घुमफिर अविस्मरणीय बसाइँ सुनिश्चित गर्दछ । पर्यटक प्रहरी पर्यटकका साथी समेत मान्ने गरिन्छ ।

नेपालमा रहेका बखत पर्यटकहरूका हराएको सामान र कागजातहरू पुनःप्राप्तिमा सहयोग गर्न गुनासो दर्ता गर्ने, प्रारम्भिक अनुसन्धान गर्ने र तत्काल कारबाही सिफारिस गर्ने र हराएको कागजातहरूको अवस्थामा प्रहरी रिपोर्ट प्रदान गर्ने, पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्ने पर्यटन प्रहरीको जिम्मेवारी रहेको छ । घुम्न आएका पर्यटकहरूलाई आईपर्ने समस्या जस्तै गम्भीर रोग, मानसिक समस्या, प्राकृतिक प्रकोपको शिकार हुने आदि जस्ता विभिन्न समस्यामा पर्दा सम्बन्धित दूतावास, वाणिज्य दूतावास, सरोकारवालाहरू र परिवारका सदस्यहरूसँग समन्वय गर्ने काम समेत पर्यटन प्रहरीको जिम्मेवारीमा पर्दछ ।

पालभित्र पर्यटकहरूले गर्ने सुरक्षा उपायहरू, पर्यटकहरू विरुद्धको अपराध र सम्भावित अपराधहरूको बारेमा थप जानकारी दिन पर्यटकीय केन्द्रहरूमा ‘मोबाइल जनचेतना कार्यक्रम’ सञ्चालन गर्ने, पर्यटकहरूको सुरक्षा र सुरक्षा बढाउन सबै पर्यटन सम्बन्धित निकायहरूसँग विभिन्न अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने, पर्यटकहरूको उत्पीडन, दुव्र्यवहार र शोषण रोक्न पर्यटकीय गन्तव्यहरूमा गस्ती र नियमित निगरानी राख्ने र पर्यटक प्रहरी कर्मचारीहरूको विभिन्न विदेशी भाषा सीपलाई सुदृढ पार्न विभिन्न दूतावासहरूसँगको सहकार्यमा तालिम कार्यक्रमहरू आयोजना गर्ने समेत उद्देश्य पर्यटन प्रहरीको रहेको छ ।

सडकमार्ग प्रयोग गरेर नेपाल आउने पर्यटकहरूले बिभिन्न बहानामा सीमानाकामा विभिन्न खालका झन्झटहरू झेल्दै आउने गरेका छन । समस्यालाई सहजीकरण गर्न खटीएका प्रहरीको संख्या न्युन हुँदा पर्यटकहरूले समेत दुख पाउने गरेका छन । विशेष गरेर भारत सहितका देशबाट पैदल मार्ग सवारी साधनमार्फत नेपाल भित्रीने पर्यटकको संख्या अधिक छ । तर ती पैदल मार्ग हुँदै आउने बिभिन्न देशका पर्यटकलाई सीमा क्षेत्रमा समस्या आउने गरेका पाईन्छ ।
जिम्मेवारी धेरै, दरबन्दी कमः
रूपन्देहीको सीमा क्षेत्र बेलहिया नाकामा हाल ९ जनामात्रै पर्यटक प्रहरी दरबन्दी रहेको छ । देशकै दोस्रो ठूलो नाकाको रूपमा रहेको बेलहिया नाकामा जम्मा ९ जना पर्यटक प्रहरीले काम चलाउँदै आएका हुन । पर्यटन प्रहरी संख्या कम हुँदा बेलाबखतमा पर्यटकहरूको गुनासो आउने गरेको छ । लुम्बिनीमा प्रहरी नायब निरीक्षकको दरबन्दी रहेकोमा प्रहरी सहायक निरिक्षक कमाण्डमा ८ जना मात्र कार्यरत रहेको पाईन्छ । दरबन्दी रहेका प्रहरी नआएको २ बर्ष बितिसकेको छ । १० जना दरबन्दी भएपनी अहिले ८ जनामात्र कार्यरत रहेका छन् । लुम्बिनीमा पर्यटकको चाप बढ्दा भने धेरै समय खटिनुपर्ने सोंचेजस्तो सेवाप्रवाह दिन नसकेको र राज्यको बलियो उपस्थिति देखाउनुपर्नेमा संख्या कमी रहेको स्वयं पर्यटक प्रहरी नै बताउँछन् ।
पर्यटकहरूको मुख्य ठाउँ बैलहिया अध्यागमन कार्यालयमा लाग्ने लामो लाईन र राजश्व शाखामा हुने ढिला सुस्तीका कारण पर्यटकहरू रुष्ट हुने गरेका छन । नेपाल प्रवेशको पहिलो भेटमा हुने सेवा सत्कार र ब्यवहारले पर्यटकहरूलाई देसको अवस्थाबारे चित्रण गर्ने भएकाले सीमा क्षेत्र बेलहिया र लुम्बिनीमा खटीने प्रहरीहरूलाई चुष्त दुरुष्त बनाउनु जरुरी देखिन्छ ।
कहाँकहाँ छन् पर्यटक प्रहरी ?
१. पर्यटक प्रहरी भृकुटीमण्डप (मुख्य कार्यालय)
२. पर्यटक प्रहरी ठमेल
३. पर्यटक प्रहरी बसन्तपुर
४. पर्यटक प्रहरी पशुपति
५. पर्यटक प्रहरी स्वयम्भू
६. पर्यटक प्रहरी विमानस्थल
७. पर्यटक प्रहरी बौद्ध
८. पर्यटक प्रहरी मंगलबजार, पाटन
९. पर्यटक प्रहरी भक्तपुर
१०. पर्यटक प्रहरी नगरकोट
११. पर्यटक प्रहरी काँकडभिट्टा झापा
१२. पर्यटक प्रहरी लुक्ला सोलुखुम्बु
१३. पर्यटक प्रहरी जानकीमन्दिर धनुषा
१४. पर्यटक प्रहरी वीरगन्जपर्सा
१५. पर्यटक प्रहरी सौराहा, चितवन
१६. पर्यटक प्रहरी पटिहानी, चितवन
१७. पर्यटक प्रहरी स्याफ्रुबेसी रसुवा
१८. पर्यटक प्रहरी पोखरा, कास्की
१९. पर्यटक प्रहरी धम्पुस कास्की
२०. पर्यटक प्रहरी घान्द्रुक कास्की
२१. पर्यटक प्रहरी बिरेठान्ती कास्की
२२. पर्यटक प्रहरी चामे मनाङ
२३. पर्यटक प्रहरी बेलहियानाका रूपन्देही ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?