© २०२३
कपिलवस्तु, १५ मंसिर ।
करिब ५० बर्षअघि स्थापना भएको विद्यालय, विद्यालयका पुराना र जीर्ण भौतिक संरचना तर तिनै भौतिक संरचना भित्र पनि व्यवस्थित छ विद्यालय । विद्यालयमा निलो मिड्डी, पाईन्ट तथा आकाशी रंगको सर्ट लगाएर आउने विद्यार्थीलाई बिद्यालयमा समय बितको पत्तै हुँदैन । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर १ ईमलिया पुर्व स्थित श्री आधारभुत विद्यालयको कक्षा २ मा पढने ६ बर्षिय शिवानी कोहार सहितका बिद्यार्थीलाई अहिले कक्षामा पढ्न आनन्द लाग्छ । शिवानीले गणितको हिसाब जोड र घटाउ गर्न विद्यालयमै बाँसको डाठबाट बनाईएको शैक्षिक सामग्री प्रयोग गर्छिन । यस अघि औंलामा जोड्दाँ गन्न गडबड हुने गरे पनि बिद्यालयले स्थानीय श्रोतबाट तयार पारेको बाँसको डाठ टुक्रा पारेर बनाईएको शैक्षिक सामाग्रीका कारण उनलाई हिसाब मिलाउन सहज भएको छ ।
अहिले आफुले जोड र घटाउ जानी सकेको उनले अनुभव सुनाईन । उनी जस्तै सोही कक्षामा अध्ययनरत बिद्यार्थी राम कुमार खरबिन्द पनि जोड् घटाउन गर्न जान्ने भएको बताउछन । बाँसको डाठले बनेको शैक्षिक सामग्री मात्रै होईन उनले ब्लकका गोट्टी प्रयोग गरेर हिसाब मिलाउँछन । शिवानी र रामकुमार जस्ता विद्यालयका अन्य विद्यार्थीले पनि स्थानीय सामग्री बाट तयार भएको शिक्षण सामग्री प्रयोग गरेर पढाइलाई प्रभावकारी बनाइरहेका छन । सो बिद्यालयका बिद्यार्थी अहिले रमाई रमाई पढ्ने गर्छन । विद्यालयमा क्रियाकलापमा आधारित सिकाई (एबिएल) विधिले शिक्षण गर्न थाले पछि विद्यालयका विद्यार्थीको पढाई प्रतिको रुची बढ्दै गएको हो ।
युनाईटेड मिसन टु नेपाल (युएमएन) को सहयोगमा अहिले दलित सामाजिक बिकास केन्द्रले सञ्चालन गरि रहेको परिर्वतनका लागि बालबालिका, युवा र समुदाय परियोजना (सिवाईसिसी) ले सामाग्री र तालिम सहितका बिभिन्न सहयोग गरे पछि बिद्यालयमा एबिएल बिधीले शिक्षा प्रदान गर्न थालिएको हो । सो बिधी प्रयोगमा ल्याईए सगै बिद्यालयमा स्थानीय सामग्रीको प्रयोग गरि शिक्षक र बिद्यार्थी मिलेर शैक्षिक सामाग्री निर्माण गर्ने गरेका छन । सानोतिनो हिसाबका लागी बाँसका टुक्रा, १ देखि १ हजार सम्म गन्नका लागी ब्लकका गोट्टी प्रयोगमा ल्याईने गरीएको छ । त्यसैगरि अक्षर गोट्टी, अक्षर पत्ती र शब्दपत्तीले बिद्यार्थीको सिकाई उपलब्धी बृद्धि गर्न समेत सहयोग पुर्याएको छ । बिद्यालयमा प्रत्यक कक्षा कोठामा दैनिक जसो “हाम्रो काम” शिर्षक राखेर कक्षा कोठाको दैनिक क्यालेण्डर तयार पारिएको छ । सो क्यालेण्डरमा दैनिक कक्षाका उपस्थिति बिद्यालयको सुची राखिन्छ । सोही सुचीका आधारमा मोनिटर, जुत्ता चप्पल मिलाउने, सरसफाई गर्ने, दैनिक क्यालेण्डर मिलाउने, बिहान शान्तिको कामना गर्ने र काम पर्खने गरेर बिद्यार्थीलाई जिम्मेवारी तोकिएको हुन्छ । मोनिटरले दिनभर बिद्यालयको व्यवस्थापन गर्छन भने जुत्ता चप्पल मिलाउने जिम्मा पाएका विद्यार्थीले कक्षा कोठा बाहिर रहेको जुत्ता चप्पलको ¥याकमा जुत्ता चप्पल मिलाएर राख्छन । विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण गर्न र सो बारे बुझाउनका लागि स्थानिय मातृभाषा अबधी भाषाको प्रयोग गर्ने गरिएको छ । बिद्यालयमा खानेपानीको सही व्यवस्थापन, दिवा खाजाको उचित व्यवस्थापन र फोहर संकलनको लागि ठाँउ ठाँउमा फोहरदानी राखिएको छ ।
बिद्यार्थीलाई बिद्यालयमै क्रियाकलाप गरेर सिकाई बृद्धि गराउन गणितमा जियोबोर्ड, कम्पास, प्रोटेक्टर, नेपाली र अंग्रेजी भाषामा शब्द पत्ती, अक्षर माला सहित स्थानियस्तरमा निर्मित शैक्षिक सामग्री प्रयोग गर्ने गरिएको बिद्यालयका शिक्षक तिलकराम खरबिन्दले जानकारी दिए । बिद्यार्थीले आवश्यकता अनुसारको स्थानिय सामग्री, पोष्टर र माटोको भाडाहरू निर्माण गर्ने र सो कार्यमा शिक्षकले सहजीकरण गर्दै आएको शिक्षक खरबिन्द बताउँछन । “पहिले मौखिक र व्याख्यान बिधीबाट शिक्षण गथ्र्यौ । अहिले क्रियालापमा आधारित बिधी प्रयोगमा ल्याईए सगै प्रयोगात्मक अभ्यासका कारण सिकाई दिगो बन्दै गएको छ ।” उनले भने । उनी जस्तै बालबिकासकी शिक्षिका पुष्पा देवी चौधरीले पहिले संस्थागत बिद्यालय (बोर्डिगं) मा जान खोज्ने बिद्यार्थी अहिले यो बिद्यालयमा पढ्न आउन थालेको अनुभव सुनाईन ।
२०७९ चैत्रमा सिवाईसिसी परियोजनाले कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि र सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले १० बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । मायादेवी ३ फुलिकाको जनता आधारभुत बिद्यालयमा आयोजित कार्यक्रममा श्री आधारभुत बिद्यालय सहितका १० विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको थियो । त्यस बेला सनसाईन सामाजिक बिकास केन्द्रले सञ्चालन गरेको सोहि परियोजना अन्तर्गत १० बिद्यालयलाई करिब ७९ लाख रूपैयाको सामग्री प्रदान गरिएको थियो । विद्यालयलाई हस्तान्तरण गरिएका सामाग्रीहरूमा सेतो पाटी, शिक्षक सन्देश बोर्ड, बुक ¥याक, सफ्ट बोर्ड, जुत्ता चप्पल ¥याक, फाईल ¥याक, कार्पेट, माईक, बाध्यबाधन सामग्री, कक्षा सामग्री, पिफर्म, चकटी र बाल शिक्षण सामाग्री थिए । जस्ले अहिले बिद्यालयको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन सहयोग पुर्याएका छन । सो सँगै परियोजना अन्र्तगत विद्यालयका शिक्षकलाई एबिएल बिधिको प्रशिक्षण दिएसँगै सिकाई प्रभावकारी बन्दै गएको हो । विद्यालयमा सांगितिक प्रार्थनाबाट शैक्षिक गतिबिधी शुरु हुने गरेको छ ।
विद्यार्थीलाई सिकाइ प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न गराएर अनुभवजन्य शिक्षणमा आधारित रहने विधि क्रियाकलापमा आधारित सिकाइ विधि हो । यसमा विद्यार्थीहरूको सहभागिता सक्रिय रहने, समस्या समाधानको सिप हासिल गर्ने सगै अभ्यास मार्फत ज्ञान, सीप र व्यवहार सिक्न सहयोग पुग्दछ । यसले परम्परागत शिक्षण पद्धतिलाई पूरक बनाउनुका साथै विद्यार्थीलाई व्यवहारिक रूपमा सिक्न प्रेरित गर्ने कार्य गर्दछ । सीप र ज्ञानको दीर्घकालीन प्रभाव, प्रेरणा र रुचि जगाउने कार्य, सिक्न र सिकाउने वातावरणमा नवीनता ल्याउनुका साथै आत्मनिर्भरता तथा जिम्मेवारी विकासका लागि समेत क्रियाकलाप महत्वपुर्ण हुने गर्दछ । यस बिधीमा शिक्षकहरूले सहजकर्ताको भुमिका खेल्ने गर्दछन । शिक्षकको मुख्य भुमिका योजना निर्माण गर्ने, सहजीकरण गर्ने, सुझाव दिने र बिद्यार्थीलाई निरन्तर प्रेरणा प्रदान गर्ने हुन्छ । समुह कार्य, भुमिका प्रदर्शन, प्रयोगात्मक कार्य, परियोजनामा आधारित शिक्षण, शैक्षिक खेल, सहभागी छलफल र स्थलगत अवलोकनका माध्यमबाट विद्यार्थीको सिकाई अभिबृद्धि गरिन्छ ।
यो क्रियाकलापमा विद्यार्थीहरूले शिक्षण प्रक्रियामा प्रत्यक्ष सहभागीता जनाउने, व्यवहारिक अनुभव हासिल गर्ने, सहकार्यका लागि अभिप्रेरित हुने सगै समस्या समाधान, रचनात्मकता र उनीहरूमा आलोचनात्मक सिपको बिकास हुने शिक्षकहरू बताउँछन । सो सगै यो क्रियायाकलापमा खेलकुद, कला र सिर्जनात्मक अभ्यास प्रयोग गरेर सिकाइलाई रोचक बनाउने भएकाले शिक्षक र बिद्यार्थीले समेत मनोरञ्जनात्मक रूपमा लिने गरेको बिद्यालयकी प्रधानाध्यापक सन्ध्या पाण्डे बताउछिन । “क्रियाकलापमा आधारित सिकाइ बिधी अबलम्बन गरे सगै बिद्यार्थीले रमाईलो मानेर पढ्ने गरेका छन । हामीलाई पनि ४ बजेको पत्तै हुदैन । कक्षा छोड्न पनि मन लाग्दैन,” प्रअ पाण्डेले भनिन ।
बिद्यालयमा बिगतमा रहेका स्वयंसेवक शिक्षक अहिले नहुदाँ अध्यापनमा समस्या पर्दै आएको छ । गाउँपालिकाले एक जना स्वयंसेवक शिक्षकको दरबन्दी कटौती गर्दा अहिले चार जना शिक्षिका र एक जना शिक्षकले बिद्यालयमा शिक्षण गर्दै आएका छन । तर शिक्षकको अभावकै बिच बिद्यार्थीको सिकाई उपलब्धी भने घट्न पाएको छैन । यस बर्ष ४३ बिद्यार्थी थपिएर २ सय ३ जना बिद्यार्थी संख्या पुगेको बिद्यालयमा २०७९ सालको सिकाई उपलब्धी ५२ दशमलव ७९ रहेकामा २०८० मा सिकाई उपलब्धी बढेर ५३ दशमलव शुन्य ८ पुगेको छ । क्रियाकलापमा आधारित सिकाई भएकाले नजिकैका संस्थागत बिद्यालयका बिद्यार्थी समेत आफ्नो विद्यालयमा बिदा हुदाँ श्री आधारभुत बिद्यालयमा पढ्न आउने गरेको प्रअ पाण्डेले अनुभव सुनाईन । परियोजना अन्र्तगत बिद्यालयलाई सामाग्री, शिक्षकलाई तालिम र छाना नभएको भवनमा टिनको जस्ता राख्न परियोजनाले १ लाख ६१ हजार बराबरको सहयोग गरेको थियो । सो बिद्यालयमा क्रियाकलापमा आधारित सिकाई (एबिएल) बिधिले शिक्षण गर्दा बिद्यार्थीको शिक्षा आर्जन प्रतिको रुची बढेको र सिकाई प्रभावकारी बन्न थालेको सिवाईसिसी परियोजनाका संयोजक जितेन्द्र चौधरीले बताए ।