ट्रेंडिंग:

>> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने

पृथ्वी चन्द्र अस्पतालमा भ्रष्टाचार भएकै हो त ?

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

नवलपरासी, १८ पुस ।
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था (सिटिजन जुरी) ले सूचना माग गरेको छ । जिल्ला अस्पतालको सेवाको गुणस्तर तथा भ्रष्टाचार हुने गरेको आरोप लाग्ने गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सूचना माग गरेको हो ।
संस्थाका अध्यक्ष रामजी ज्ञवालीले अस्पतालको नाँउमा पत्राचार नै गरेर उतm सुचना माग गरिएको जानकारी गराए । उनले माग गरिएको सुचना अनुसार अस्पतालका चिकित्सकहरूले नयाँ नियुतिm गरि आउने र बस्ने वातावरण नहुदा बिचमै राजीनामा गरेर जाने गरेको अवस्था, विमा सेवा, ल्याब सेवा लगायतका विभिन्न विषयसँग सम्बन्धित रहेर सुचना माग गरेको पत्रमा उल्लेख गरिएको छ । अस्पतालमा नेपाल सरकार र विकास समितिबाट के कति जनशतिm स्वीकृत छ ? सो मध्ये कति पदपुर्ति र कति रितm छ ?, निःशुल्क औषधीमा के कति प्रकारका औषधीहरू निःशुल्क उपलब्ध गराउदै आएको छ ? ल्याब सेवामा दैनिक २० जनालाई मात्र उसै दिन ल्याब परिक्षण गर्ने र बाँकी अर्को दिन बोलाउने गरिएको कुरा आउने गरेको र ल्याब रिपोर्ट पनि पटक पटक विवादस्पद किन आउने गरेको होला ? लगायतका सुचना माग गरिएको छ ।
त्यसै गरि नेपाल सरकारले सञ्चालन गर्न दिएको पिसिआर मेसिन,डाईलासिस सेवा तथा आईसियु सेवा किन हालसम्म सञ्चालन नगरिएको होला ? जेष्ठ नागरिक तथा अपाँगलाई घण्टौ ओपिडि सेवामा प्रतिक्षा गर्न लाउने गरेको जनगुनासो किन बढेको होला ? अस्पतालबाट सेवा दिइएर पनि विमा वापतको करिब डेढ करोड रकम किन माग नगरिएको हो ? बेला बेला आकस्मिक कक्षको बेडमा कुकुर बस्ने जस्ता तस्विर समाजिक सञ्जालमा किन आउने गरेको हो ? लगायतका विषयमा अधिकारिक रूपमा सुचना माग गरिएको कुरा पत्रमा उल्लेख गरिएको छ । अस्पतालमा विगत केही महिना देखी राजनीतिक चलखेल बढ्दा अस्पतालको सेवाको गुणस्तरियता प्रति विभिन्न क्षेत्रबाट प्रश्न उठ्दै गएको हुदा अधिकारिकताका लागि सूचनाको हक सम्बन्धि ऐन अनुसार नै सूचना माग गरिएको संस्थाका अध्यक्ष ज्ञवालीले बताएका थिए ।
गत बर्ष पनि मात्रै झण्डै चालिस लाख विमा रकम घाटाले अस्पतालकै घाटा भएको भन्दै सो घाटा कस्ले परिपूर्ति गर्ने भन्ने चाँसो राख्दै प्रश्न उठदै आएको छ । विगत बर्षको पुरै घाटा जोड्ने हो,भन्ने ढाई करोड जति पुग्ने दाबी कर्मचारीको थियो । कर्मचारीको नाममा विभिन्न भत्ता थप गर्ने समितिले सहमति दिइने तर कर्मचारीकै कारण लाखौं रुपियाँ घाटा हुँदा सो रकमको सोधभर्ना को कस ? बाट भराउने कुरा प्रति नागरिक समाजको ध्यानाकर्षण भएको थियो । बिरामी वा जनतालाई समान्य छुट पाउने वा सुविधा माग्दा विभिन्न बहाना बनाउने अस्पताल कर्मचार,स्वास्थ्यकमी,अस्पताल प्रशासन र पदाधिकारी माथि समेत नागरिक समाजले प्रश्न उठाएको थियो ।
अस्पतालकै तथ्यांक अनुसार ३९ लाख ९ हजार ५ सय ७० रुपियाँ दाबी नगर्दा घाटा देखिएका छन् । वेवारिसे विरामी देखि अन्य जनतालाई केही सहुलियत सुविधामा अस्पतालले विभिन्न बहाना बाजी र बखेडा झिक्छ, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, अस्पतालमा कर्मचारीकै कारण करोडौं रुपिया घाटा देखिएको छ । सो घाटा कस्ले ब्यहोर्ने होला ? यसको चित बुझ्दो जवाफका लागि अस्पताल प्रशासन तयार रहनु पर्छ । अस्पतालले छानविन समिति बनाइ वास्तविक कारण पत्ता लगाई सम्बन्धित कर्मचारीबाट सोधभर्ना गराउनु पर्ने माग उनले गरेका थिए । तर अहिलेसम्म पनि त्यसबारे छानविन हुन सकेको छैन् । करोडौं रकम घाटा भइरहेको बारे अस्पताल विकास समितिले पनि चाँसो नलिइनु लज्जास्पद हो । समितिलाई पनि एक प्रकारको लज्जाबोध हुनुपर्छ, उनले भने, कर्मचारीले जे प्रस्ताव ल्याउँछन् खुरु खुरु पास गर्ने तर तिनै कर्मचारीबाट लाखौ रुपिया घाटा प्रति वेवास्ता गर्ने समिति प्रति जनताले के आशा राख्ने ? एक त बीमा रकम माग गर्दा बीमा बोर्डले रकम बेलामा दिइएको छैन् ।
अस्पतालमा सरुवा भई आएका निमित्त मेसु डा.नुरुल होदाको सरुवा भएको महिना दिन पुग्दा पनि अस्पताल छाड्ने मनस्थितिमा छैनन् । मेसु होदाकै कारण अस्पतालको वातावरण ठिक नभएको भन्दै तिन जना चिकित्सक समेत राजीनामा गरि अस्पताल छाडेका छन् । चिकित्सकले विरामी चेकजाँच गरेर शल्यक्रिया जस्ता कार्यमा वृद्धि गर्दै सेवा विस्तार गरियो भने मात्र अस्पतालमा आय वृद्धि हुने हो, तर मेसुले तिनीहरूकै सुबिधा कटौती गरे पछि राजिनामा दिँदै छाड्न थालेका छन् ।
बीमा रकमका लागि पटक पटक बीमा कार्यालयलाई जानकारी गराउँदै आएको भए पनि रकम आउन नसक्दा समस्या देखिएको अस्पतालका सूचना अधिकारी गोबिन्द बहादुर ज्ञवालीले बताएका थिए । उनका अहिले विमा क्लेम गर्ने कार्यलाई सफ्टवेयर जडान गरि सुधार गरि सकिएको छ । विगतमा के कस्तो भयो, त्यसबार जानकारी छैन । अहिले पनि विमा सेवामा खर्च हुने रकम बढदै गएको छ । उनका अनुसार बीमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ । औषधी टेण्डर मार्फत खरिद गरिन्छ, सो रकम औषधि दाखिला गरेर भुक्तानी दिई हाल्नुपर्छ ।
कुल बीमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा विमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपिया मात्र पठाएको छ । विमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुँदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतिकै दाबी नै अस्पतालले गर्न सकेन । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपियाँ मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि बीमा बोर्डले पठाइ दिएन । मासिक ३० लाख भन्दा बढि बीमा गरेका बिरामीले सेवा लिन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?