ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

सांस्कृतिक विविधताको पर्व माघी

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

आज माघ १ गते । नेपालको तराईमा क्षेत्रमा माघीको रौनक सुरु भएको छ । माघी खासगरी थारु समुदायको सवैभन्दा महत्वपूर्ण पर्वको रूपमा लिने गरिन्छ । माघीमा गाउँका मुख्य व्यक्ति छान्ने, गाउँमा हुने विभिन्न कामको बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समिक्षा र नयाँ नीति नियम बनाउने आदि काम पनि थारु जातीले यसैबेला गर्ने गर्छन । वर्षभरिको हिसाबकिताब मिलाउने दिन पनि भएकाले थारु समुदायको आर्थिक वर्ष आरम्भका रूपमा पनि यो पर्वलाई लिने गरिएको छ । माघीको रौनकले अहिले थारु बस्तीमा छुट्टै रौनक छ । पछिल्लोसमय थारु समुदायसंगै गुरुङ, मगर समुदायले पनि माघीलाई उत्सवकै रूपमा मनाउन थालेका छन । माघे सक्रान्तिमा ब्राम्हण समुदायमा हरेक बर्ष नेपालका बिभिन्न धार्मिक क्षेत्र जस्तै रिँडी, त्रिवेणी, देबघाट, राम्दी जस्ता तीर्थस्थलहरूमा स्नान गर्ने प्रचलन छ । कतिपय तिर्थस्थलहरूमा त सक्रान्तिको दिनमा मात्र नभएर पाँच दिनसम्म मेला लाग्ने गरेको छ । यसरी माघी आ–आफ्नो रीति, परम्परा र संस्कृति अनुसार विभिन्न स्थानमा विभिन्न धर्म समुदायले फरक तरिकाले मनाउँदै आएका छन् । तसर्थ माघ १ गतेलाई सांस्कृतिक विविधताको रूपमा लिन सकिन्छ । माघ १ गते खिचडी खाने परम्परा समेत छ । अहिले नेपालका धेरै परम्परा लोप हुँदै गएका छन । आधुनिकतामा नाममा परम्परा मास्ने प्रवृत्ति बढ्दै जाँदा माघीको ऐतिहासिक महत्वलाई जोगाउनेतर्फ प्रयास गर्नु जरुरी छ ।
माघीको अवसरमा थारु कल्याणकारी सभाले विगतमा जस्तै यो बर्षपनि विभिन्न कार्यक्रम गरेर माघी महोत्सव मनाउँदै आएको छ । कहिँ महोत्सव सम्पन्न भैसकेको छ भने कतै भने माघ १ गतेदेखि तीन दिन वा पाँच दिन विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । माघी महोत्सव थारु समुदायको लोप हुँदै गएको संस्कृति बचाउने अवसर पनि हो । माघीकै अवसरमा थारु समुदायको लोप हुँदै गरेका नाच संरक्षण गर्ने प्रचलन छ । त्यसैगरी थारु समुदायको खानपान पनि ऐतिहासिक महत्वको छ । ती पनि लोप हुँदै गएको अवस्थामा माघीले खानपान र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको छ । माघे सक्रान्तीको दिन बिहानै थारु समुदायका बच्चादेखि वृद्धसम्मले नदी तलाउ नजिकै भए त्यहीँं गएर नत्र घरमै नुहाउने चलन रहेको छ र यसो गर्दा पाप पखालिन्छ भन्ने जनविश्वास रहेको छ । कतै कतै अघिल्लो दिन चोकमा धुनी बाल्ने, रातभर भेला भएर जाग्राम बस्ने र बिहान भएपछि नुहाउन जाने गरिन्छ । नुहाएर आइसकेपछि चामलको सेतो टिका लगाएर चामल, नुन, दाल र दक्षिणाको मिश्राउ छुटयाउने चलन छ । छुटयाएको मिश्राउ सोही दिन वा भोलीपल्ट आफ्ना दिदीबैनी या चेलिवेटीलाई दिने गरिन्छ । मिश्राउलाई कतैकतै निसराउ पनि भनिन्छ । यसरी रमाइलो गरेर थारु जातीले माघी पर्व मनाउने गर्दछन् । तर यो परम्परा अहिले धेरै थारु गाउँमा देख्न पाईदैन् । यो लोप हुँदै गएको छ । माघे सक्रान्तिका दिनबाट सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै मकर सक्रान्ती भनिएको हो भन्ने भनाई रहँदैआएको छ । सोही दिनदेखि सुर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने हँुदा दिन लम्बिँदै जाने र रात छोटिँदै जाने धार्मिक विश्वास एवं बैज्ञानिक आधार छ । माघे सक्रान्तीका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, सखरखण्ड, आदी खाने चलन रहेको छ । पछिल्लोसमय माघीको रौनक पहिलेजस्तो छैन । थारु समुदायमा जुन रौनक आउनुपथ्र्यो त्यो क्रमशः घट्दै गएको छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । कुनैपनि जातजातिको संस्कृति संरक्षण गर्ने पहिलो दायित्व त्यही समूहको हुन जान्छ । त्यसकारण थारु समुदायका अगुवाहरू नै यस विषयमा गंभीर हुनु जरुरी छ । नेपाललाई चार जात छत्तिस वर्णको फूलवारी भनेजस्तै यहाँ रहेका मौलिक परम्पराको संरक्षणका लागि पनि ती जातजातिकै ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?