© २०२३
बुटवल, १९ पुस । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा आयोजक मदन भण्डारी भलिबल क्लबले पहिलो जित निकालेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा शुक्रबार भएको खेलमा रुकुम पश्चिम भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको हो ।
एकतर्फी खेलको पहिलो सेट मदनभण्डारीले २५–१९ को अंकका साथ जित निकालेको थियो । दोस्रो सेटमा २५–१३ को फराकिलो अन्तरमा लगातार जित निकाल्यो । तेस्रो सेटमा खेलमा फर्किन खोजेको रुकुम पश्चिमलाई आयोजक मदन भण्डारीले २५–२३ को अंकमा रोक्दै जित निकाल्यो । मदन भण्डारी क्लब प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसंग पराजित भएको थियो ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छ । जसमा समुह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह ‘बि’ मा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिवल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन, भारत रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी