ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गिद्द रेष्टुरेन्टमा कुकुरको राज !

१८ भाद्र २०७५, सोमबार
१८ भाद्र २०७५, सोमबार

गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि मात्र १२ किलोमिटर उत्तर पूर्व रहेको एशियाको दोस्रो ‘जटायुँ रेष्टुरेन्ट’ व्यवस्थित नहँुदा स्थानीयले सास्ती भोगेका छन् । जटायू रेष्टुरेन्ट सञ्चालन भएपछि त्यहाँ राखिएको सिनो खान कुकुर पल्कीएपछि गिद्दले भन्दा बढि कुकुरले सिनो खान थालेपछि स्थानीयहरू चिन्तित बनेका छन् ।
वि.सं. २०७५ साल असार २९ गते स्थापना भएको उक्त जटायुँ रेष्टुरेन्ट विश्वमा लोप हुन लागेको गिद्द संरक्षणको लागि खोलिएको रेष्टुरेन्ट हो । पुर्णरूपमा छेकावार गर्न नसकीएको कारण कुुकुर गएर सिनो खाने जसले गर्दा सिनो खान आएका गिद्दहरू समेत कुकुरले धपाउने गरेको कारण थप समस्या भएको पूर्व संयोजक बाबुराम मल्लको भनाइ छ । उनी भन्छन्–‘सिनो खान पल्केपछि कुुकर धपाउनै समस्या भएको छ ।’ पछिल्लो समयमा सिनो खान पल्केको कुकुरले गाउँमा पालिएका कुखुरा, अन्य पशु चौपायमा पनि झम्टीने, टोक्ने र मार्ने गरेको कारण स्थानिय आजित बनेको उनको भनाई छ । जसलाई व्यवस्थापनको लागि गाउँपालिकासँग छेकावार लगाउनको लागि आर्थिक सहयोग मागिएको मल्ल बताउँछन् ।
सञ्चालन समितिका सचिव सुर्य अधिकारीका अनुसार केही समय देखि निल गाईले समेत थप समस्यामा पारेका छन् । सिनो राखिएको स्थानमा आएर सिनो खान आएका गिद्दलाई समेत गाईले धपाउने गरेको कारण थप समस्या भएको उनको भनाई छ ।
सञ्चालक समितिका संयोजक डम्मर बहादुर क्षेत्रीका अनुसार वृद्ध उमेर भएका छाडा चौपाया उक्त स्थानमा लगेर राखिन्छ ।
गाउँघरमा कहिँकतै छाडा चौपाया वा घरपालुवा चौपाय मरे भने पनि सोही स्थानमा लगेर राखिन्छ । जसमा लोपोन्मुख गिद्द आउने गर्दछन् । विशेषगरी गिद्द संरक्षणको लागि गिद्दको आहारा जुटाउनको लागि ‘जटायुँ रेष्टुरेन्ट’ खोलिएको हो । रेष्टुरेन्ट सञ्चालनको लागि समिति समेत बनाइएको छ । सोही समितिले उक्त स्थानमा रेखदेख गर्नुको साथै मरेका चौपायहरू लगेर सोही स्थानमा राख्ने काम गर्दछ । प्रकृतिको कुचिकारकोरूपमा वातावरण स्वच्छ राख्नमा गिद्दको सबैभन्दा ठूलो भूमिका रहेको संरक्षण विद् भुपाल नेपाली बताउँछन् । उनका अनुसार दक्षिण एशियामा पहिलो पटक नवलपरासी जिल्लाको पिठौलीमा समुदायमा आधारित पहिलो जटायू रेष्टुुरेन्ट सञ्चालनमा ल्याइएको थियो । यस्तै वि. सं. २०६५ सालमा रूपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल नजिकै दक्षिण एशियामा दोस्रो समुदायमा आधारित जटायूँ रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
सञ्चालन समितिका संयोजक डम्मबर बहादुर क्षेत्रीका अनुसार पर्यटक आकर्षण गर्ने स्थानकोरूपमा समेत पहिचान बनाएको जटायू रेष्टुरेन्टको प्रसार प्रसारको अभावमा ओझेलमा परेको छ । केही बर्ष सम्म नपाल पक्षि संरक्षण संघ, पशु पंक्षी मन्त्रालयले केही व्यवस्थापन लगायतका स्थानीयहरूको क्षमता अभिवृद्धिमा कार्य गरेपनि हाल उक्त निकायले हात झिकेको कारण सञ्चालक समिति आफैले उक्त कार्य गर्नुपरेको संयोजक क्षेत्रीको भनाइ छ ।
छेवैमा रहेको तालको सौन्दर्यकरण गरी थप पर्यटक आकर्षण गर्न जटायू रेष्टुरेन्ट सञ्चालन समितिका पूर्व संयोजक तथा गैडहवा सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष बाबुराम मल्लका अनुसार वि.सं.२०६५ साल देखि निरन्तर रूपमा रेष्टुरेन्ट सञ्चालनमा रहेको छ । केही आर्थिक अभावको कारण नियमित रूपमा सञ्चालनमा अफ्ठारो परे पनि स्थानीयहरूको सक्रियतामा रेष्टुरेन्ट निरन्तररूपमा सञ्चालनमा रहेको उनको भनाइ छ ।
यता, वि.सं.२०२० साल स्थानिय बलिराम यादवले मानवनिर्मित तालको रूपमा विकास गरेको गैडहवा तालको नजिकै रहेको जटायू रेष्टुरेन्टको विकासको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चु लाल केवट बताउँछन् । कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्दले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको संख्याममा हुने समेत न्यूनीकरण गर्ने गिद्द सम्बन्धी जानकार नेपाल पशुपंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपाली बताउँछन् ।
परिणामत मानिसमा रेबिज, प्लेग, हैजा, आँऊ र झाडापखालाको माहामारी तथा पशुचौपायामा हुने एन्थ्रेक्स, ब्रसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारीबाट बच्नसमेत मद्दत पुग्ने नेपालीले बताए । पारिस्थितिकीय प्रणाली सन्तुलनमा गिद्दको भूमिका महŒवपूर्ण छ । गिद्द आफ्नो आहारा खोजीका लागि सयौं किलोमिटर क्षेत्रसम्म उड्ने गर्छ । गिद्दलाई प्रकृतिको कुचिकार भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?