ट्रेंडिंग:

>> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने >> राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर) >> धूमः४ मा रणवीर कपूर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने >> वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरहेको ‘गुलाबी रंग’ >> राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारको सम्झना गरिने >> गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको विरोध, मताधिकार माग >> संक्रमणमा थारु र माघी सन्दर्भ >> माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुइँचो >> यस वर्षको एसईई चैत ७ गतेदेखि (परीक्षा तालिकासहित) >> आज राष्ट्रिय योग दिवस : नियमित योगाभ्यासले शरीरमा ऊर्जाको सञ्चार र स्फूर्ति बढाउने >> उत्कृष्ठ कार्य गर्ने क्लबलाई अवार्डसहित सम्मान >> रेसुङ्गा विमानस्थलमा करिब एक महिनादेखि हवाई सेवा बन्द >> रुरु क्षेत्रको धार्मिक महत्व र माघे संक्रान्ति मेला >> सांस्कृतिक विविधताको पर्व माघी >> जीर्ण बन्दै ‘सहस्रधारा’ >> माघीमा मस्त थारु गाउँ >> रुरुमा रमाइलो ‘संक्रान्ति परम्परा’ >> पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> अब विद्यार्थीले घरयासी कामबाट पनि नम्बर पाउने >> आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा >> सुन वितरणमा सरकारले अन्याय गरेको ब्यवसायीको आरोप >> उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ >> महंंगियो तरुल, कम लागतमा राम्रो प्रतिफल >> अभिषेक चर्च र फर्साटिकरको उपाधि भिडन्त >> खाना महोत्सव तथा माघी मेला शुरु >> रुपन्देहीमा सर्वाधिक राशीको स्नकुर प्रतियोगिता हुने >> निर्माण व्यवसायी आन्दोलनको तयारीमा, स्रोत अभावमा भुक्तानी प्रक्रिया प्रभावित >> नेप्सेमा ०.५९ प्रतिशतको गिरावट, २५९४.१३ मा झरेको परिसूचक >> रवि लामिछानेको थुनछेक बहस सकियो, जाहेरीवालाको बहस सुरु >> युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली सैनिकलाई रिहा गर्न प्रस्ताव >> अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब >> बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा >> माओवादी पदाधिकारी बैठक स्थगित >> कुनै दल फूटाउने र मिलाउने काम म गर्दिन् : प्रधानमन्त्री  >> देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने >> नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु >> महाकुम्भ सुरू: ६० लाख भक्तजनले गरे स्नान, स्टिभ जब्सकी पत्नीले पनि गरे दर्शन >> स्वास्थ्य मन्त्रालयले बिरामी प्रेषणका लागि नयाँ निर्देशिका जारी

आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

काठमाडौँ ।

आज मुलुकभर थारू समुदायसँगै अन्य समुदायले पनि माघे संक्रान्ति  पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ। माघे संक्रान्ति पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ। तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्राडा भट्टराईले बताए। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ  महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए। आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।

माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ। योक्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्राडा भट्टराईले जानकारी दिए।

यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन्। यसैले यसलाई माघस्नान पनि भनिन्छ।

माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ। आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ।

थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै  

थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन्। आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन्।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन्।

थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ।

आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको अनुभव गर्छन्।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग आज गर्दा सफल प्राप्त हुुने विश्वास यो समुदायमा छ। तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ विश्वास गरिन्छ।

आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ। यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन्। सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ। थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ। यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ । थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?