© २०२३
भैरहवा,१३ माघ ।
नेपालमा स्थल मार्गबाट सबैभन्दा बढी विदेशी पर्यटक आउने रूपन्देहीको बेलहिया नाका हो । जुन कार्यालयको कर्मचारी र व्यवस्थापनको हेलचेक्रयाइँले नेपाल आउने विदेशी पर्यटकले कष्ट भोगिरहेका छन् । पर्यटकहरू सेवा लिन लामो समयसम्म लाइनमा बस्दै नेपालप्रति नमिठो छाप बोकी फर्किन्छन् ।
लुम्बिनीप्रति आस्था राख्ने बौद्धिस्ट पर्यटकहरूप्रति बढी संवेदनशिल हुनुपर्ने पर्यटन ब्यवसायी आशा गुरुङ बताउँछन् । गुरुङहरूले घाम अस्ताएपछि प्रायः खानाखानु हुन्न । अध्यागमन कार्यालयमा दिउँसो आएका गुरुहरू कर्मचारी कम हुँदा पर्यटक लाइन लाग्दालाग्दा राती ९ बजेदेखि ११ बजेसम्म ढिलाइ हुने गरेको आशाले गुनासो गरे । ढिलाईका कारण गाडी फर्किएको समेत तीतो अनुभव गुरुङसँग छ । अन्तर्राष्ट्रिय बुद्ध सर्किटको अन्तीम गन्तब्य भन्दै लुम्बिनी आउने पर्यटक एकपटक बुद्धजन्मस्थल लुम्बिनी पाइला राख्न आउने तर पर्यटन क्षेत्रमा काम गर्न सरकार उदासीन हुँदा पर्यटन क्षेत्रले धेरै फड्को मार्न नसकेको आशा बताउँछन् ।
एक कार्यक्रममा संघीय पर्यटन मन्त्री बद्री पाण्डे अध्यागमन कार्यालय बेलहियाको नयाँ भवनको अनुगमनमा आउँदा कर्मचारीको अभाव भएको व्यवसायीले गुनासो गरेका थिए । उनले अध्यागमन कार्यालयको विषय गृहमन्त्रालयको भएको समेत भन्न भ्याए । मन्त्री पाण्डेले केही समस्याहरूको समाधान गर्ने आश्वासन दिए पनि ती समस्या अझै ज्यूँ का त्यूँ छन् ।
हाल अध्यागमन कार्यालय बेलहियामा जम्मा ११ जना कर्मचारी कार्यरत रहेका छन् । कार्यालयको काउन्टरमा ५ जनाले २४ घण्टा नै समय बाँडफाँड गरेर काम गर्नुपर्ने बाध्यता रहेको छ । ४ वटा काउन्टरमा कर्मचारी सिफ्ट अनुसार काम गर्नुपर्छ । प्रायः १ जना २ जनाको भरमा काम गर्न अध्यागमन कार्यालयलाई बाध्यता छ । पर्यटक जति बेलापनि आउन सक्छन् । ८÷८ घण्टा सिफ्ट गर्दा पनि काउन्टरमा बस्ने १२ जना हुनपर्यो तर यहाँ ५ जनाले चलाउनुपर्ने बाध्यता छ । अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठले भने ।
अध्यागमन कार्यालय ३ सय ६५ दिन, २४ घण्टा खोल्ने कार्यालय हो । यहाँ जतिबेला पनि पर्यटक आउन सक्छन् । पर्यटकलाई भिसा दिनेजस्ता कागजी काम पुरा गर्नुपर्ने दायीत्व कर्मचारीको छ । नेपालमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया नाका हो । त्यसैगरी देशभर सबैभन्दा बढी पर्यटक आउने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पछि यहि नाकाबाट बढी पर्यटक आउने अध्यागमन कार्यालयको तथ्याङ्क रहेको छ ।
अध्यागमन कार्यालय बेलहियाको तथ्याङ्कमा सन् २०१८ मा जम्मा १ लाख ६६ हजार २ सय ३५ जना आएका छन् । ंत्यसै गरी २०१९ मा १ लाख ६१ हजार ६ सय ९१ पर्यटक आएका छन् । २०२० माविश्वमहामारी कोरोनाका कारण पर्यटक घट्दै गएका छन् । जम्मा ४३ हजार ३ सय ६७ जना आएका छन् भने, २०२१ म ८ सय १२ जना आएका छन् ।
सैगरी कोरोनाको बढ्दो विश्वब्यापी प्रभावको कमीमा काबण २०२२ मा २० हजार २ सय २० जना पर्यटक आएर केही पर्यटक बढ्न थालेका छन् । २०२३ मा ८१ हजार ५ सय ५१ जना बिदेशी पर्यटक आएका छन् । त्यसैगरी २०२४ मा ९२ हजार ६ सय ४४ जना पर्यटक नेपाल आएका छन् ।
अध्यागमन कार्यालयका अनुसार सन् २०२४ मा सबैभन्दा बढी पर्यटक आउने ५ देशको सूची हेर्दा यो वर्षमा सबैभन्दा बढी श्रीलङ्काबाट २६ हजार ५ सय ७७ जना पर्यटक आएका छन् । त्यसैगरी थाइल्याण्डबाट २१ हजार ३ सय ९७ जना पर्यटक, म्यानमारबाट ११ हजार ४ सय २२ जना, भियतनामबाट ७ हजार ४ सय ८४ जना, दक्षिण कोरीयाबाट ३ हजार ८ सय ४ जना पर्यटक आएका छन् ।
रूपन्देही जिल्लाको अध्यागमन कार्यालय बेलहियाबाट भारत हुँदै स्थलमार्गबाट २०२४ जनवरी देखि डिसेम्बरसम्म १ सय २० भन्दा बढी देशबाट जम्मा ९२ हजार ६ सय ४४ जना पर्यटक आएको तथ्याङ्क रहेको छ ।
पर्यटकको चाप हेर्दा ४ जना कर्मचारीले २४ घण्टा चलाउन गाह्रो भएको सुचना अधिकारी पुकार श्रेष्ठको भनाइ छ । श्रेष्ठ गुनासो गर्छन्, हाम्रो कार्यालय चलाउनुपर्ने बाध्यता हो अझै १ जना बिदामा हुनुहुन्छ । अन्य सरकारी कार्यालयमा कार्यालय समय भन्दा बढी काम गर्दा अतिरिक्त शुल्क, भत्ता हुन्छ तर यहाँका कर्मचारी ४ जनाले समय बिभाजन गरी २४ घण्टा कार्यालयमा पर्यटकका सबै प्रक्रिया पुरा गरी भिसा दिनुपर्छ ।