© २०२३
रुपन्देही ।
रुपन्देहीको सियारी गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उपाधि मैनहिया माविले उचालेको छ ।
सियारी ४ स्थित पब्लिक माध्यामिक बिद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा मैनहिया मावि ८ वटा बिधामा प्रथम, २ वटा बिधामा द्वतिय तथा ४ वटा बिधामा चौथो हुदै रनिङ्ग शिल्डको उपाधि उचालेको हो ।
मैनहिया मावि तर्फ पनि प्रथम भएको छ । मावि तर्फ मनहियाले ७ विधामा प्रथम, २ वटा बिधामा द्वितीय र २ वटा बिधामा तृतीय भएको छ । मैनहियाले १७ हजार ५ नगद सहित शिल्ड तथा कप प्राप्त गरेको छ ।
त्यस्तै आधारभुत तह तर्फ गड्सारी र देर्गादेवी उत्कृष्ट भएका छन् । उनीहरुले समान अंक ल्याएका छन् । दुवै बिद्यालयले दुई वटा बिधामा प्रथम र एउटा बिधामा द्वितीय भएका छन् । उनीहरुले नगद र कप प्राप्त गरेका छन् ।
रनिङ शिल्ड प्रतियोगिताका उत्कृष्ट बिद्यालय तथा विजयी बिद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेल, गोपाल ज्ञवाली लगाएतले शिल्ड तथा मेडल प्रदान गर्नु भएको थियो ।