ट्रेंडिंग:

>> सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी >> तुलसीपुरका भाडामा रहेका वडाले आफ्नै भवनबाट सेवा दिंदै >> पाल्पामा सुन्तला महोत्सव हुने >> एमालेले विरासत फर्काउँदा काँग्रेसले गुमायो >> दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत, लुम्बिनी लायन्स पराजित >> जथाभावी सडक निर्माणले विपत्ती: मुख्यमन्त्री कँडेल >> सुनसरीमा सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद >> श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खोज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति >> चलचित्र बोर्डले ११ हललाई कानूनी पत्र >> दक्षिण कोरियामा महाभियोगको प्रस्ताव, राष्ट्रपति योलको चुनौती >> एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य >> ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्विटर वितरण >> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ?

महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

नवलपरासी, १९ मंसिर ।
जिल्ला स्थित महेशपुर भन्सारमा भन्सार प्रमुख सहितको कर्मचारी सेटिड्डले तस्करी गराउँदा राजस्व घटेको कुरा सार्वजनिक भएपछि भन्सार प्रमुख प्रमुख बुद्धिकुमार चुडालको सरुवा भएको छ । सो नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घटदै ओरालो लाग्नु प्रहरीको मिलोमतो कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिगँले गर्दा राजश्व ह्रास हुने गरेको रहस्य सार्वजनिक भएपछि प्रमुख चुडालको सरुवा भएको स्थानीयले बताएका हुन् ।

भन्सार प्रमुख चुडालको कार्यशैली ठिक नभएको स्थानीय र प्रहरी अधिकृतहरूले समेत गुनासो गर्दै आएका थिए । भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानिय केही ब्यापारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मूल्यांकन घटाउदै थोरै रकममा लिलाम गराई रहेको रहस्य खुल्न थालेको समाचारहरू सार्वजनिक भएको थियो । एकै दिनमा तिन तिन पटक सुचना टास गरि मुल्यांकन घटाउने गरिएको थियो । सो सुचनाहरू भन्सार कार्यालयको वेभसाईटमा पनि अपलोड गरिदैन् । बाहिरबाट यदि कसैले कुनै मार्फत सुचना पाएर लिलाम लिन पुग्दा त्यसलाई छोप्ने कार्य समेत स्थानीय केही गुण्डा परिचालित हुँदै आएका छन् । गुण्डा परिचालन भए पछि पहिलो पटकको मुल्याँकनमा स्थानीय कसैले पनि लिलाम सकार गर्दैनन् ।

ती क्रम अन्तिम समय सम्म भई रहन्छ । अन्तमा कर्मचारीसँग सेटिगँ मिलिसके पछि केही फर्मले लिलाम न्यून लिलाम रकम भरेर सकार गर्छन् । राजस्व घट्को रकममा कर्मचारी, गुण्डाहरू र ब्यापारीहरूको भाग लाग्ने गर्छ । पहिलो पटकमा लिलाम भएन भने २० प्रतिसतसम्म मुल्याँकन घटाईन्छ, दोश्रो पटकमा १० प्रतिसत मूल्याँकन घटाइन्छ, भागबण्डाको सेटिगँ नमिलेसम्म त्यो क्रम जारी रहन्छ । अन्तिममा लिलाम सकार भए पछि कर्मचारी र गुण्डाहरूले राजस्वमा घटेको रकमबाट भागबण्डा मिलाउछन् । ब्यापारीहरूले सस्तोमा भन्सार समाग्रि पाउछन्,जुन उनीहरूको खरिद सरहको स्टक मिलाउँछन्, तिनै स्टकको अधिकारिक विक्रि नभएसम्म तिनै कागजपत्र देखाएर तस्करी गरि नै रहन्छन् । प्रहरीले विचमा समात्यो भन्ने तिनै लिलाम मालबस्तु भएको दाबी गर्दै कारोबार गरिरहन्छन् ।

प्रहरीले जोखिम मोलेर मालबस्तु बरामद गर्छ, भारत र नेपालको खरिद विक्रिको बजार मूल्याँकनको आधारमा मूल्य कायम गरेर भन्सार पठाईदिन्छ । जुन भन्सार कार्यालयकै कर्मचारीले सेटिगँमा राजस्व घटाई दिँदा प्रहरीले पाउने अधिकारिक कमिसन रकम पनि थोरै हुन्छ । यसले प्रहरीले समेत तस्करी नियन्त्रण भन्दा तिनै तस्करसँग हातमा हात साथमा साथ मिलाउन बाध्य हुने गरेका छन् । प्रहरीले मूल्याँकन गरि पाठएको मालबस्तुको मूल्याँकन सधै घटाउदै लिलाम गर्दै आएको प्रहरीले समेत गुनासो गर्दै आएका थिए । सो रहस्यबारे भन्सारका प्रमुख चुडालले प्रहरीले हचुवाको भरमा मुल्याँकन गरि पठाई दिने गरेको जिकिर गर्दै आएका थिए । जुन लिलाम गर्दा ब्यपारीले लिलाम लिदैनन् । केही दिनमै खाद्यान जस्ता खराब भएर जाने मालबस्तु नष्ट पनि हुन्छ सक्छ, त्यही भएर जति सक्दो मुल्याँकन घटाएर भएपनि लिलामी प्रकृया बढाइन्छ । लिलाममा सिण्डिकेट र गुडा्गर्दीका कुरा स्वीकार्दै आएका पनि थिए ।

सेटिगँका कारण भन्सारसम्म बाहिरका ब्यपारी पुग्नै सक्दैनन । सबै सेटिगँको कुरा रहेछ, सबैलाइै पैसो चाहियो,भन्सारको प्रगति वा राजकोषमा राजस्व वृद्धि भाडमा जाउन मतलब छैन् । यसबारे महेशपुर मै घर भएका पुर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता देवेन्द्र राज कण्डेलले पनि यो भन्सार कर्मचारीलाई कमाई खाने भाडो मात्र बनेको बताएका थिए । आफु साँसद हुदा नै भन्सार मुल भन्सारको रूपमा सञ्चालनमा आएको, जग्गा अधिग्रहणका लागि दुई पटक बजेट पनि पठाउन लागएको तर भन्सार कर्मचारीलाई भन्सारको प्रगतिको कुनै मतलब नहुदा सो रकम फ्रिज भएर गएको उनको आरोप थियो ।
सिमाक्षेत्रमा हुने चोरी तस्करी, बनस्पती (प्लान्ट) क्वारेन्टाईन अभाव तथा थोरै जनशतिmका कारणले पनि भन्सारबाट उठ्ने राजस्व ओरालो लाग्ने गरेको भन्सार कार्यालयले दाबी गर्दै आएको छ । क्वारेन्टाईन नहुनु एउटा पक्ष होला तर भन्सार प्रमुख तथा कर्मचारीको सेटिगँले पनि राजस्व ओरालो लागेको प्रष्ट बुझ्न सकिन्छ । विगतमा भन्सार राजस्व वृद्धि हुदै २७ करोडसम्म उठदा पनि क्वारेन्टाईन थिएन्,तर अहिले क्वारेन्टाईन नभएको बहानाबाजी मात्र हो । तस्करी कार्य गर्ने तस्करहरूले समेत भन्सार प्रमुखले बेला बेला फोन गर्ने र सम्पर्क हुदै आएको बताउने गरेका थिए ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०८१ ।०८२ को साउनमा ४८ वटा मुद्दाबाट १७ लाख २ सय ६३ हजार,भदौमा ३ सय ६१ मुद्दाबाट ८७ लाख ४० हजार,असोजमा १ सय १० मुद्दाबाट ९७ लाख सम्म लिलामबाट राजस्व संकलन भएका छन् । जबकी नेपाल प्रहरी र शसस्त्र प्रहरीले मासिक करोड भन्दा बढिका मालबस्तुहरू बरामद गरि भन्सार बुझाउदै आएको दाबी गर्दै आएका छन् । भन्सारको तथ्याँक अनुसार आर्थिक बर्ष २०७६/०७७ मा १४ करोड ६० लाख राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ८९.३६ प्रतिसत १३ करोड ४ लाख ६२ हजार राजस्व संकलन गरेको थियो । आ.ब. ०७७/०७८ मा २६ करोड ७० लाख ५४ हजार लक्ष्य राखेर १०२.२३ प्रतिसत २७ करोड ३० लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको थियो ।
राजस्वमा लक्ष्य भन्दा बढि संकलन गरि हौसिएको भन्सार कार्यालयले आ.ब.०७८/०७९ मा ४५ करोड ६० लाख ६९ हजार लक्ष्य राख्दा बर्ष भरिमा लक्ष्यको ४८.९७ प्रतिसत २२ करोड ३३ लाख ४५ हजार मात्र राजस्व उठाउन सक्यो । राजस्व ओरालो लाग्दा भन्सार कार्यालयले आ.ब.०७९/८० का लागि राजस्व लक्ष्य नै घटाउदै ३३ करोड २६ लाख ६१ हजार राखेर राजस्व संकलन गर्दा झन राजस्व उठ्ने दर घटेर ३२.२८ प्रतिसत १० करोड ७३ लाख ८८ हजार राजस्व संकलन गर्न सक्यो । त्यसले गर्दा आ.ब.०८०/०८१ मा पुनः राजस्व संकलन लक्ष्य घटाएर १६ करोड ३५ लाख ८५ हजार बनाई राजस्व संकलन गर्दा ९२.४१ प्रतिसत १५ करोड ११ लाख ८० हजार राजस्व संकलन गरेको तथ्याँक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?