© २०२३
प्यूठान, ४ पुस ।
जिल्लाको ऐतिहासिक रूपमा परिचित भित्रीकोट दरबार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट सडक असुबिधाले ओझेलमा परेको हो । बाइसे चौबिसे राज्यकाल देखि ऐतिहासिक महŒव बोकेको दरवार ऐतिहासिक, पुरातात्विक महत्वका हिसावले रमणीय स्थान हो । जिल्लाले यसको प्रचारप्रसार र प्रवद्र्धनमा केही मात्रामा चासो दिएपनि यहाँ पुग्नका लागि सडक र दरवार व्यवस्थापनमा महŒव दिएका छैनन् । पछिल्लो समय यहाँको दरवार व्यवस्थापनका सहित सिढि निर्माणका लागि करिब ३ करोड प्राप्त रकमबाट काम सम्पन्न भएको थियो । त्यसैगरी गत आर्थिक वर्षमा भवन निर्माणका लागि पुरातत्व विभागले भग्नावशेष स्थलमा नयाँ भवन दरवार निर्माणका लागि ४५ लाख रूपैयाँ खर्च गरेको थियो ।
अब यहाँ वरिपरिको वातावरणीय सौन्दर्यकरण र अन्य पर्यटकिय पूर्वाधार निर्माणका लागि डिपिआर बमोजिम रकमको अभाव रहेको स्थानीय खगेश्वर थापाले बताए । यहाँको दरवार व्यवस्थापनका लागि २२ करोडको डिपिआर बनेको भएपनि क्रमागत रूपमा बजेट परेको छैन । हरेक वर्ष कनिका छरेझै बजेट पर्ने गरेको छ । प्यूठानको मुख्य सडक बिजुवार क्षेत्रबाट ५ किलोमिटर उत्तरी पश्चिममा भित्रिकोट दरबार अवस्थित छ ।
यहाँ पुग्नका लागि टिकुरी–गुरुङगाउँ–भित्रिकोट, हल्दीखोला–भित्रिकोट, पुण्यखोला–भित्रिकोट, खलीगाउँ–लम्छ्याङ सडकहरूले जोडिएका छन् । चारैतिरबाट यहाँ पुग्नका लागि सडक निर्माण गरिए पनि स्तरीय सडक निर्माण भएको छैन । कच्ची सडकको भरमा निजि सवारी साधन मात्र यहाँ आन्तरिक पर्यटकहरूले लैजाने गरेका छन् । जिल्लाको मध्य क्षेत्रबाट यहाँ पुग्नका लागि सहजै भएपनि सार्वजनिक यात्रुबाहक सवारी यहाँ चल्दैनन् ।
सडक सुबिधा भए आन्तरिक मात्र नभई बाह्य पर्यटकहरूलाई समेत ल्याउन सकिने प्यूठान नगरपाकिला ६ का वडा अध्यक्ष एनपि मगरले बताए । ‘भित्रीकोट दरबार हेर्न आउनेलाई झुलेनी र झुलेनी आउनेहरूलाई भित्रीकोट सम्म ल्याउन सक्नुपर्छ’, उनले भने, ‘खानेपानी, सडक पूर्वाधार र भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।’
पुर्खाले हेर्दै आएको भित्रिकोटमा रेखदेख गर्दै आएका डाल बहादुर थापा अस्वस्थ भइ हेरचाह गर्न छोडेका छन् । मन्दिरमा उठेको भेटिको रकबाट थापाले काम गर्दै आएका थिए । पर्याप्त आर्थिक नहुँदा अनले हिजोआज रेखदेख गर्न चासो दिएका छैनन् । रेखदेख गर्ने व्यक्ति नहुँदा पुरातात्विक हतियारको संरक्षणमा सुरक्षा चुनौती थपिएको स्थानीयले बताउँछन् । अहिले भित्रीकोट दरवारको नाममा सयौं रोपनी जग्गा भएपनि गुठियारहरूले यसको व्यवस्थापनका लागि सहयोग गरेका छैनन् । प्यूठानको बिर्तिकोट, पुण्यखोला, काटे लगायतका गुठीहरू संरक्षणका लागि भोगचलन गर्न दिएपनि उनीहरूले संरक्षणमा चासो दिएका छैनन् ।
राज्यको लगानी पर्खिदा स्थानीयले भोगचलन गर्दै आएको गुठिकको जग्गा भोगचलन गर्नेहरूबाट मासिक आम्दानी जम्मा गर्नुपर्ने माग छ । तत्कालीन समयमा चौबिसे राज्य अन्तर्गत पर्ने प्यूठान राज्यको प्रशासनिक केन्द्र भित्रीकोट दरबार नजिकै राजाले पानी पिउनका लागि बनाएको पोखरी अहिले अबशेषका रूपमा मात्रै रहेको छ । दरबारमा तत्कालीन राजाले सुरक्षाका लागि बनाएका हतियारहरू हराउदै गएका छन् । ४ सय थान युुद्धसँग सम्बद्ध हतियारहरू भएपनि हाल चालिस थान हतियारहरू स्थानीयले जोगाइराखेका छन् ।
भित्रीकोटको इतिहास
इतिहासकार डा. बम बहादुर अधिकारी र डा. गितु गिरीले लेखेका कितावहरूमा तत्कालीन समयमा चौविसे राज्य अन्र्तगत पर्ने प्यूठानमा १४ राजाहरूले शासन गरेको इतिहास उल्लेख छ । सत्रौं शताब्दीतिर चन्दवंशी राजाहरूले शासन गरेको बताइन्छ ।
आफ्नो सुरक्षाका लागि दरबारका वरिपरि ढुंगाको पर्खाल लगाइएको छ । त्यस समयमा निर्माण गरिएका तरवार, भाला, छुपि, धनुषवाण, खुकुरी र ढुंगाहरू अहिले जीर्ण अवस्थामा रहेका छन् । विभिन्न आकारमा काठका बुट्टाले कुदिएर बनाएको मन्दिर छ । त्यस बेलाका पहिलो राजाले पोखरी, कुवा निर्माण गरेको अहिले नमुनाको रूपमा मात्र देख्न सकिन्छ । यसको पछिल्लो ऐतिहासिक पृष्ठभुमि हेर्दा राजा लटराजले १६ हजार घरधुरी भएको प्यूठान राज्यको राज्य संचालन गरेका थिए । अन्तिम राजाको रूपमा वि. सं. १८४३ कात्र्तिक १९ मा मोतिचन्दको समय पछि नेपालमा विलय भएको इतिहास पाइन्छ ।
साविक जिल्ला विकास समिति, प्यूठान नगरपालिका लगायतले यसको प्रबद्र्धनमा हात हालेपनि प्रभावकारी बन्न सकेको छैन । पर्यटन प्रबद्र्धनका माध्ययमबाट स्थानीयले आम्दानी गर्न सक्दछन् । तर, ज्ञान नहुँदा सरोकारवालाले पूर्वाधार निर्माणका लागि उचित वजेट विनियोजन गर्न सकेका छैनन् । यद्यपी यहाँ पर्यटन प्रवद्र्धन भन्दै प्याराग्लाइङिको पनि सफल परिक्षण भएको थियो । प्यूठान नगरपालिकाले सन् २०२१ लाई घुम्न जाऔं भित्रीकोट अभियान सञ्चालनको घोषणा गरेको थियो । यो अभियान कार्यान्वयनमा सफल हुन नसकेको स्थानीय बताउँछन् । प्यूठानको गहना भएपनि प्यूठानका जिम्मेवारहरूले भित्रीकोटको महत्वलाई बुझ्न नसक्दा गुमनाम बन्दै गएको उनीहरूको ठम्याइ छ ।
पछिल्लो समयमा भित्रिकोटको पर्यटन प्रबद्र्धनका लागि प्यूठान उद्योग वाणिज्य प्यूठान नगर बजार क्षेत्रले प्रथम भित्रिकोट महोत्सवको आयोजना गरेको जनाएको छ । संस्थाका अध्यक्ष प्यार अलिखानले प्यूठान र प्यूठान नगरपालिकाको ऐतिहासिक महत्व बोकेको भित्रिकोटको नाम, लोगो मात्रै नभई महोत्सवका अवसारमा डिजिटल डकुमेन्टी समेत निर्माण गरी यहाँको गरिमालाई प्रस्तुत गर्ने बताए । महोत्सव आयोजनाले थाहा नभएका व्यक्तिहरूलाई घुम्न जाने अवसर मिलाउने उनको भनाई छ । ‘हामीले प्यूठान महोत्सव मात्रै भनेर पनि महोत्सव लगाउन सक्थ्यौ तर पर्यटन प्रवद्र्धन लागि भित्रिकोट नामाकरण गरेका हौं,’ अध्यक्ष खानले भने,‘भिडियो सामग्रीहरू निर्माण गरी आउने दर्शकहरूलाई यहाँको ऐतिहासिक महत्व बारे जानकारी गराउने तयारी छ ।’
ऐतिहासिक रूपले भित्रीकोट जति महत्व भएपनि आगन्तुुकका लागि आवस्यक सेवा सुुविधाहरू पर्याप्त छैनन् । पिउने स्वच्छ पानी, सडक लगायतका पूर्वाधारको विकास गर्न सकिएको छैन । भित्रीकोटबाट प्यूठानका अधिकांश ठाँउहरूको अवलोकन मात्र होइन पूर्वउत्तरतिर धवलागिरी र पश्चिममा सिस्ने हिमालको अवलोकन गर्न सकिन्छ । यसरी भित्रीकोट ऐतिहासिक मात्र होइन दृष्यावलोकनको हिसाबले एक उचित गन्तव्य पनि हो । भित्रीकोटको आफ्रनै इतिहास भएपनि ठोस नीति र कार्यक्रमको अभावले ओझेलमा परेको जानकारहरूको भनाई छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी