ट्रेंडिंग:

>> सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर >> पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनुपयुक्तः ज्ञवाली >> पक्लिहवा मा.वि.मा नवनिर्मित तीन कोठे भवनको समुद्घाटन >> अस्थिर नीति नबदलिएको थिति >> तिनाउ गाउँपालिकामा छैठो राष्ट्रपति रनिङ्ग सिल्ड सुरु >> शिक्षामा डिजिटल रुपान्तरणको अभियान ‘बुटवल कन्फ्रेन्स’ हुँदै >> कपडा धुन खोलामा गएका युवकको डुबेर मृत्यु >> एपीएफ क्लबले जित्यो एन्फा महिला लिगको उपाधि, पुलिसलाई ४-० गोलले हरायो >> भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा >>  परराष्ट्रमन्त्री डा. राणाको भारतीय सचिवसँग छलफल >> प्रहरीमा अब ३० वर्षे सेवा अवधि नरहने, के-के छन् विधेयकमा? >> अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक >> शहिद दिवसमा स्वर्गिय प्रचण्ड थैवको मूर्ति अनावरण >> इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के >> गुरुङहरुको माङी पर्व सम्पन्न >> फुलिकामा अध्यक्षसँग विद्यार्थी कार्यक्रम, १ हजार ५ सय विद्यार्थीलाई स्विटर >> नाडा लुम्बिनीको सप्ताहब्यापी अन्तरगत निशुल्क आखा शिविर सम्पन्न >> लोकतन्त्रका अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर >> अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका भुवन कार्की पक्राउ >> स्टन्टबाजीले देश चल्दैन, सबैको इमान्दार प्रयास जरूरी छ : प्रधानमन्त्री >> राजस्व चुहावट कसुरमा इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध मुद्दा दायर >> कुम्भ मेलामा भागदौडका कारण कम्तीमा १५ जनाको मृत्यु >> सुनको भाउ एकैदिनमा तोलामा एक हजार चार सय रुपैयाँले वृद्धि >> सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने >> सहिद गेटमा सभापति कपको ट्रफी अनावरण >> जेसिज बुटवल र लेडी जेसिजको संयुक्त आयोजनामा सहिदको शालिकमा माल्यार्पण >> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार
भैरहवा, १० माघ ।
७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस–२०८१ को अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही र नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीले बिहीबार एक कार्यक्रमकाबीच स्वीटर वितरण गरेका हुन् । सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–१ बेनीपुरस्थित मदरसा ईस्लामिया का.अ.सु. फैजुल ओ.मा अध्ययनरत १८२ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले बताए ।
कार्यक्रममा  सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले मनबाटै सहयोग गर्ने भावना जागृत भइ आयोजना गरिने यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए । ‘समयसमयमा विद्यालयहरुलाई सहयोग गर्नुपर्छ, नगरप्रमुख खाँले भने–‘यसले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई केही न केही भए पनि सहयोग पुग्छ ।’
त्यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यालय नजिकै सीमा क्षेत्रमा रहेको विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको बताए । उनले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरको सहकार्यमा कार्यक्रम गरिएको बताए ।
रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानले आफू विगत ८ वर्षदेखि मदरसा व्यवस्थापन समितिको अध्यक्ष समेत रहेको र यो मदरसामा पहिलोपटक भन्सार कार्यालयबाट सहयोग प्राप्त भएको बताए । ‘यस्तो कार्यक्रम यो मदरसामा पहिलोपटक भन्सार कार्यालयले गरेको छ, खुसी लागेको छ’उनले भने–‘यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?