ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

गठबन्धन सरकार बनेपछि अर्थतन्त्र निराशाजनक : विष्णु पौडेल

बुटवल–चन्द्रौटा सडक ६ लेनमा बिस्तार गर्न केही महिनामै टेन्डर, सैनामैनाको बिकास बुद्धकालिन सम्पदासँग जोडेर
२३ कार्तिक २०७९, बुधबार
२३ कार्तिक २०७९, बुधबार

बुटवल–चन्द्रौटा सडक ६ लेनमा बिस्तार गर्न केही महिनामै टेन्डर, सैनामैनाको बिकास बुद्धकालिन सम्पदासँग जोडेर

बुटवल,२३ कात्तिक । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । गठबन्धन सरकार बनेपछि मुलुकका सबै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महङ्गी, बेरोजगार र तिब्र आर्थिक संकटले कतैपनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरु नरात्मक देखिएबो बताउँदै उनले मुलुक निराशाजनक स्थितीमा पुगेको टिप्पणी गरे । पछिल्लो तथ्याङ्क अनुसार मुलुकको मुद्रास्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो । चरम मुल्यवृद्धि बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्विकृती लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिडाउन नसक्दा अकल्पनीय ढँगले मुलुकको स्थितीले बाटो बिराएको उनले उनले टिप्पणी गरे । वर्तमान सरकारले मुलुकलाई सही बाटोमा हिडाउन नसकेको टिप्पणी गर्दै उनले मुलुकलाई सही बाटोमा ल्याउनका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलो तथा जनतासँग भेटघाटका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताएका हुन् ।

यसैबीच पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल–गोरुसिङ्गे हुँदै चन्द्रौटा जोड्ने सडकलाई ६ लेनमा बिस्तारका लागि केही महिनामै टेण्डर प्रक्रियामा जाने बताएका छन् । बेलहिया–बुटवल ६ लेन सडक निर्माणमा भएका कमजोरीहरुलाई समेत सच्याउँदै थप आकर्षक र व्यवस्थित ढँगले पुर्व–पश्चिम राजमार्ग अन्तरगतको बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गरिने उनले बताए ।

सडक निर्माणका लागि विश्व बैंकसँग नेगोशेन गरी डिपिआर निर्माण लगायतका काम अघि बढेको बताउँदै उनले ३८ अर्ब लागतमा सडक बिस्तारको काम हुने उल्लेख गरे । नेकपा एमालेका उपाध्यक्ष पौडेलले यो सडक निर्माणसँगै रुपन्देहीको सैनामैना तथा कपिलवस्तु लगायतका शहरहरुलाई थप व्यवस्थित र बिकसित गराउने दाबी गरे । आफ्नै पहलमा बुटवल बेलहिया सडक बिस्तार तथा बुटवल–नारायणगढ सडक बिस्तारको काम भएको बताउँदै उनले तेस्रो चरणमा बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गर्न लागिएको उल्लेख गरे । यसैगरी सैनामैनामा निर्माणाधिन मुलुककै लामो चक्रपथ निर्माणले सैनामैनाको आर्थिक तथा सामाजिक बिकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । मुलुककै लामो सैनामैना चक्रपथको ५७ किलोमिटर मध्ये करिब ४० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भैसकेको उनले बताए ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैनाका विभिन्न वडाहरुमा घरदैलो तथा जनतासँग भेटघाट गर्दै लुम्बिनीसँग जोडेर यहाँको बिकासलाई अघि बढाइने बताए । सैनामैनामा निर्माण सुरु गरिएको लामीरह बहुउद्देश्यीय जलासयले यहाँको हजारौं कृषि भूमिलाई सिंचित गर्दै आर्थिक समृद्धिमा टेवा पुग्ने उनले बताए । ‘हरियाली बगैचा र फुटपाथसहितको जलासय निर्माणसँगै डुँगा सयरका लागि पनि पर्यटकहरुको भिड लाग्ने छ ।’–पौडेलले भने, चुरेसँग जोडिएको सैनामैनामा वर्षायाममा हुने डुबान र नदी कटानलाई समेत हल गर्नेगरी जलासय निर्माण हुने छ ।

यसैगरी पश्चिम नेपालकै पशुपति भनेर परिचित बोलबम धामको बिका, बौद्धकालिन एैतिहासिक स्थलको उत्खनन्पछि धार्मिक पर्यटनबाट फाइला लिन सकिने उनले बताए । बौद्धकालिन ईतिहास र परम्परासँग सैनामैना पनि जोडिएको बताउँदै उनले यसको संरक्षण र बिकासका लागि संग्राहलय निर्माण तथा धार्मिक क्षेत्रहरुको संरक्षणमा जोड दिइने बताए । कसैको टिकाटिप्पणी नगरी आफ्नो ध्यान समग्र रुपन्देहीको बिकासमा केन्द्रित भएको बताउँदे आफूले गरेका बिकास र बिकासका प्रयासहरुलाई सबैले देख्ने विश्वास व्यक्त गरे ।

आगमी मंसिर–४ को निर्वाचनपछि बन्ने नेकपा एमाले नेतृत्वको सरकारले विगतमा रोकिएको सुकुम्बासीलाई पुर्जा बितरणको काम पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । एमालेकै प्रयासमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा बितरणका लागि शक्तिशाली कानून निर्माण भैसकेको बताउँदे उनले सोही कानून अनुसार रहेर समस्याको समाधान गरिने दाबी गरे । विगतमा ओली नेतृत्वको सकारले सुकुम्बासीहरुलाई जग्गा बितरण गर्नै लाग्दा अध्यादेशबाट सरकार ढालिएको स्मरण गराउँदै उनले वर्तमा गठबन्धन सरकारले डेढ वर्षको प्रयाप्त समय हुँदाहुँदै पनि अन्तिम चरणमा पुगेको कामलाई रोकेर सुकुम्बासी समस्या समाधानमा नलागेको उल्लेख गरे ।
पौडेलले बुद्धकालिन परम्परासँग जोडेर सैनामैनाको बिकास गरिने बताएका छन् । सैनामैनालाई बिकासको नयाँ मानकको रुपमा स्थापित गर्नका लागि यहाँको ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण र बिकास गरिने उल्लेख गरे ।

बुद्धकालिन परम्परालाई लुम्बिनी, रामग्राम र तिलौराकोटलाई मात्र जोडेर पूरा नहुने बताउँदै उनले सैनामैना पनि यसमा जोडिएको दाबी गरे । यहाँका बौद्धकालिन ऐतिहासिक स्थलहरुको उत्खनन् र संरणसँगै यहाँका अन्य धार्मिक स्थलहरुको समेत बिकास गरिने उनले बताए । सैनामैनालाई लुम्बिनीसँग जोड्नकै लागि मुलुकै लामो चक्रपथ निर्माणको काम भएको उनले बताए । काठमाण्डौं उपत्यकाकोभन्दा लामो रहेको सैनामैनाको ५७ किलोमिटर चक्रपथ मध्ये ४० किलोमिटर कालोपत्रे भैसकेको बताउँदै उनले यो योजना सपन्न भएपछि यहाँको आर्थिक तथा सामाजिक बिकासमा उल्लेख्य परिवर्तन आउने उनले दाबी गरे ।

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पौडेलले बुधबार सैनामैनाका विभिन्न वडाहरुमा घरदैलो तथा भेटघाटमा बोल्दै सैनामैनामै रहेको पश्चिम नेपालकै पशुपति भनेर परिचित बोलबमधाम मन्दिरलाई गुरुयोजनाअनुसार संरचनाहरु निर्माण र बिकासको काम भैरहेको बताए । हरेक वर्ष लाखौले दर्शन गर्न आउने बोलबम धामको बिकास, ऐतिहासिक रानिकुवाको संरक्षण, सैनामैना क्षेत्रको उत्खनन् तथा संरक्षणले यहाँको पर्यटकीय बिकासमा उल्लेख्य टेवा पुग्ने उनले बताए ।

कुनै पनि दल वा व्यक्तिको टिप्पणीमा नलागेर आफ्नो ध्यान रुपन्देहीको बिकासमा केन्द्रित भएको बताउँदै पौडेलले आगामी मंसिर–४ को निर्वाचनमा जनताले मुलुकको नेतृत्व नेकपा एमालेलाई सुम्पिने दाबी गरे । एमाले नेतृत्वको सरकारले नै मुलुकलाई सही दिशा र नेतृत्व दिन सक्ने बताउँदै उनले त्यसका लागि सूर्यमा मतदान गर्न जनता समक्ष आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?