ट्रेंडिंग:

>> पीडितमैत्री पूर्वाधारमा जोड >> झरना विजयी हुदै फर्साटिकर कपको अन्तिम आठमा >> ओली प्रतिवेदन : माओवादी अवसरवादी, राजावादीसँग बाक्लै उठबस >> पुल बन्यो, भुक्तानी भएन >> भूकम्पप्रभावितको व्यवसायमा रेडक्रसको साथ >> यती एसेम्बलिङ र रिलायन्स फाइनान्सबीच समझदारी >> मणिमुकुन्द अन्तिम चारमा, गुजरातको दोस्रो जित >> दैलेखमा किशोर किशोरी मृत फेला >> समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ताः प्रधानमन्त्री  >> लोपउन्मुख कुसुन्डा भाषामा गीत रेकडिङ हुँदै >> सहरीया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्वीकारोक्ति >> खाना पकाउने ग्यास चुहिएर आगलागी, पर्वतमा वृद्धाको ज्यान गयो >> सुनको मूल्यमा गिरावट >> सर्वोच्च अदालतको फैसलामा न्यायाधीशहरूको मर्यादाक्रम निर्धारणका लागि सुझाव >> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी

डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

काठमाडौं

डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने ४७ वर्षीय सुजित मिजार रहेका छन्।

पुस ३ गते दमक नगरपालिका वडा नम्बर १२ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ९ धुम्बाराही बस्ने ५५ वर्षीय हरिकृष्ण बरालबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीको टोलीले मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार डलर साट्ने बहानामा बराललाई मिजारले मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ मध्यपुर अस्पताल नजिक बोलाएका थिए।

त्यहाँ पुगेपछि मिजारले रुमालले बेरेको पैसा आकारको बिटो देखाएर पाँच लाख रुपैयाँ लिए। मिजार हिँडेपछि रुमाल फुकाल्दा बरालले पैसाको आकारमा काटिएको कागजको बिटो मात्रै भेटे।

त्यसपछि बराल प्रहरीमा गुनासो गर्दै पुगेका थिए। मिजारलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?