ट्रेंडिंग:

>> स्थानीय शैक्षिक सामग्रीको प्रयोग प्रभावकारी >> मानव बेचबिखनका घट्ना बढ्दै >> खुल्यो लुम्बिनी चिनी उद्योगको ताला >> रूपन्देहीमा गहुँजोन समन्वय समिति पुनर्गठन >> मुख्यमन्त्रीसँग गीत संगीत र कला पारखीहरूको भलाकुसारी >> गाउँ भेट्नै ‘अलमल’ >> १३औं कपिलवस्तु डान्स आईडलको मेगा अडिसन समाप्त, १५ प्रतिस्पर्धी चयन >> आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने >> बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित >> आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा शतबीज छरिँदै >> एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कान्तिकी अदितीलाई >> दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा >> सरकारी वकिल कार्यालयमा रवि लामिछानेको छ घन्टा बयान, अझै तीन दिन काठमाडौंको हिरासतमा >> लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली >> लुम्बिनी बौद्ध विश्वविद्यालयमा २८९ जना दीक्षित >> रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु >> ‘लरेन्स विश्वोई’को नाममा व्यवसायीलाई धम्की दिने दुर्गा प्रसाईंका सहयोगी, प्रसाईंले नै दिन्थे आदेश >> रामेछापमा गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु >> प्रधानसेनापतिद्दारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान >> शिक्षकको लापरपाहीले विद्यालयको गेट ढल्दाँ दुई बालक घाइते, एकको अवस्था गम्भिर >> परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा गरायो प्रधानमन्त्री ओलीको चीन भ्रमणको जानकारी >> दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते >> कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका >> विरोधका लागि विरोध गरेर समय खेर नफालौंः विष्णु पौडेल >> ३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार >> प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस >> नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड >> श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, फिल्डिङमा >> स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला >> अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध >> बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए >> यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री >> राप्तीका तीन हजार बालबालिकाको पोषण जाँच्ने >> पुलले जोड्दै गौमुखीका दुई गाउँ >> उद्योगी ब्याडमिन्टन प्रतियोगिता >> मतदाताले धैर्य र विवेक पु¥याउने बेला >> बाणगंगामा तेस्रो महिला ब्याडमिन्टन प्रतियोगिताः लैंगिक हिंसाविरुद्ध अभियानको एक पहल >> कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता >> बालबालिकालाई खोप लगाऔं, स्वस्थ बनाऔं >> बाणगंगाको मधुवनधाममा जीवन र बौद्ध धर्मबारे अन्तरक्रिया >> जलवायु परिवर्तनको बहुआयामिक असर >> चेरनेटा–बरौला सडक कालोपत्रे हुँदै >> सिंचाईले कचल गाउँमा कमाल >> गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै >> अन्तर्राष्ट्रिय नियमित उडानका लागि मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम >> पश्चिमी वायुको प्रभाव : शनिबार केही ठाउँमा हिमपात हुने >> तुलसीपुर उपमहानगरमा कर्मचारी बढुवा विवादः कानुनी र प्रशासनिक प्रश्नहरू >> अवैधरुपमा कुवेत जान लागेका १३ जना युवतीको उद्दार >> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

रूपन्देहीमा गहुँजोन समन्वय समिति पुनर्गठन

१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

बुटवल, १५ मंसिर ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रूपन्देही अन्तर्गत रूपन्देहीमा सञ्चालन भएको गहुँ जोनको सञ्चालन समन्वय समिति पूनर्गठन गरिएको छ । शुक्रबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी समिति पूनर्गठन गरिएको हो ।
गहुँ जोन सञ्चालन समन्वय समिति पूनर्गठन कार्यक्रममा रूपन्देहीमा गहुँ जोन कार्यक्रम कार्यान्वयन भएका ३ वटा स्थानीय तह कोटहीमाई गाँउपालिका, समरीमाई गाँउपालिका र मर्चवारी गाँउपालिकाको विभिन्न वडाहरूमा रहेका कृषि सहकारी संस्था तथा कृषक समूहको तर्फबाट प्रतिनिधित हुने गरि हरेक स्थानीय तहबाट ३ जना प्रतिनिधि छनौट भई समिति पूनर्गठनको लागि आएका थिए । पूनर्गठन कार्यक्रमको सञ्चालन कृषि अधिकृत सौरज विश्वकर्मा गर्दै समिति गठनको उद्देश्य तथा भूमिकाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

पूनर्गठन कार्यक्रमबाट कोटहीमाई गा.पा–५ मा रहेको नवदुर्गा बहुउद्दश्ययी स्वालम्बन सहकारी संस्थाको अध्यक्ष दुर्गा प्रसाद कुर्मी संयोजकत्वमा ३ महिला सदस्य सहित ९ सदस्य समिति चयन गरेको छ । कार्यक्रममा नि–वर्तमान समितिका सदस्यहरूले गहुँ जोन सञ्चालनमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै प्रशंसा–पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै पूनर्गठित गहुँ जोन सञ्चालन समन्वय समितको संयोजक रूपमा चयन हुनु भएका दुर्गा प्रसाद कुर्मीले गहुँ जोन कार्यक्रमलाई सफल बनाउन लागि सबै सरोकारवालासँग सहकार्य तथा समन्वय गरी समितिले कार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र रूपन्दहीका वरिष्ठ कृषि प्रसार अधिकृत अनिल कानु बाँनिया ले गहुँ जोन सञ्चालन समन्वय समितिले कार्यालयहरूसँग समन्वय गरी मर्चवार क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले नयाँ समितिले पनि कृषकको हितको लागि अझै राम्रो कार्य गर्नको शुभकामना व्यक्त गरेका थिए ।

सम्मरीमाईगाउँपालिका कृषि शाखा प्रमुख सुरज पाण्डेले गहुँ जोनले अघिल्लो समिति तथा स्थानिय तहसँग समेत समन्वय गरि गहुँको उत्पादकत्व बृद्दि तथा लागत न्यूनिकरणमा उल्लेखनिय कार्य गरकाले नयाँ समितिले पनि समन्वय तथा सहकार्य गरि उत्कृष्ट कार्य गर्नको लागि सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देही कार्यक्रममा प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले पूनर्गठित पुरानो समितिको अतुलनिय योगदानको चर्चा गर्दै धन्यवाद व्यक्त गर्नुका साथै पूनर्गठित गहुँ जोन सञ्चालन समन्वय समितिका संयोजक तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै समितिले जोन क्षेत्र कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण योगदान गर्न सक्ने भएकाले सबै सदस्यहरू एकताबद्ध भएर आधुनिक उन्नत प्रविधिहरू अवलम्बन गर्दै गहुँ जोनमा पूर्ण यान्त्रिकीकरण गर्न आवश्यक सहयोग गर्न तथा विभिन्न समस्याहरूको समयमै समाधान गर्न अग्रसर भएर लाग्न सुझाव प्रदान गरी कार्यक्रमको समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?