Butwal Today

सुनचाँदीको मूल्यमा वृद्धि

१९ पुष २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ, १९ पुस ।

नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुनको मूल्य प्रतितोला रू. २,००० ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रू. १,५१,५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू. १,५३,५०० पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला रू. २० ले बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला रू. १,८१० मा कारोबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?