© २०२३
बुटवल, १९ पुस । क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ रुपन्देहीमा पृथ्वी कप २०८१ खुला टेनिस बल क्रिकेट प्रतियोगिता शुरु भएको छ । पृथ्वी नारायण शाह स्र्पोटस फाउण्डेसन बुटवलको आयोजनामा शुक्रबार भएको उद्घाटन खेलमा देविनगर-११ ब्याईजले विजयी शुरुवात गरेको छ । देवदह क्रिकेट युनिटमाथि देविनगरले १ रनको जित निकालेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. १६ स्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको देविनगरले १६ ओभरमा ७ विकेटको नोक्सानीमा ६० रनको लक्ष्य खडा गरेको थियो । देविनगरका जगत क्षेत्रीले २७ बलमा १४ तथा सन्दिप खत्रीले १६ बलमा १२ रन जोडेका थिए । देवदहका बिनोद क्षेत्रीले ३ ओभरमा ७ रन खर्चेर २ तथा कमल जैसीले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिएका थिए ।
कम स्कोर पछ्याएको देवदहका ब्याट्सम्यान १५.६ ओभरमा केवल ५९ रनमा समेटियो । देवदहका कुनै पनि ब्याट्सम्यान दोहोरो अंकको रन जोड्न सकेनन । ओपनर प्रकाश भण्डारीले १३ बलमा ९ रन, हेमन्त थापाले १६ बलमा ९ रनको योगदान दिए ।
देविनगरका सुजन गौतमले ३ ओभरमा ८ रन खर्चेर ४ तथा सुरज सिहले समान ३ ओभरमा ९ रन खर्चेर २ बिकेट लिएका थिए । खेलमा देविनगरका सुजन गौतम म्यान अफ दी म्याचबाट पुरस्कृत भएको खेल संयोजक राजु रानाले बताए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा न. १६ का वडाअध्यक्ष कृष्ण प्रसाद पौडेल, फाउण्डेसनका अध्यक्ष निरज प्रताप खाडले एम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी