ट्रेंडिंग:

>> स्थानीय शैक्षिक सामग्रीको प्रयोग प्रभावकारी >> मानव बेचबिखनका घट्ना बढ्दै >> खुल्यो लुम्बिनी चिनी उद्योगको ताला >> रूपन्देहीमा गहुँजोन समन्वय समिति पुनर्गठन >> मुख्यमन्त्रीसँग गीत संगीत र कला पारखीहरूको भलाकुसारी >> गाउँ भेट्नै ‘अलमल’ >> १३औं कपिलवस्तु डान्स आईडलको मेगा अडिसन समाप्त, १५ प्रतिस्पर्धी चयन >> आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने >> बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित >> आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा शतबीज छरिँदै >> एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कान्तिकी अदितीलाई >> दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा >> सरकारी वकिल कार्यालयमा रवि लामिछानेको छ घन्टा बयान, अझै तीन दिन काठमाडौंको हिरासतमा >> लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली >> लुम्बिनी बौद्ध विश्वविद्यालयमा २८९ जना दीक्षित >> रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु >> ‘लरेन्स विश्वोई’को नाममा व्यवसायीलाई धम्की दिने दुर्गा प्रसाईंका सहयोगी, प्रसाईंले नै दिन्थे आदेश >> रामेछापमा गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु >> प्रधानसेनापतिद्दारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान >> शिक्षकको लापरपाहीले विद्यालयको गेट ढल्दाँ दुई बालक घाइते, एकको अवस्था गम्भिर >> परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा गरायो प्रधानमन्त्री ओलीको चीन भ्रमणको जानकारी >> दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते >> कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका >> विरोधका लागि विरोध गरेर समय खेर नफालौंः विष्णु पौडेल >> ३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार >> प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस >> नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड >> श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, फिल्डिङमा >> स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला >> अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध >> बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए >> यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री >> राप्तीका तीन हजार बालबालिकाको पोषण जाँच्ने >> पुलले जोड्दै गौमुखीका दुई गाउँ >> उद्योगी ब्याडमिन्टन प्रतियोगिता >> मतदाताले धैर्य र विवेक पु¥याउने बेला >> बाणगंगामा तेस्रो महिला ब्याडमिन्टन प्रतियोगिताः लैंगिक हिंसाविरुद्ध अभियानको एक पहल >> कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता >> बालबालिकालाई खोप लगाऔं, स्वस्थ बनाऔं >> बाणगंगाको मधुवनधाममा जीवन र बौद्ध धर्मबारे अन्तरक्रिया >> जलवायु परिवर्तनको बहुआयामिक असर >> चेरनेटा–बरौला सडक कालोपत्रे हुँदै >> सिंचाईले कचल गाउँमा कमाल >> गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै >> अन्तर्राष्ट्रिय नियमित उडानका लागि मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम >> पश्चिमी वायुको प्रभाव : शनिबार केही ठाउँमा हिमपात हुने >> तुलसीपुर उपमहानगरमा कर्मचारी बढुवा विवादः कानुनी र प्रशासनिक प्रश्नहरू >> अवैधरुपमा कुवेत जान लागेका १३ जना युवतीको उद्दार >> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

गाउँ भेट्नै ‘अलमल’

कुनै उपमहानगरपालिका र कुनै नगरपालिका बनिसकेका छन् । केही क्षेत्रमा अझै गाउँलेपन बाँकी छ तर धेरै जसोले आफ्नो नाम, अवस्था, आर्थिक विकास, निर्माण सबैको संक्रमण अवस्था बेहोर्दै छन् । पूर्ण रूपान्तरित भएपछि कुला, मौजा र अन्तमा आफ्नो इतिहास आफैं लोप गर्ने तरखरमा हाम्रो समाज तयार देखिन्छ ।
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

बुटवल, १५ मंसिर ।
तिलोत्तमा नगरपालिका सापेक्षिक रूपमा नयाँ पालिका हो । अवस्थिति, सामाजिक परम्परा, आर्थिक क्रमबद्धता, जनसहभागिता, र स्थानीय नेतृत्व विकासका दृष्टिले महत्त्वपूर्ण मानक स्थापित गरेको छ । कुनै पनि समाज जसले उचाई हासिल गर्न चाहन्छ । त्यो आफ्नो इतिहासको बलियो जगमा स्थापित हुनु पर्छ । कुनै पनि पानीफोहराको उचाई बढाउनु छ भने त्यसलाई जमीनमा त्यति नै गहिरोमा पुर्याउनु पर्छ । कुनै रुखले उचाई हासिल गर्नु छ भने त्यसले जरा त्यति नै गहिरोमा पुर्याउनु पर्छ ।
तिलोत्तमा नगरपालिकाको इतिहास मणिग्राम हो । मणिग्रामको इतिहास नौकट्टी (नवकट्टी), नवकट्टीको इतिहास रामवन, नन्दन वन आदि र यी वनहरूको इतिहास कुमारीको जंगल हो । र यस नयाँ कटानको इतिहास राममणि सरदार हुन् । राममणिको इतिहास चन्द्रशम्शेर, चन्द्रशम्शेरको इतिहास राणा वंश संस्थापक जंगबहादुर हुन् । जंगबहादुरको इतिहास राजेन्द्रलक्ष्मी हुन् । यसरी कुनै स्थान नामको प्राचीनतामा ठूलो इतिहास, संस्कृति र परम्परा लुकेको हुन्छ । त्यसैले पुरातत्त्वविद् र इहिासकार हेनरिक स्लीम्यानले वर्तमान इतिहासको जग नामको पौराणिकता र इतिहासमा लुकेको हुन्छ भनेका छन् । यसलाई उनले हिस्टोरिसिटी अफ् प्लेसेज भन्छन् ।

गाउँ (आजको नगरपालिका) का पुराना मानिसहरू वा उनीहरूका पुराना नातेदार भेट गर्न आउँदा आफ्ना मानिसको घर भएको गाउँ समेत फेला नपार्ने अवस्थामा हामीहरू पुगेका छौं । कुनै पुरानो नाम सोध्यो भने विविध बसाईंले गर्दा प्रायः इरिक्साले चिन्दैनन् । अहिले राखिएका नयाँ नयाँ नसुनेका, अप्रचलित (तर लिखितमा भएका) नाम सोधपूछ गर्दा धेरैलाई त्यो नाम थाहा हुन्न । पुराना बासिन्दाहरू ती नामबाट पूर्णतया अपरिचित हुन्छन् । फलस्वरूप पुराना बासिन्दा बसाईं सर्नेहरूको दृष्टिमा नयाँ बासिन्दा हुन जान्छन् । उदाहरणका लागि वि.सं. २०४७ भन्दा पुराना बासिन्दाहरूमध्यृ धेरैलाई नयाँ नामहरूको जानकारी छैन भने वि.सं.२०६० आसपास बासिन्दा भएकाहरूलाई पुराना नामको जानकारी नभएको भेटिएको छ । यस्ता घटनाबाट म स्वयं पनि दुई चार भएको छू । मणिग्रामबाट बरको रुखमा लैजाने रिक्सा चाहियो भने पाईंदैन । बरको रुख यहाँ कहीं छैन भन्छन् किनभने लिखित कागजमा त्यो लोप भइसक्यो । यस्तै रह्यो भने पछि भैरहवा वा बुटवलबाट मणिग्राम जाने ट्याक्सी वा बस नपाइने दिन पनि आउन सक्छ ।

तिलोत्तमाको सोह्र छत्तिस नाममा यसको आर्थिक इतिहासको झलक पाइन्छ । मणिग्राम, वा माझ खण्ड वा नवकट्टी (नौकट्टी), सोह्रछत्तिस सबैको आफ्ना इतिहास परम्परा छ । यद्यपि अब सोह्र छत्तिसको इतिहास पनि लोप हुने तरखरमा छ । सोह्र छत्तिसको प्रत्येक कुलो एउटा मौजामा जोडिएको छ । जसले मौजा त्यस कुलोभन्दा पुरानो हो भन्ने स्पष्ट हुन्छ । मौजामा बस्ने गाउँले मानिसहरूको इतिहास अझ पुरानो हुने निश्चित छ ।

सोह्र छत्तिस भने पनि यहाँ १०० भन्दा बढी कुला र नौ दसवटा झरन कुलाहरू छन् । यी सबैको इतिहास कन्या ढुंगा, मझुवा, कालिकानगर देखि नरसिंहगढ, सुपौली, ठटरीहवा, भरौलियाका बीचका बसोबास क्षेत्रहरूमा छ । जसमये कुनै उपमहानगरपालिका र कुनै नगरपालिका बनिसकेका छन् । केही क्षेत्रमा अझै गाउँलेपन बाँकी छ तर धेरै जसोले आफ्नो नाम, अवस्था, आर्थिक विकास, निर्माण सबैको संक्रमण अवस्था बेहोर्दै छन् ।

पूर्ण रूपान्तरित भएपछि कुला, मौजा र अन्तमा आफ्नो इतिहास आफैं लोप गर्ने तरखरमा हाम्रो समाज तयार देखिन्छ । अग्रगामी हुने क्रममा नेपालभरी प्राचीनतालाई कसरी बेवास्ता गरियो यसको उदाहरण काठमाडौंमा दर्ता गरिएका अक्सफोर्ड, नासा, ह्वाइट हाउस नाम गरेका शैक्षिक संस्थाहरू तथा जनस्तरबाट तिनीहरूको स्वीकार्यता हो ।

गाउँ पालिका वा गाउँ विकास समितिहरू नगरपालिका बने पछि यो अग्रगामीपनमा त्वरा देखिएको छ । पुराना नामहरू लोप हुँदै गएका छन् । केही वर्ष पछि यी नामहरू पूर्णरूपमा लोप हुन सक्छन् । अनि त्यसमा बस्ने पुराना मानिसहरू आफ्नो घर टोलमा पूर्ण रूपमा अजनबी हुने छन् । पुराना बासिन्दाहरूले भनेका नाम यहाँ भेटिने छैनन् । अहिलेका बासिन्दाहरूले चिनेका जानेका ठाउँहरूको पुराना बासिन्दालाई जानकारी हुने छैन । मानिसहरूले एक अर्कालाई चिन्ने आधार स्थान पनि हो । दुवै जना एउटै गाउँ ठाउँका रहेछन् भने त्यो पनि एउटा परिचित हुनु हो । तर एउटै ठाउँलाई दुईजनाले दुईनामले चिन्छन् दुईजना परिचित हुनु पर्ने बासिन्दाका बीचमा पनि एक दूरी निर्माण हुनु हो । यस दूरीले गर्दा आफ्नै टोलका दुई जना मानिस आपसमा अजनबी हुन जान्छन् ।

कुनै ठाउँको पुरानो बासिन्दा हुनु अब बासिन्दाहरूको कमजोरी वा दोष हुन पुगेको छ । किनभने पुरानो मानिसले जब आफ्नो गाउँको बाटो सोध्छ । अहिलेका बासिन्दाहरुले छैन भन्छन् वा बताउन सक्दैनन् । जीपिएस र गुगल म्यापले त झन् त्यो ठाउँ नेपालमा अझै अभ्यासमा पुग्न समय लाग्छ नै । यसले गर्दा पुरानो मानिस अचानक कुनै नयाँ यस्तो देशमा पुगेको अनुभव गर्दे छन्, जहाँ उसलाई चिन्ने कोही छैन ।
हाम्रो अग्रगामी विकासले यो आधारभूत समस्यालाई बेवास्ता गरेर केवल क्रमभंगताको सिद्धान्त लिएको देखिन्छ । यसले गर्दा स्थानीय इतिहास लोप हुने छ । यदि हामीले आफ्नो प्राचीनता बिर्सन तयार छौं भने गुगल त हामीभन्दा पनि अग्रगामी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?