© २०२३
काठमाडौं ।
दक्षिणी क्यालिफोर्नियाको एउटा फर्निचर कारखानामा एक सानो विमान ठोक्किएर दुर्घटना भएको छ। सो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
घाइतेमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ, जबकि आठ जनालाई घटनास्थलमै उपचारपछि घर पठाइएको छ। दुर्घटना स्थानीय समय अनुसार बिहान सवा दुई बजे भएको थियो। दुर्घटनामा परेको विमान एकल इन्जिन भएको ‘भ्यान्स आरभी टेन’ थियो।
संघीय हवाई प्रशासनले दुर्घटनाको कारण र मृत्यु भएका दुई व्यक्तिको पहिचान भने खुलासा गरेको छैन। यद्यपि, घाइतेमध्ये कम्तीमा १२ जना कारखानाका कामदार रहेको बताइएको छ।