© २०२३
भैरहवा, ९ माघ
रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले परिवार र अधिवक्ताको जमानीमा छाडेको छ ।
बुधबार बयान सकिए पनि बहस हुन नपाएपछि परिवार र अधिवक्ताको जमानीमा रहने गरी न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।
रूपन्देही जिल्ला अदालतका ५ नं. न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा परेको थियो । न्यायाधीश २२ वटा प्रश्न सोधेका थिए ।
बुधबार बयान सकिए पनि बिहीवार पुनः सवाल जबाफ सकिएपछि थुनछेक बहस हुने छ । जिम्मा जमानीमा बिहीबार १०ः३० बजे हाजिर हुने गरी कानुन ब्यवसायीको जिम्मामा छाडिएको र थुनछेक बहस बिहीबारदेखि हुने जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।