Butwal Today

रामेछापमा गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु

१४ मंसिर २०८१, शुक्रबार
अ+
अ-

सिन्धुली ।

रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त गाडी काठमाडौंवाट रामेछापतर्फ गईरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सो गाडी सडकबाट ३ सय मिटर तल खस्न पुगेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेका छन्

थप बिबरण आउन बाँकी रहेको छ।