ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
टुडेवार्ता

समृद्ध दाङको सपना पुरा गर्न मेरो उम्मेदवारी

२५ कार्तिक २०७९, शुक्रबार
२५ कार्तिक २०७९, शुक्रबार

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ हुँदैछ । राजनीतिक दलका उम्मेदवारहरु अहिले मतदाताको घरघरमा पुगिरहेका छन् । दाङका तीनवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वली संग गरिएको कुराकानी ।

तपाईंले सांसद भएर पछिल्लो पाँच वर्षमा के गर्नुभयो, जसका कारण दोहोरिन चाहनुहुन्छ ?
–२०७४ सालमा मलाई नेकपा एमालेको तर्फबाट राष्ट्रियसभाको सभाषद भएपछि पश्चिम दाङका जनताका आवाजलाई जोडदार रुपमा बोलेकी छु । यस क्षेत्रका पुल, बाटो, खानेपानी, सिंचाई, विमानस्थल,स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको थिए । विकास निर्माण गर्नका लागि बहुमतको सरकार आबश्यक पर्दोरहेछ । त्यो बेलामा आवाज उठाएका काम पुरा गर्न यसपालीको निर्वाचनमा मेरो उम्मेदवारी हो । दाङको माटोमा जन्मिएर आजसम्म मैले देख्ने गरेको सपना (समृद्ध दाङ) लाई पुरा गर्नु छ । यस क्षेत्रका जनताको भावना, चाहाना अनुसार मैले काम गर्नेछु । यही क्षेत्रमा जन्मे हुर्केको दङाली चेली भएको नाताले पनि मलाई यस क्षेत्रका जनताले जिताउनुहुनेछ ।

के एजेण्डा लिएर मतदाता कहाँ पुग्दै हुनुहुन्छ ?
–दिगो विकास र समृद्धिको लागि सूर्यमा मतदान भन्ने मुख्य उद्धेश्य पुरा गर्न म प्रतिवद्ध छु । विकास निर्माणका योजना अघि सारेर म अगाडि बढेको छु । यस क्षेत्रका सडक पूर्वाधार, खानेपानी, सिंचाई,े विमानस्थल, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु । युवा, प्रविधि तथा रोजगारलाई पनि प्राथमिकतामा राखेको छु । यी बिबिध योजनाहरु र एजेण्डा लिएर म जनतासामु पुग्ने गरेको छु ।

मैले अगाडि सारेका कामहरु केही तत्काल सम्पन्न गर्न सम्भव छन् भने केही कामका लागि दीर्घकालीन नीति तथा नियमको आबश्यकता पर्छ । पश्चिम दाङका जनताले मलाई निर्वाचित गराएर क्षेत्र नम्वर ३ को स्वरुप बदल्न सहयोग गर्नुहुन्छ भन्नेमा विस्वास लिएकोछु ।

चुनावमा तपाईलाई जनताले जिताउनुपर्छ किन ?
–हाम्रो पार्टीको सरकार हुँदा यस क्षेत्रको विकासका लागि धेरै काम गरेका छौं । इमानदारपूर्वक विकास निर्माणको काम गर्ने नै हो भने यस क्षेत्रका जनताले मलाई नै जिताउनुपर्छ । यस क्षेत्रलाई नमूना क्षेत्र बनाउने मेरो चाहाना छ । यसक्षेत्रमा रहेका खोला तथा नदीमा हामीले झोलुंगे पुल निर्माण गरेका छौं । स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया शुरु भएको छ । संघीय सरकार र प्रदेश सरकार मार्फत यस क्षेत्रको विकासका लागि धेरै योजना अघि बढेको सम्पूर्ण मतदातालाई जानकारी नै छ । ती बाँकी रहेका काम पूरा गर्न मलाई जिताउनु पर्छ ।
वर्तमान सरकारले राम्रो काम गरेकै छैन । हामी जनताको सल्लाह सुझावका आधारमा जनताका कुरालाई ध्यानमा राखेर काम गर्छौं त्यसैले जनताले मलाई जिताउनु पर्छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?