ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

दाङ १ : पुर्व सहकर्मीबीच रोचक प्रतिस्पर्धा

१८ कार्तिक २०७९, शुक्रबार
१८ कार्तिक २०७९, शुक्रबार

लमही १८ कार्तिक । दाङ क्षेत्र नम्बर १ मा पूर्व एमाले र एमालेका उम्मेदवारहरु यस्तो मोडमा आएका छन्।, जहाँ उनीहरुलाई आफ्नै पूर्व सहकर्मीसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने छ ।
गठबन्धनबाट नेकपा ९ एकीकृत समाजवादीका मेटमणी चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी चुनावी मैदानमा उत्रँदा उनीहरु एकले अर्कोलाई हराउनु पर्ने छ ।
मंसिर ४ गते हुने आम निर्वाचनमा भिड्न लागेका यी तीन उम्मेदवार नेकपा एमालेका पूर्व सहकर्मी हुन्। । एमालेमा भएको पार्टी विभाजन र असन्तुष्टिका कारण यी तीन उम्मेदवार चुनावमा एकअर्कालाई हराउन एयटै थलोमा मैदानमा उत्रिनुपर्ने अवस्था आएको हो ।
पूर्व तीन सहकर्मीहरु र थारु समुदायबाटै प्रतिनिधित्व हुने गरी उनीहरु चुनावी मैदानमा उत्रिएपछि क्षेत्र नम्बर १ को चुनावी रौनक पनि बढेको छ ।तर चुनावमा सहकर्मीसँग भिड्नुपर्ने भएपछि यी उम्मेदवार खुसी देखिएका छैनन । एमालेबाट उम्मेदवार बनेकी शान्ताले आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्दा दुःख लागेको बताउँछिन्। ।
‘हिजो आफूसँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ’, उनले भनिन्। ‘त्यसमा आफूले पनि मेहनत गरेर बनेका आफूजस्तै साथीहरू अरू कसैको निर्देशनमा चलिरहेका छन्। भन्दा दुःख लाग्छ ।’शान्ता र मेटमणी चौधरी एउटै पृष्ठभूमि अर्थात थारु समुदायबाट आएका नेता हुन्। उनीहरु पार्टीको मात्र होइन, थारु समुदायको आन्दोलनमा पनि सँगसँगै सहकार्य गरेका नेता हुन्। तर पार्टी फुटका कारण दुवैजना प्रतिस्पर्धीका रुपमा उभिन पुगेका छन्। ।
एमालेमै हुँदा शान्ता र गंगा एकअर्कालाई दिदीबहिनीकै व्यवहार देखाउने गरेको मेटमणी चौधरी वताउछन । गंगा चौधरीले नै सामाजिक सञ्जाल फेसबुकमा शान्तासँग अंगमाल गर्दै गरेको फोटो राखेकी थिइन्। ।जसमा उनले आफूहरु दुई बहिनीमध्ये जसलाई टिकट दिएपनि फरक नपर्ने भन्दै क्याप्सनसमेत लेखेकी थिइन्। तर उनै गंगााले आफूलाई टिकट नदिएर शान्तालाई दिएपछि विद्रोह गर्दै पार्टी परित्याग गरिन्। र अर्को दलबाट उम्मेदवारी दर्ता गरिन्। ।

कसले मार्ला बाजी ?

पूर्व तीन सहकर्मी एकले अर्कोलाई हराउन चुनावी मैदानमा उत्रिएपछि अहिले क्षेत्र नम्बर १ बाट कसले बाजी मार्ला भन्ने अड्कलबाजी हुन थालेको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका मेटमणीलाई माओवादी, कांग्रेस र जनमोर्चालगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता एक्लै होमिएकी छन्। ।गंगा भर्खरै निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा छिन्। पार्टीगत रुपमा हेर्ने हो भने संगठन बलियो भएको एमालेकी शान्तालाई चुनाव जित्न कठिन नहुने देखिन्छ। नेकपा एस र नेपाली पार्टीको संगठन कमजोर छ। जसले गर्दा मेटमणि र गंगालाई चुनावी जित्न सहज देखिँदैन।
तर क्षेत्र नं १ मेटमणि चौधरीको निर्वाचन क्षेत्र हो। उनी यही क्षेत्रमा जन्मनुका साथै हुर्किएर अघिल्लो २०७४ को निर्वाचनमा एमालेबाट विजयी भएका थिए । आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मेटमणि पनि कमजोर देखिँदैनन्। । साथै उनलाई गठबन्धन दलहरुको साथ छ। काँग्रेसको बलियो पकेट भएको क्षेत्र भएकाले पनि उनलाई चुनाव जित्न थप सहज हुने आँकलन गरिएको छ।यस्तै शान्ता क्षेत्र नम्बर १ का लागि नयाँ पनि हुन्। उनको निर्वाचन क्षेत्र न २ हो । यही कारण गंगाले शान्तालाई टुरिष्ट उम्मेदवारलाई टिकट दिएको भन्दै आरोपसमेत लगाउँदै आएकी छिन्। । हाल गंगाको पनि यो निर्वाचन क्षेत्र हो। शान्ताभन्दा गंगा बढी क्षेत्र नम्बर १ का मतदातासँग भिजेको छन ।उसो त दाङ र देउखुरीबीच विगतदेखि नै भुगोलको केही मतभेद रहँदै आएको छ । देउखुरी क्षेत्रले आफ्नै भूगोलको उम्मेदवार खोजेमा शान्तालाई अप्ठ्यारो पर्न सक्ने बताउँछन, नागरिक समाज दाङ देउखुरीका अध्यक्ष निमबहादुर थापा । ‘देउखुरीमा भूगोलको सेन्टीमेन्ट छ’ थापा भन्छन ‘यसले शान्ताको केही मत काट्ने सक्ने देखिन्छ ।’ मेटमणि सोही क्षेत्रका उम्मेदवार भएकाले पनि उनलाई भूगोलको सेन्टीमेन्ट रहने उनी बताउँछन्।
तर मेटमणिलाई पनि चुनाव भनेजस्तो सजिलो छैन। उनको यस क्षेत्रमा संगठन कमजोर छ र जसका कारण नेकपा एसले स्थानीय तहको निर्वाचनमा भनेको जस्तो उपलब्धि हासिल गर्न सकेन । देउखुरी क्षेत्रमा नेकपा एसले १ जना वडाध्यक्ष र केही वडा सदस्यहरु जितेर १४५९ मत मात्र ल्याएको छ ।
नागरिक समाज दाङ देउखुरीका संयोजक थापाले गठबन्धनमा इमान्दारिता भएमा मेटमणिलाई चुनाव जित्न सहज हुने बताउँछन्। तर गठबन्धनका दलहरुबीच अन्तरघात भएमा भने त्यो फाइदा शान्तालाई हुने थापा अथ्र्याउँछन्।गंगा भने संगठन नै नभएको नयाँ दलबाट निर्वाचनमा उठेकाले निर्वाचन जित्ने सम्भावना निकै न्यून भएको उनले बताए । तर गंगा पनि पूर्व एमाले र चौधरी समुदायको भएकाले मेटमणी र शान्ताको मत काट्न सक्ने थापाको आँकलन छ ।

यस्तो छ अंक गणित

क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गरी चार स्थानीय तह छन्। वैशाख ३० गतेको स्थानीय तहको चुनावअनुसार क्षेत्र नम्बर १ मा कांग्रेस र माओवादी बलियो देखिन्छ। यहाँ माओवादी र कांग्रेसले २–२ वटा पालिका जितेका छन्। एमालले कुनै पनि पालिका जितेको छैन।स्थानीय तहको मतलाई आधार मान्ने हो भने पनि क्षेत्र नं। १ मा एमाले कमजोर देखिन्छ। ०७४ सालको चुनावमा २ वटा पालिका जितेको एमालले पार्टी विभाजन भएका कारण अहिले शून्यमा झरेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनअनुसार चार वटा पालिकामा गरी गठबन्धनका दलका प्रमुख पदका उम्मेदवारले ५० हजार बढी मत ल्याएका थिए।एमालेका प्रमुख पदका उम्मेदवारले २० हजार बढी मत ल्याएका थिए । यो हिसाबले गठबन्धनका दल र एमालेबीच करिब ३० हजार मतान्तर देखिन्छ। यो अंक गणितअनुसार मेटमणि सुरक्षित देखिन्छन्। तर गठबन्धनमा अन्तरघात भएमा यसको लाभ शान्तालाई हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?