ट्रेंडिंग:

>> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने >> राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर) >> धूमः४ मा रणवीर कपूर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने >> वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरहेको ‘गुलाबी रंग’ >> राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारको सम्झना गरिने >> गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको विरोध, मताधिकार माग >> संक्रमणमा थारु र माघी सन्दर्भ >> माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुइँचो >> यस वर्षको एसईई चैत ७ गतेदेखि (परीक्षा तालिकासहित) >> आज राष्ट्रिय योग दिवस : नियमित योगाभ्यासले शरीरमा ऊर्जाको सञ्चार र स्फूर्ति बढाउने >> उत्कृष्ठ कार्य गर्ने क्लबलाई अवार्डसहित सम्मान >> रेसुङ्गा विमानस्थलमा करिब एक महिनादेखि हवाई सेवा बन्द >> रुरु क्षेत्रको धार्मिक महत्व र माघे संक्रान्ति मेला >> सांस्कृतिक विविधताको पर्व माघी >> जीर्ण बन्दै ‘सहस्रधारा’ >> माघीमा मस्त थारु गाउँ >> रुरुमा रमाइलो ‘संक्रान्ति परम्परा’ >> पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> अब विद्यार्थीले घरयासी कामबाट पनि नम्बर पाउने >> आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा >> सुन वितरणमा सरकारले अन्याय गरेको ब्यवसायीको आरोप >> उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ >> महंंगियो तरुल, कम लागतमा राम्रो प्रतिफल >> अभिषेक चर्च र फर्साटिकरको उपाधि भिडन्त >> खाना महोत्सव तथा माघी मेला शुरु >> रुपन्देहीमा सर्वाधिक राशीको स्नकुर प्रतियोगिता हुने >> निर्माण व्यवसायी आन्दोलनको तयारीमा, स्रोत अभावमा भुक्तानी प्रक्रिया प्रभावित >> नेप्सेमा ०.५९ प्रतिशतको गिरावट, २५९४.१३ मा झरेको परिसूचक >> रवि लामिछानेको थुनछेक बहस सकियो, जाहेरीवालाको बहस सुरु >> युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली सैनिकलाई रिहा गर्न प्रस्ताव >> अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब >> बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा >> माओवादी पदाधिकारी बैठक स्थगित >> कुनै दल फूटाउने र मिलाउने काम म गर्दिन् : प्रधानमन्त्री  >> देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने >> नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु >> महाकुम्भ सुरू: ६० लाख भक्तजनले गरे स्नान, स्टिभ जब्सकी पत्नीले पनि गरे दर्शन >> स्वास्थ्य मन्त्रालयले बिरामी प्रेषणका लागि नयाँ निर्देशिका जारी

खाना महोत्सव तथा माघी मेला शुरु

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

बुटवल, २९ पुस । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवल प्रवद्र्धक र रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सोमबारदेखि बुटवलमा खाना महोत्सव तथा माघी मेला २०८१ शुरु भएको छ । ‘नेपाली मौलिक संस्कृति र स्थानिय खानाका परिकारको हाम्रो शान, शहरदेखि गाउँसम्मको पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान’ भन्ने नारासहित हुने यो महोत्सव सिद्धेश्वर माविको मैदान परिसरमा कार्यक्रमको एक समारोहका बिच नेपाल होटल तथा रेष्टुरेन्ट महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले उद्घाटन गर्दै पर्यटन क्षेत्रमा योगदान दिने उद्योगका रुपमा आफुहरु रहेको बताए । पर्यटन क्षेत्रमा सरकारको लगानीसंगै पर्यटन ब्यवसायीहरु पर्यटन उत्पादको बारेमा विषयमा जोड दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले लुम्बिनी प्रदेश विश्वमा नै पर्यटनको उत्कृष्ट गन्त्ब्य भएको दाबी गर्दै यहाका ब्यवसायीहरुलाई संस्थागत रुपमा एकतावद्ध गर्दै आफुहरु पर्यटन प्रवद्र्धनको योजनामा लागेको बताए । प्रत्येक वर्ष अग्रेजी नया वर्षमा सडक महोत्सव गर्दै आएका रुपन्देहीका होटल ब्यवसायीहरुले यस वर्ष भने माघि पर्वलाई विशेष प्रचारप्रचार गर्ने गरि कार्यक्रम गरेको बताए ।

माघ २ गतेसम्म चल्ने महोत्सवमा स्थानीय थारू, मगर, नेवार र अन्य समुदायका परम्परागत खानाका परिकारकोे प्रदर्शनी र विक्री गरिने उनले बताए । यसैगरि थारू नाच, लोकदोहोरी र विभिन्न जातजातिका मौलिक र सांस्कृतिक नृत्यहरुका साथै पर्यटन प्रवद्र्धन हुने लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने स्टलहरु रहेको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए ।

कार्यक्रममा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवलका कार्यकारी निर्देशक रामु जोशी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे, वडा नं ४ वडा वडाअध्यक्ष नरिश्वर पौडेल, सघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापाले खाना महोत्सव र मेला संचालनबाट हुने फाईदाबारे प्रकाश पारेका थिए ।

झाकीमा नेवाः समाज अर्घाखाची रुपन्देही प्रथम

यसैबिच महोत्सवको शुभारम्भअघि निकालिएको प्रचारात्मक जनचेतनामुलक रयालीमा नेवाः समाज अर्घाखाची रुपन्देही प्रथम भएको छ । यसैगरि स्याङजा कारीकोट तराईबासी समुह र उचडिया स्वावलम्बन समुह सैनामैना रुपन्देही दोस्रो, कालिका टोल विकास संस्था बुटवल ७ तेस्रो भएका छन ।

यसैगरि बुद्ध टोल विकास संस्था बुटवल ७, सिद्धेश्वर नमुना आमा समुह बुटवल ७, आम्दा दिपज्योती आमा समुह बुटवल ७, सृजना संस्कृति आमा समुह बुटवल ८ र समावेशी आमा समुह बुटवल ७ दिपनगर सान्त्वना स्थान हासिल गरेको संयोजक माधव प्रसाद नेपालले बताए । रयालीमा विभिन्न संघसंस्था, जातजाती, टोल विकास समुह, ब्यवसायिक संघसंस्था गरि २२ टोलीहरुको सहभागिता रहेको थियो । प्रथम टिमले नगद १० हजार, दोस्रो टिमले नगद ५ हजार, तेस्रो टिमले नगद ३ हजार तथा सान्त्वना टिमहरुले नगद २ हजारका दरले पुरस्कृत गरिएको संघका उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?