ट्रेंडिंग:

>> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा

एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कान्तिकी अदितीलाई

१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

बुटवल, १४ मंसिर ।

बुटवलमा भएको तेह्रौ एभरेष्ट अन्तर विद्यालय वादविवाद प्रतियोगिताको उपाधि कान्ति मावि बुटवलले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयकोे आयोजनामा भएको प्रतियोगितामा रुपन्देही जिल्लाभरीका ४६ विद्यालयलाई पछि पार्दै कान्ति माविका विद्यार्थी अदिती पन्तले उपाधि हात पारेकी हुन् ।

उनले नगद २० हजार रुपैयाँ पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् । ‘बौद्धिक पलायनमा वृद्धि ः अवसरको कमी वा महत्वाकांक्षी प्रवृत्ति’ भन्ने शीर्षकमा भएको वादविवाद प्रतियोगितामा न्यू स्ट्याण्डर स्कुलकी विद्यार्थी विनिशा पौडेल द्वितीय भइन् । उनले नगद १५ हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् । यस्तै मणिमुकुन्द माविकी एन्जल बेल्वासे तृतीय भइन् भने देवदह बुद्ध पब्लिक स्कुलकी विद्यार्थी अनुस्का भण्डारीले सान्त्वना स्थान हासिल गरिन् । उनीहरुले क्रमशः १० हजार, ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको विद्यालयका सहप्राचार्य तथा कार्यक्रम संयोजक भिमसेन गौतमले जानकारी दिए ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले मुलुकमा रोजगारीको राम्रो अवसर नहुँदा ठुलो बौद्धिक जमात वैदेशिक पलायन भएको स्मरण गर्दै मुलुकमै टिकाई राख्ने वातावरण बन्न आवश्यक रहेको बताए ।

शैक्षिक गुणस्तरवृद्धिका लागि निजी विद्यालयले पुर्याएको योगदान ठूलो रहेको स्मरण गर्दै उनले बौद्धिक पलायनलाई रोक्ने भूमिकाहरुको खोजी गर्न पनि निजी शैक्षिक संस्थाहरुलाई सुझाव दिए । उनले पाठ्यक्रममा आधारित शिक्षासँगै अतिरिक्त ज्ञानको पनि आवश्यक पर्ने भएकाले यस्ता प्रतियोगिताले त्यो अवसर जुराई दिने विचार राखे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनी, नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपाने, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, शिक्षक माधव पौडेललगायतले विद्यार्थीहरुमा शैक्षिक विकासका लागि सबैखाले ज्ञानको आवश्यक पर्ने बताउँदै बौद्धिक पलायन मुलुकको ठूलो समस्याका रुपमा रहेकाले यसलाई राज्यले सम्बोधन गर्नु पर्ने विचार राखेका थिए ।

कार्यक्रममा बरिष्ठ साहित्यकार ऋषिराम भुसाल, शंकरप्रसाद गैरे र राजेन्द्रप्रसाद आचार्यले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रममा काभा १९ वर्ष मुनिको भलिवल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका एभेरष्टका खेलाडी विद्यार्थीहरु तथा भलिवल प्रशिक्षक अर्जुन घिमिरेलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?