ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

दाङ – २ : ‘हेभीवेट’ शंकरलाई रेखाको चुनौती कति ?

२३ कार्तिक २०७९, बुधबार
२३ कार्तिक २०७९, बुधबार

लमही, २३ कात्तिक ।
मंसिर ४ नजिकिएसंँगै देशका अन्य निर्वाचन क्षेत्र जस्तै दाङको क्षेत्र नम्बर २ मा पनि निर्वाचनको माहोल तातेको छ । उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई पनि व्यापक बनाउँदै लगेका छन् । दाङ २ का लागि यसपालिको चुनाव कस्ले जित्ने वा हार्नेसँग मात्र सिमित छैन । एमाले महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोख्रेल र माओवादी केन्द्रकी प्रभावशाली नेतृ तथा पूर्व मन्त्री रेखा शर्माबीचको प्रतिस्पर्धाले देशभरीमा नै चर्चाको विषय बनेको छ ।

एमालेले गुमाएको गढ

यसरी हेर्दा गठबन्धन अगाडि देखिए पनि स्थानीय निर्वाचनमा क्षेत्रमा आएको मत विश्लेषण अपूर्ण हुने देखिन्छ । किनकी घोराही उपमहानगरपालिकाको क्षेत्र र प्रतिनिधीसभा दाङ क्षेत्र नं. २ को भूगोल भने करिब ४० प्रतिशत फरक छ । स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकामा पर्ने चार वटा वडाहरु केन्द्रको चुनावमा भने यस क्षेत्रमा नभएर देउखुरी क्षेत्र नं १ मा पर्छन् भने तुलसीपुर उपमहानगरका चार वटा वडा यस क्षेत्रमा आएर गाभिन्छन् साथै सिंगो बंगलाचुली गाउँपालिका पनि यस क्षेत्रमा गाभिन आउँछ ।

यस्तै घोराही उपमहानगरपालिकामा पर्ने तर यस निर्वाचन क्षेत्रमा नपर्ने वडाहरु हुन् वडा नं १, २, ३, ५. । यी चारैवटा वडामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए । नेकपा (एमाले) को गढ मानिने यी वडाहरु यस क्षेत्रमा नपर्नुको प्रत्यक्ष घाटा एमालेका उम्मेदवार शंकर पोखरेललाई पर्ने देखिन्छ । यो क्षेत्रमा नेकपा (एमाले) गठबन्धन भन्दा करिब ४५ सय भोटले अगाडि थियो ।. स्थानीय तहमा नेकपा एमालेको लागि हर्षको विषय बनेका वडा नं १, २, ३ र ५ अब यस निर्वाचनमा शंकर पोखरेलको लागि चिन्ताको विषय बन्न सक्छ । यद्यपि पछिल्लो समय बंगलाचुलीमा एमालेले पार्टी प्रवेश र संगठन विस्तार अभियानलाई व्यापक बनाएकोले त्यसको असर आउँदो निर्वाचनमा कस्तो देखिने हो ? यो विषय रोचक छ ।

तुलसीपुरको मतले गठबन्धलाई बहुमत
यस्तै जसरी घोराहीका चार वटा वडा बाहिरिदा त्यसको प्रत्यक्ष घाटा एमालेलाई पर्न सक्छ त्यसको ठिक विपरित यस निर्वाचन क्षेत्रमा गाभिन आउने तुलसीपुर उपमहानगरपालिकाका चार वडाहरुले गठबन्धलाई फाइदा पु¥याउन सक्छ ।

तुल्सीपुरबाट यो क्षेत्रमा गाभिन आउने वडाहरु हुन् वडा नं १६, १७, १८, १९. । यी चार वडा मध्ये दुईवटा वडामा नेकपा (एमाले), एउटामा नेपाली कांग्रेस र एउटामा माओवादीको उम्मेदवार विजायी भएका थिए । यसमा पनि वडा नं १६ मा गठबन्धनमा कुरा नमिलेपछि एकल एकल प्रतिस्पर्धा गर्दा माओवादीका उम्मेदवार विजयी भएका थिए । यसको अर्थ यो हो कि अहिले यस वडामा रहेको कांग्रेसको मत र एकीकृत समाजवादीको मत पनि गठबन्धन थपिने हुँदा समग्रमा यी चार वडामा गठबन्धन करिब २ हजार मतले अगाडि देखिन्छ. यहाँसम्मको तथ्यांक हेर्दा यस क्षेत्रमा गठबन्धनको समग्र मत नेकपा (एमाले) ले भन्दा करिब ११ हजार बढी हुन आउने देखिन्छ ।

थपिएको बंगलाचुलीले गठबन्धनलाई झनै सहयोग

अहिलेको चुनावमा उथलपुथल ल्याउने अर्को पक्ष हो बंगलाचुली गाउँपालिका । बंगलाचुली गाउँपालिका पनि यही निर्वाचन क्षेत्रमा पर्न आउँछ । भर्खरै भएको स्थानीय तहको निर्वाचनमा बंगलाचुली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका तुल्सीराम पुन सुवाश ५ हजार ७ सय ४९ मतका साथ विजयी भएका थिए भने नेकपा (एमाले) का भेषराज खत्री ३ हजार ६ सय ७८ मत ल्याएर पराजित भएका थिए.। यहाँ गठबन्धनको भोट एमाले भन्दा २ हजार ७१ बढी देखिन्छ. ।

शंकरको व्यक्तित्वले गठबन्धलाई अप्ठयारो

यसरी हेर्दा एमाले महासचिव शंकर पोखरेल हेभीवेट भए पनि आउँदो निर्वाचनमा माओवादी केन्द्रकी रेखा शर्मा हेभी भोट् हुन सक्छिन । तथ्यांकको आधारले मात्र हेर्ने हो भने दाङको निर्वाचन क्षेत्र नं २ मा गठबन्धन करिब १५ हजार मतले अगाडि देखिन्छ तर चुनाव भनेको अंक गणित मात्र होइन बीज गणित पनि हो ।

शंकर पोखरेलको व्यक्तित्वले यो मतान्तर घटाउनै सक्दैन भनेर यसै भन्न सकिने अवस्था भने छैन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भइसकेका र हाल एमालेको महासचिव समेत रहेको हुनाले पोख्रेलेको हेभीवेट व्यक्तित्वले आगामी निर्वाचनमा गठबन्धलाई अप्ठयारो पार्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

बदर मत होलान् त सदर ?

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्थानीय तहको चुनावबाट भिन्न भएता पनि हालसालै भएको स्थानीय तहको मत परिणामलाई पूर्ण रुपमा अस्विकार गर्न भने गर्न सकिदैन । भर्खरै भएको स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा नेकपा (एमाले) का नरुलाल चौधरी ३१ हजार ७२८ मतका साथ नगर प्रमुखमा विजयी भएका थिए भने कांग्रेस र माओवादीको गठबन्धनका साझा उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’ ले २६ हजार ३ सय ६८ मत ल्याएका थिए. नरुलाल चौधरी र हेमराज शर्माको मतान्तर ५ जहार ३ सय ६० थियो. ।

मेयर पदका अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरिता देवकोटाले ५ हजार ३ सय २४ भोट ल्याएकी थिइन् भने गठबन्धनमा कुरा नमिल्दा नेकपा (एकीकृत समाजवादी) ले पनि छुट्टै उम्मेदवार उठाएको थियो.। एकीकृत समाजवादीबाट राम प्रसाद चौधरीले ११ सय ४३ मत ल्याएका थिए.। घोराही उपमहानगरपालिकामा १ हजार ७ सय ३० मत भने बदर भएको थियो.। मतदाता शिक्षाको अभाव एवं तल माथि गरेर धेरै भोट हाल्नु पर्ने झन्झटिलो प्रक्रियाले गर्दा बदर भएको अधिकांश मत आफ्नो रहेको गठबन्धनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?