© २०२३
खग प्रसाद चापागाई/कपिलवस्तु १७ असार
कपिलवस्तु प्रहरीको टोलीले दुई छुट्टा छुट्टै स्थानबाट एक थान रिबल्बर र २२ केजी चरेस सहित ५ व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा पोशाकको प्रहरीको टोलीले कपिलवस्तु नगरपालिका ११ जहदीमा लु २३ प ८८३ नम्बरको मोटरसाईकलमा शंका लागी चेकजाँच गर्दा सोही स्थानका मातेश्वर अहिरको साथबाट एक थान रिबल्भर फेला परेको जनाईएको छ । उनी सवार मोटरसाईकलका चालक सोही स्थानका नन्द किशोर यादवलाई समेत नियन्त्रणमा लिईएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिए । त्यसै गरि वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले शिवराज नगरपालिका १ उमरी चोकबाट २२ केजी चरेस सहित तिन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी र नेपालगंज स्थित अनुसन्धान समुहको संयुक्त टोलीले सवारी साधनको चेकजाँच गर्ने क्रममा रा ३ प २३४३ नम्बरको मोटरसाईकलमा सवारहरुले बोकेको झोला र बोरामा रहेको २२ केजी चरेस नियन्त्रणमा लिएको जनाईएको छ । बरामद चरेस सगै प्रहरीको टोलीले झोला र बोरा बरामद गरिएका व्यक्तिहरु रोल्पा थवाङ्ग गाँउपालिका घर भई हाल शिवराज नगरपालिका १ उमरीचोक बस्ने राश कुमार रोका, सोहि स्थानका किरण प्रकाश बम र दाङ्ग जिल्ला तुल्सिपुर उपमहानगरपालिका ६ का आशिष खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक यादवले जनाए । यसै बिच जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलनको आयोजना गरि नियन्त्रणमा लिईएकाहरुलाई सार्वजनिक गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी