ट्रेंडिंग:

>> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने >> राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर) >> धूमः४ मा रणवीर कपूर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने >> वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरहेको ‘गुलाबी रंग’ >> राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारको सम्झना गरिने >> गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको विरोध, मताधिकार माग >> संक्रमणमा थारु र माघी सन्दर्भ >> माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुइँचो >> यस वर्षको एसईई चैत ७ गतेदेखि (परीक्षा तालिकासहित) >> आज राष्ट्रिय योग दिवस : नियमित योगाभ्यासले शरीरमा ऊर्जाको सञ्चार र स्फूर्ति बढाउने >> उत्कृष्ठ कार्य गर्ने क्लबलाई अवार्डसहित सम्मान >> रेसुङ्गा विमानस्थलमा करिब एक महिनादेखि हवाई सेवा बन्द >> रुरु क्षेत्रको धार्मिक महत्व र माघे संक्रान्ति मेला >> सांस्कृतिक विविधताको पर्व माघी >> जीर्ण बन्दै ‘सहस्रधारा’ >> माघीमा मस्त थारु गाउँ >> रुरुमा रमाइलो ‘संक्रान्ति परम्परा’ >> पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> अब विद्यार्थीले घरयासी कामबाट पनि नम्बर पाउने >> आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा >> सुन वितरणमा सरकारले अन्याय गरेको ब्यवसायीको आरोप >> उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ >> महंंगियो तरुल, कम लागतमा राम्रो प्रतिफल >> अभिषेक चर्च र फर्साटिकरको उपाधि भिडन्त >> खाना महोत्सव तथा माघी मेला शुरु >> रुपन्देहीमा सर्वाधिक राशीको स्नकुर प्रतियोगिता हुने >> निर्माण व्यवसायी आन्दोलनको तयारीमा, स्रोत अभावमा भुक्तानी प्रक्रिया प्रभावित >> नेप्सेमा ०.५९ प्रतिशतको गिरावट, २५९४.१३ मा झरेको परिसूचक >> रवि लामिछानेको थुनछेक बहस सकियो, जाहेरीवालाको बहस सुरु >> युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली सैनिकलाई रिहा गर्न प्रस्ताव >> अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब >> बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा >> माओवादी पदाधिकारी बैठक स्थगित >> कुनै दल फूटाउने र मिलाउने काम म गर्दिन् : प्रधानमन्त्री  >> देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने >> नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु >> महाकुम्भ सुरू: ६० लाख भक्तजनले गरे स्नान, स्टिभ जब्सकी पत्नीले पनि गरे दर्शन >> स्वास्थ्य मन्त्रालयले बिरामी प्रेषणका लागि नयाँ निर्देशिका जारी >> मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारी, भोली कार्यदलको पहिलो संयुक्त बैठक

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार
दाङ, २९ पुस ।
प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा  दाङले बाँकेलाई ४ विकेटले हराउँदै छनोट प्रतियोगिताको फाईनल जितेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको प्रदेश स्तरीय छनोट फाईनल खेलमा दाङ प्रतियोगितामा अपराजित रहँदै फाईनल जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो । शुरुवाती ब्याटर आउट हुँदै पेभेलियन फर्किएपछि बाँकेका खेलाडीलाई रन बनाउन संघर्ष गर्नु पर्याे । कप्तान मनिषा रानाले अविजित १८ रन बनाउँदै टीमलाई उकास्ने कोशिस गरिन । सुस्मिता बजगाईले १ छक्कासहित १२ रन, सम्झना पुन मगरले ९ रन, आशिका विश्वकर्माले ११ रन, स्वस्तिका बजगाईले ६ रन, सुरक्षा पुन मगरले ५ रन, आईसा शाहीले अविजित ४ रन तथा रञ्जु श्रेष्ठले २ रनको योगदान दिइन् । बाँकेलाई कम स्कोरमा समेट्न आस्ना चौधरीले दोस्रो ओभरको अन्तिम बलमा रञ्जु श्रेष्ठलाई बोल्ड गरेपछि बाँकेको टिम दवावमा परेकोे थियो । बलिङमा दाङकी अनिता चौधरी, आस्ना चौधरी र मधु डिसीले समान २–२ विकेट लिइन ।
८६ रनको मध्यम स्कोरको लक्ष्य पछ्याएको दाङले जित हासिल गर्न अन्तिम ओभरसम्म संघर्ष गर्नुपर्याे । १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको दाङका लागि सरस्वती जिएमले कप्तानी पारी खेल्दै जित हासिल गरेको हो । छनोट प्रतियोगितामा खेलेका चार वटै खेलमा अविजित खेलेकी सरस्वतीले फाईनल खेलमा पनि ६१ बलमा ९ चौकासहित ५१ रनको अर्धसतकीय योगदान दिइन्  । मधु डिसीले १४ रन, अनिता चौधरीले ५ रन, स्मृति मगरले अविजित ४ रन बनाइन । १२ दशमलव २ ओभरमा ५५ रन बनाएर खेली रहेको बेला लगातार दुई विकेट गुमाएपछि दवावमा परेको दाङको टीमलाई उकास्न रेनु परियार र कप्तान सरस्वती जिएमले २६ रनको साझेदारी गरेपछि टिम जित नजिक पुगेको थियो ।
बाँकेका स्वस्तिका बजगाईले ४ ओभरमा १ मेडनसहित १४ रन दिएर ३ विकेट लिइन्  । यसैगरी, सम्झना पुनले २ विकेट लिँदा सुरक्षा पुनले १ विकेट लिइन्  । प्रतियोगितामा दाङलाई जिताउन महत्वपूर्ण भुमिका खेलेकी सरस्वती जिएम प्लेयर अफ द फाईनल हुनु भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए । विजेता र उपविजेता टीमलाई शिल्ड प्रदान गरिएको छ ।
फाईनलमा पुग्न बाँकेले रुपन्देहीेलाई ९ रनले तथा दाङले नवलपरासीलाई ७९ रनले पराजित गरेका थिए । लुम्बिनीका दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र नवलपरासी  जिल्लाको महिला टीमले छनोट प्रतियोगितामा भाग लिएका थिए । लुम्बिनीका ६ जिल्लाको सहभागीतामा पुस २५ गतेदेखि भएको छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीबाट  प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशको टीम तयार पारिनेछ ।
लुम्बिनीबाट ४ वैकल्पिकसहित १८ जनाको नाम सार्वजनिक हुनेछ । प्रतियोगिता खेल्न १४ खेलाडी, ३ जना अफिसियल जाने तयारी भएको प्रदेश सचिव रोका मगरले जानकारी  दिए ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुदैछ । राष्ट्रिय खेलकुद परिषदको आयोजना, नेपाल क्रिकेट संघको समन्वय तथा सुदूरपश्चिम प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।
यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?